Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

गोल्छाको पैसाले एमालेमा खैलाबैला

काठमाडौ । समानुपातिक सभासद छान्ने क्रममा विराटनगरका पाँच उद्योगपतिको नाम चर्चामा आयो। नेपाली कांग्रेसबाट महेश जाजु, नेकपा एमालेबाट राज्यलक्ष्मी गोल्छा, एकीकृत माओवादीबाट राजकुमार गोल्छा तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट दिनबन्धु गोयल र पवन सारडा।   उद्यम–व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रमा यी पाँचै जनाको योगदान उल्लेखनीय छ। पाँचै जनालाई समानुपातिक उम्मेदवार बनाउनुका पछाडि दलहरूले तिनको योगदानभन्द ‘पैसा’ लाई महत्व दिए। सभासद पड्काउन पाँचै उद्योगपतिले पार्टीमा लबिङ पनि बढाए। र, मागे जति पैसा दिए। अन्ततः एमालेबाट राज्यलक्ष्मी र फोरम लोकतान्त्रिकबाट सारडा मात्रै सभासद भए। आजको नागरिक दैनिकमा खबर छ– सभासद हुन नसकेकाले पार्टीभित्र तीव्र असन्तुष्टि पोखे। खर्च भएको पैसाको हरहिसाब मागे। एमालेबाट राज्यलक्ष्मीको नाम समानुपातिक सभासदका लागि चर्चामा रहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विराटनगर आएका थिए। रात्रिविश्रामका लागि मोरङको निमुवास्थित मनमोहन पोलिटेक्निक पुगेका नेता नेपालसँग मोरङ एमालेको एउटा खेमाले गोल्छालाई सभासद नबनाउन माग गर्यो। ‘पार्टीमा उसको केही पनि योगदान छैन, टप्पक टिपेर सभासद बनाउँदा असन्तुष्टि बढ्छ भनेर हामीले माधव कमरेडलाई आग्रह गर्यौं’गोल्छालाई सभासद बन्न नदिन त्यतिबेला लबिङ गरेका मोरङ एमालेका एक नेताले नागरिकसँग भने, ‘उहाँले मान्दै मान्नुभएन, तपाइँहरूलाई थाहा छैन, राज्यलक्ष्मीका श्रीमान महेन्द्र गोल्छाले पार्टीमा गरेको योगदान ।’ गोल्छालाई सभासद बन्नबाट रोक्न अभियान नै चलाएको मोरङ एमालेको त्यो खेमा त्यत्तिमै चुप लागेर बसेन। जिल्लाबाट नामै सिफारिस नभएको व्यक्तिको नाम समानुपातिक सूचीमा समेटिएपछि मोरङ एमालेले पार्टी नेतृत्वलाई पत्र नै लेखेर \'यो के भएको हो ? भनेर जवाफ माग्यो । ुसमानुपातिक सभासदमा गोल्छाजीको नाम एकाएक आयो\' एमाले मोरङका अध्यक्ष महेश रेग्मीले भने, \'हामीले सिफारिस पनि गरेका थिएनौं, पार्टीले सोध्दा पनि सोधेन ।\' भोट नहालेपछि खटपट असोज २४ गते आइतबार प्रधानमन्त्री चुनावका बेला सभासद गोल्छा ुउपचारु का लागि नयाँदिल्लीमा थिइन्। गोल्छाको भनाइअनुसार उनी उपचारका लागि नयाँदिल्ली पुगेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र सचेतक अग्नि खरेललाई जानकारी थियो। शनिबार राति सचेतक खरेलले जसरी पनि भोट हाल्न आइपुग्नुपर्छ भनेर गोल्छालाई फोन गरे। ुढिलो खबर आयोु भनेर उनी नयाँदिल्लीबाट काठमाडौं आउन चाहिननँ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending