Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

सिलिण्डरलाई प्रमुख अतिथी बनाएर देउसी !

\"Deusi\" हे भन मेरा भाई हो …… भन्दैनौ के कति खान्छौ. ….. खाँदैनौ म मागी दिउला….. चाहिदैन के चाहिन्छ भन…. ईन्धन देउ अाजकाे राजधानि दैनिकमा खबर छ–अहिले बजारमा सबैभन्दा धेरै माग भएको सामाग्रीनै ग्याँस, पेट्रोल र डिजेल भएकाले काभ्रे बनेपाका स्थानीयले ग्याँसलाई प्रमुख अतिथी र पेट्रोल र डिजेललाई विशिष्ट अतिथी बनाएर देउसी भैलो खेलेका छन् । तिहार आउन दुई साता बाँकी रहेपनि जनतालाई परेको सास्तीको सांगेतिक विरोध स्वरुप काभ्रेमा स्थानीयले पोखेको आक्रोश हो यो । एक सिलिण्डर ग्याँसलाई प्रमुख अतिथी, पेट्रोल तथा डिजेललाई विशिष्ट अतिथी बनाएर काभ्रेमा उनीहरुले द्यौसी भैलो आयोजना गरेका थिए । देउसी भेलौमा उनीहरुले आफ्नो आक्रोश यसरी पोखे । आयो भन्छन् संविधान जनतालाई खै कहाँ आयो प्रधानमन्त्री आयो, राष्ट्रपति आयो जनताले झन सास्ती पायो प्रमुख अतिथी बनाएको ग्याँस सिलिण्डरमा फुलको माला र खादासँगै प्रमुख अतिथीको व्याच समेत वितरण गरिएपछि उपस्थित भएका स्थानीय एकैछिन अलमलमा परे तर त्यसको अर्थ बुझेपछि आयोजकसँगै देउसी गाउन थालेको छ । काभ्रेको मुख्य बजार बनेपाको तिनदोवाटोमा रहेको न्यू तिमल्सिना जलपान गृहको आयोजना तथा श्रीकृष्ण म्यूजिकको संयोजनमा बिरोध स्वरुप देउसी भैलो आयोजना गरिएको थियोे । द्यौसीभैलोमा ग्याँस नपाएर हैरानीमा परिरहेका स्थानीयको सहभागिता रहेको थियो । उनीहरुले आफ्नो आक्रोश देउसीमै पोखेका थिए । उनीहरुले ग्याँस, पेट्रोल, डिजेल, मट्टतिेल, खानेपानी, जिउने खाद्यान्न,ओखती, शान्तिसुरक्षा सरकारलाई दिन माग गरेका थिए । उनीहरुल सबै कुरा अब पाउने आशा समेत गर्दै सरकारसँग सामान्य जनजीवन बनाउन माग गरेका थिए । बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले देउसी भट्टाएर सुरु भएको विरोध कार्यक्रममा आफूले परेको पिरमर्का पोख्न थालेपछि बाटोमा हिडेका यात्रु र चिया पसलमा आएका स्थानीयलेसँगै गित गाएर आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका थिए । काभ्रेली गायक रामहरि न्यौपाने, शर्मिला श्रेष्ठ, व्यापारी बद्री तिमल्सिनाले देउसी भट्टाउन थालेपछि जनताले ग्याँसदेखि सागसम्म सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending