Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

झन्झन टाढिए कांग्रेस-एमाले

काठमाडौं । प्रधानमन्त्री निर्वाचनसँगै रूपान्तरित संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सुरु मतभेद राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ।

\"congress-and-uml-flag\" अाजकाे नागरिक दैनिकमा खबर छतत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी भएलगत्तै नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दुई दलबीचको विवाद बाहिर आएको थियो । त्यसो त सत्ता साझेदारीका २० महिनाबीच पनि दुई दलबीच मतभेद नभएको होइन तर संविधान जारी भएयता भने त्यो सतहमै पोखिएको छ ।

संविधानका विवादित विषयलाई निष्कर्षमा पुर्याउने गरी जेठ अन्तिम साता प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिसँगै नयाँ सरकारको नेतृत्व एमालेलाई दिने समझदारी भएको एमालेको दाबी थियो । तर, कांग्रेस त्यसलाई मान्न तयार भएन । संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीका लागि संसदमा भएको निर्वाचनमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले त्यस्तो कुनै सहमति र समझदारी नभएको दाबी गरे । औपचारिक सहमति त कार्यान्वयन भएन, केको अनौपचारिक सहमति भन्ने प्रश्न गर्दै कोइरालाले भनेका थिए, ‘सहमतिको अवज्ञा कांग्रेसले होइन, एमालेले गरेको छ ।’

वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गठन भएको प्राधिकरण अघि बढाउन एमालेले असहयोग गरेको कोइरालाले संसदमै बताएका थिए । अध्यादेशमार्फत गठन भएको उक्त प्राधिकरण निष्क्रिय बनिसकेको छ । मुलुकसामु आइपरेको महाविपत्तिमा समेत गृहप्रशासन र निजामती प्रशासनको नेतृत्व लिएको एमालेले असहयोग गरेको कांग्रेस बुझाइ छ ।

‘सुरक्षा निकायको सहयोगबाट मात्र राहत र उद्धार सम्भव भयो,’ कांग्रेसका एक नेताले भने, ‘सरकार नेतृत्व कांग्रेसले गरेकाले त्यसमा पनि असफल सिद्ध गर्न एमाले सक्रिय भयो ।’ पुनर्निर्माण प्राधिकरण अध्यादेश जारी भए पनि एमालेकै असहयोगले आयोग अघि बढ्न नसकेको ती नेताले सुनाए ।

 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending