Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

म्याच फिक्सिङ गरी राष्ट्रघात गरेका खेलाडी भन्छन्–पैसा लिएका हौँ, म्याच फिक्सिङ गरेको होइन

\"Kheladi\"काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी तथा प्रशिक्षकको बयान सकिएको छ । बयान फेर्दै पाँचैजनाले म्याच फिक्सिङमा संलग्नता अस्वीकार गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ यसअघिको बयानमा उनीहरूले मिलेमतोमै खेलेको र त्यसबापत पैसा लिएको बयान दिएको प्रहरीले दाबी गरेको थियो । तर, लिखित बयानका क्रममा पैसा लिए पनि मिलेमतोमा नखेलेको बताएका छन् । चिनजानका आधारमा विदेशी साथीहरूले आफूहरूलाई पैसा पठाएको उनीहरूको भनाइ छ । बुकीहरूबाट पैसा लिएको कागजपत्रलाई प्रहरीले सबैभन्दा बलियो प्रमाण मानेको छ । थप सात दिन थुनामा राख्न अनुमति प्रहरीले आइतबार पाँचैजनालाई विशेष अदालतमा उपस्थित गराएकोमा थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । निलम्बनमा परेका राष्ट्रिय टोलीका कप्तान सागर थापा, गोलरक्षक रितेश थापा, सन्दीप राई, विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्वप्रशिक्षक अञ्जन केसीलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध मुद्दामा प्रहरीले अनुसन्धान गर्दै आएको छ । प्रहरीले मंगलबारभित्रै अनुसन्धान प्रक्रिया पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । सरकारी वकिल कार्यालयले राज्यविरुद्धको अपराध ऐनको कुन दफाअनुसार मुद्दा चलाउने निर्णय गर्नेछ । ऐनको दफा नम्बर ३ अनुसार मुद्दा चलाएमा जन्मकैदसमेत हुने सम्भावना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending