Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

बाबुरामका पिएद्धारा सशस्त्रका भान्छेलाइ ढोका थुनेर कुटपिट

\"baburam\"काठमाडौं । ‘‘लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्न सक्दैनन् ती दुवैलाई एकै स्थानमा बस्ने घर बनाउँदैछु’ भनेर नयाँ शक्तिको डंका पिटेर हिंडेका डा। बाबुराम भट्टराईका पिए भने भान्छेलाई मरणासन्न हुने गरी पिट्ने धन्दामा लागेका छन् । नयाँ शक्तिको नाममा एमाओवादी फुटाएर क्षेत्रीय राजनीतिको बिंडो थाम्ने योजनामा रहेका भट्टराईका पिए सनिप बुढाले सशस्त्र प्रहरीका परिचर ९भान्छे० लाई मरणासन्न हुने गरी पिटेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ–भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई गत कात्तिक ६ गते शुक्रबार अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेका थिए । नयाँ शक्तिको गफ दिएर दिउँसै मापसे गरेर आएका सनिपले खाना नमीठो पकाएको भन्दै श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।   सशस्त्र प्रहरीका जवानहरू सानेपा निवासमा टिटी खेलेर बसेको वेला भान्छा कोठाको ढोका थुनेर मरणासन्न हुने गरी पिटेका थिए । मादक पदार्थ सेवन गरेका सनिपले श्रेष्ठको मुख थुनेर पिटेपछि रक्तमुच्छेल भएर लडेका थिए । बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए । सञ्चारमाध्यममा खबर सार्वजनिक भए नयाँ शक्तिको बद्नाम हुने भन्दै हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।   उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । भान्छा कोठादेखि भट्टराईको निवासको गेटसम्म रगतको धारो लागेको थियो । भान्छे भान्छाकोठामा ढलेपछि हल्लीखल्ली भए पनि चुपचाप स्टार हस्पिटल पु¥याइएको थियो । सनिपले आतंक मच्चाए पनि सो कुराको जानकारी नयाँ शक्तिका रणनीतिकार डा। भट्टराईलाई भने दिइएको वा नदिइएको भन्ने बारेमा जानकारी हुनसकेको छैन । यद्यपि विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमान्लाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् । सनिपको आतंक बाहिर ल्याउन नहुने भन्दै बाबुराम पत्नी हिसिला यमीले तानाबाना बुनेकी छिन् । बाबुरामको बेइज्जत हुन्छ भन्दै यमीले सनिपलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न भनेकी छिन् ।   भीआईपीलाई जानकारी दिइएको छ जस्तो लाग्दैन, म बडो समस्यामा परें श्रेष्ठकी श्रीमती राममायाले भनिन् । उनले आफ्ना श्रीमान्को जीवन रक्षा गरिदिन र उपचार खर्च मिलाइदिन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर डा। भट्टराईले भने सनिपलाई आफूसँगै लिएर हिंड्ने गरेका छन् । उद्दण्ड स्वभावका सनिपलाई कारबाही गर्ने आँट डा. भट्टराईसँग छ कि छैन हेर्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending