Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

राप्रपामा केन्द्रीय सदस्यको मूल्य २५ लाख

\"Lokendra काठमाडौं । आधिकारिकताको मुद्दामा अल्झिएको राप्रपाभित्र केन्द्रीय सदस्य तानातानको खेल अझै जारी छ ।   आजको तरुण साप्ताहिकमा खबर छ लोकेन्द्रबहादुर चन्द पक्षले एक महिनाअघि बहुमतसहितको हस्ताक्षर तथा सनाखत निर्वाचन आयोगमा पेश गरेको थियो ।   आयोगले पशुपतिशमसेर राणा पक्षलाई पनि सनाखतको लागि १५ दिने अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमको म्याद १९ गते समाप्त हुँदै छ । राणा पक्षले १९ गते भित्रमा बहुमत प्राप्त नगरे पार्टीको आधिकारिकता चन्द पक्षले पाउने छ । एक सय जनाको केन्द्रीय समिति मध्ये चन्द पक्षले ५४ जनाको हस्ताक्षर तथा सनाखत पेश गरेको छ ।   अब राणा पक्षले चन्द समूहमा लागेकामध्ये पाँचजनलाई आफ्नो पक्षमा ल्याएर निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ । यसका लागि राणा समूह अन्तिम गृहकार्यमा जुटेको छ । समाचार स्रोतका अनुसार अध्यक्ष राणाले यो कामको जिम्मा दीपक बोहोरा, निलकण्ठ काफ्लेलगायत पाँचजनालाई दिएका छन् ।   प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म खर्च गरी चन्द पक्षमा लागेकामध्ये कम्तिमा पाँचजनलाई आफ्नो पक्षमा ल्याएर निर्वाचन आयोगमा पेश गर्न रणाले निर्देशन दिएको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार ‘मलाई करबलले फसाइएको हो । म चन्द पक्षमा लागेको छैन’ भनेर निर्वाचन आयोगमा साविती बयान दिनासाथ २५ लाख रुपैयाँ भुक्तानी गर्ने तयारी राणा पक्षको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending