Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

झलनाथ खनाल र सुवास नेम्वाङका गुरु केबी गुरुङ

\"kulbahadurकाठमाडाैं । कुलबहादुर गुरुङको जन्म १९९१ मंसिर ८ गते इलाम बजारमा भएको थियो । उनका बाबु पहलबहादुर गुरुङ र आमा पूर्णकुमारी गुरुङ हुन् । गुरुङ सानैदेखि राजनीतिमा सक्रिय थिए । गुरुङको प्रारम्भिक शिक्षा इलाममै भएको थियो । उनले अंग्रेजीमा बिएड गरेका छन् । २०१८ देखि २०२९ सालसम्म गुरुङले इलाम आदर्श माविमा अंग्रेजी र विज्ञान शिक्षकका रूपमा पढाएका थिए । झलनाथ खनाल, सुवास नेम्वाङ, केशव थापाजस्ता नेताहरू उनले पढाएका विद्यार्थी हुन् । खनाल एमाले अध्यक्षदेखि नेपालको प्रधानमन्त्रीसम्म भइसकेका छन् । नेम्वाङ पटक–पटक सभामुख भए । ०२९ देखि ०३३ सालसम्म गुरुङले भारतमा निर्वासित जीवन बिताए । ०३३ सालमा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर पुस १६ गते नेपाल आउनुअगाडि गुरुङलाई नेपालको माहोल बुझ्न सोही वर्षको कात्तिक २५ गते नै बिपीले नेपाल पठाएका थिए । त्यतिखेरको पञ्चायती सरकारको क्रियाकलाप र मनस्थिति बुझ्न उनलाई नेपाल पठाइएको थियो । ०३३ देखि ०३६ सालसम्म गुरुङ झापा जेलमा परे । ०३६ सालको जनमतसंग्रहका वेला, क्याप्टेन यज्ञबहादुर थापालाई मारेपछि गुरुङलाई पनि फाँसी दिने कुरा थियो । तर, जनमतसंग्रहको घोषणा भएपछि उनको फाँसी रोकिन पुगेको थियो । ०४७ सालको आन्दोलनमा पनि गुरुङ तीन महिना जेल परे । उनी ०३५ देखि ०५५ सालसम्म इलाम कांग्रेसको सभापति भए । ०४८ सालदेखि हालसम्म उनी केन्द्रीय सदस्य रहँदै आएका छन् । ११औँ महाधिवेशनबाट उनी महामन्त्री भए । ०५१ सालमा इलाम–२ बाट र ०६४ मा इलाम–३ बाट संसद्मा निर्वाचित सदस्य भए । ०५६ सालको आमनिर्वाचनमा भने गुरुङ सुवास नेम्वाङसँग पराजित हुन पुगे । संविधानभामा उनी समानुपातिक सभासद् बनेका थिए । २०६४ सालको संविधानसभापछि ज्येष्ठ सदस्यका रूपमा गुरुङले नै बैठकको अध्यक्षता गरेका थिए । २०६५ जेठ १५ गतेको पहिलो बैठकमा गुरुङले नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको घोषणा गरेका थिए । अाजकाे नयाँ पत्रिकाबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending