Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मोर्चासँगै ढुंगा बर्साउँछन् भारतीय

\"Indian\"काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा मधेसी मोर्चाले अवरोध गर्नेबित्तिकै भारत, बहराइच जिल्लाको रुपैडिहानिवासी शिवनाथ अचेल त्यहाँ पुगिहाल्छन्। नेपालका मधेसी समुदायले अधिकार पाए आफूलाई पनि फाइदा मिल्ने आशा उनलाई छ। त्यसैले मोर्चा कार्यकर्तासँग मिसिएर नाका अवरोध गर्न र भारतीय भूमिबाट नेपालतर्फ ढुंगा हान्न तल्लिन छन्।   आजको नागरिक दैनिकमा खबर छ–शनिबार पनि २६ वर्षीय नाथ रुमालले मुख छोपेर आन्दोलनमा सहभागी थिए। सीमा ओहोर–दोहोर गर्ने सवारीसाधनलाई प्रहरीले गन्तव्य पठाउँदा शिवनाथको समूहले कयौं पटक ढुंगा हान्ने प्रयास गरेको थियो। \'आफ्नो समय मिलाएर आन्दोलनमा सहभागी हुन आउँछु\' उनले भने, \'नेपालका मधेसीले अधिकार नपाउँदा हामीलाई दुःख लाग्छ।\' मधेसी मोर्चाले नाकामा पुगेर आन्दोलन गर्न थालेयता रुपैडिहाका अरू व्यक्ति पनि नियमित रूपमा सहभागी हुने गरेको उनले खुलाए। यतिन्जेल उनले नागरिक संवाददातासँग कुराकानी गरेको भेउ पाएनन्। तस्बिर खिचेपछि मात्र उनी आन्दोलनबाट बाहिरिएका थिए। भारतीय भूमिमा बसेर सवारीसाधन रोकिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) मौन थियो।   आन्दोलनकारीको भिडमा रहेका रुपैडिहाका अर्का युवक राम दयालले पनि आफू प्रायः नाकामा हुने सहभागी भइरहने बताए। आवश्यक परे आन्दोलनकारीसँग मिलेर नेपालतर्फ ढुंगा हान्छन् । \'म पनि कहिलेकाहीँ यहाँ आउँछु, नेपाली पुलिसले मधेसीलाई दमन गर्न खोजे प्रतिवाद गर्छौं\' उनले सुनाए । मधेसी मोर्चाले शनिबार भारतीय भूमिबाट नाका अवरोध गर्दा रामदयाल पनि हातमा ढुंगा समातेर तम्तयार अवस्थामा थिए । रुपैडिहा नाकामा शनिबार मात्र रुमालले मुख छोपेका करिब एक दर्जन भारतीय सहभागी थिए । मधेसी मोर्चाको आन्दोलनमा भारतीय नागरिकको संलग्नता प्रस्ट देखिएको नेपाली सुरक्षाकर्मी बताउँछन् । नाकामा लामो समयदेखि खट्दै आएका एक प्रहरी अधिकृतले दसगजाकेन्द्रित मधेसी मोर्चाको आन्दोलनमा अधिकांश भारतीय नागरिक हुने गरेको बताए । \'दसगजामा बसेर आन्दोलन गर्ने मधेसी मोर्चालाई भारतको अघोषित साथ त छँदै छ, त्यहाँका नागरिकसमेत खुलेरै ढुंगामुढा गरिरहेका छन्\' उनले भने ।   मधेसी मोर्चाले नाकाकेन्द्रित धर्ना, आन्दोलन सुरु गरेको एक महिनाभन्दा बढी भइसकेको छ । नेपालगन्ज, जयसपुर क्षेत्रबाट पुग्ने मोर्चा कार्यकर्ताभन्दा भारतीय भूमिमा बसेर आन्दोलन गर्ने आन्दोलनकारीको संख्या दोब्बर हुने गरेको इप्रका, जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । \'दसगजामा प्रवेश गर्दा मधेसी मोर्चाका कार्यकर्ता धेरै संख्यामा हुँदैनन्, ढुंगामुढा गर्न थालेपछि मात्रै संख्या एक्कासि बढ्छ\' उनले भने । आन्दोलनक्रममा मधेसी मोर्चाका कार्यकर्ता र भारतीय युवाको गतिविधि प्रस्ट देखिने नेपाली सुरक्षाकर्मी बताउँछन् ।   मोर्चा भने आफ्नो आन्दोलनमा भारतीय नागरिकको संलग्नता अस्वीकार गर्छ । मोर्चा बाँकेका कार्यवाहक संयोजक एवम् सद्भावना पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितले आन्दोलनमा भारतीय जनताको संलग्नता नरहेको बताए । \'आन्दोलनमा हाम्रा कार्यकर्ता मात्रै सहभागी छन्, कोही आएका रहेछन् भने घुसपैठ भएको हुन सक्छ\' उनले भने । आन्दोलनका बेला भारतीय र नेपाली भनेर छुट्ट्याउन नसकिने बताउँदै नेता दीक्षितले नेपाल प्रहरीले नै मधेसी समुदायका घुमुवा पठाएर घुसपैठ गराउने गरेको आरोप लगाए । दसैंपछाडि नियमित रूपमा दसगजा गइरहेको बताउँदै दीक्षितले भने, ‘काठमाडौंको दानापानी बन्द गर्न नाकामा बस्न थालेका हौं, जबसम्म काठमाडौंको कानमा आवाज पुग्दैन, धर्ना बसिरहन्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending