Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मन्त्री छान्न एमाले शीर्ष नेताबीच चर्काचर्की

\"Olinepal\"काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पार्टी अन्य नेताबीच मन्त्री चयनका विषयमा चर्काचर्की भएपछि आइतबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार स्थगित गरिएको छ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रधानमन्त्री ओलीले शनिबार पार्टीका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए।मन्त्री बनाउने प्रक्रियाका विषय र मन्त्रालय भागबन्डामा समेत पार्टीमा छलफल नगरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले असन्तुष्टि प्रकट गरेपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको हो।   प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा नेताहरूले पार्टीमा छलफल र निर्णय गरेरमात्र मन्त्री बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। महासचिव ईश्वर पोखरेलले मन्त्री चयनको मापदण्ड बनाउनुपर्ने र त्यसअनुसार प्रधानमन्त्रीलाई जिम्मा दिनुपर्ने प्रस्ताव गरेका थिए। प्रस्तावप्रति असहमति जनाउँदै नेपाल र खनाल बालुवाटारबाट बाहिरिएका थिए। छलफलमा उपाध्यक्ष भीम रावलले त पार्टीमा निर्णय नगरी खल्तीबाट ल्याइएको मन्त्री आफू नहुने चेतावनी दिएको एक सहभागीले बताए। स्थायी कमिटीको बैठकमा निर्णय गरेरमात्र मन्त्री बनाउन दबाब परेपछि मन्त्रिपरिषद् विस्तारको टुंगो लागेको छैन। एमाले नेताहरूले राम्रा मन्त्रालय सबै एमाओवादीलाई दिएको भन्दै पहिलादेखि नै गुनासो गर्दै आएका थिए। उनीहरूले स्थानीय विकास मन्त्रालय पनि राप्रपा नेपाललाई दिन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। राप्रपा नेपालमा समेत स्थानीय विकास मन्त्रालय जसरी पनि लिनुपर्ने दबाब परेको छ। यसअघि नेपाल(खनालले सरकारको नेतृत्व गर्दा पार्टी निर्णय भएन भनेर अहिलेकै प्रधानमन्त्रीले कुरा उठाएको भन्दै नेताहरूले पार्टीमा छलफल गरेर मात्र मन्त्री बनाउन दबाब दिएका थिए।   एमालेले यसअघि तीन मन्त्री बनाइसकेको छ। अग्नि खरेल कानुन, सोमप्रसाद पाण्डे उद्योग मन्त्रालय तोकिए पनि सत्यनारायण मण्डललाई मन्त्रालय तोकिएको छैन।   एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीको सबै काम संस्थागत निर्णयका आधारमा हुनुपर्नेमा आफूहरूले जोड दिएको बताए। उनले पार्टीमा प्रधानमन्त्री व्यक्तिगत तवरबाट चल्न खोजेको आरोप लगाउँदै त्यसले ठीक नगर्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending