Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कोइराला, देउवा र पौडेलबीच भनाभन

\"nc_neta\"काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वको अदूरदर्शिताकै कारण राज्यका प्रमुख पदहरू गुमाउनुपरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा पार्टीले उम्मेदवारी दिएर सबै पद गुमाउनुपरेको भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।   अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–आइतबारको बैठकमा शीर्ष नेताले कांग्रेसले किन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीजस्ता प्रमुख पद गुमाउनुपर्‍यो भन्ने विषय जानकारी गराएपछि मात्र अरू सदस्यले धारणा राख्ने भन्ने थियो । तर, सोमबारको बैठकको सुरुमै सभापति सुशील कोइरालाले सहमहामन्त्रीबाट राजीनामा दिएका पूर्णबहादुर खड्कालाई बोल्न समय दिए, तर खड्काले बोल्न मानेनन् । उनले सभापतिसहित शीर्ष नेताले पहिले बोल्नुपर्ने माग गरे ।   बैठकमा सभापति कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिन नेता शेरबहादुर देउवाका कारण बाध्य भएको बताए । साथै, उम्मेदवारी कुनै शक्तिकेन्द्रको बलमा नदिएको र हार्दैमा सबै नसकिएको जिकिर गरे । सरकारले राम्रो काम गरे पनि चर्चा नगरी नकारात्मक टिप्पणी मात्र गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।   तर, नेता देउवाले सभापतिले अरू कसैको नाम प्रस्ताव नगरी आफैँ अघि बढेर अहिले बोली फेरेको भन्दै कोइरालाप्रति कटाक्ष गरे ।   रामचन्द्रजीलाई दिऊँ भन्दा देउवाजी मान्नुभएन : कोइराला पहिले उम्मेदवार बन्छु भनेको थिइनँ । तर, उम्मेदवार बन्नुपर्ने अवस्था आयो । रामचन्द्रजीलाई उम्मेदवार बनाऔँ भन्दा देउवाजीले मान्नुभएन । त्यसैले उठ्नुपर्ने अवस्था आयो । प्रजातन्त्रमा हार–जित हुन्छ । हामीले सबैलाई ल्यायौँ । साथीहरू पार्टीमा आफ्ना असन्तुष्टि राख्नुस् । म क्यान्सरबाट मुक्त भएको छु । मलाई लोभ छैन । सक्रिय हुँदासम्म जिम्मेवारी लिने हो । सिरक ओढेर पार्टी चलाउन चाहन्नँ । दाताको सम्मेलन भारत वा जापानमा गर्नुपर्छ भन्ने थियो, हामीले नेपालमै गर्‍यौँ । राम्रो सहयोग जुटायौँ । सार्क सम्मेलन, संविधान जारी गर्ने सकारात्मक काम गर्‍यौँ, तर तपाईंहरू नकारात्मक कुरा मात्रै गर्नुहुन्छ । उम्मेदवार बन्दा ‘रअ’ का मान्छेले गरे भन्ने चर्चा बेकार हो । दूतावासका मान्छेले अरू नेताजस्तै मसँग पनि दिउँसै भेट्छन्, राति भेटेको होइन ।   सभापतिले झुट बोल्नुभो, अबदेखि एक्लै कुरा गर्दिना : देउवा मैले केन्द्रीय समिति बैठकमा सुरुदेखि नै सभापतिजी तपाईं आफैँ उम्मेदवार बन्ने हो कि होइन रु नभए संसदीय दलको विधानअनुसार दलको नेता चयन गर्न चुनावको माग गरेको थिएँ । तपाईं ९सुशील० ले पौडेललाई बनाऔँ भन्दा देउवाले मान्नुभएन भन्ने नै होइन । तपाईंले पौडेलको कुरा गर्नुभएकै छैन । यस्तो ढाँट्ने कुरा गरेपछि अबदेखि म तपाईंसँग एक्लै कुरा गर्ने र बोल्ने गर्दिनँ । बेलुकासम्म सभापतिको उठ्ने इच्छा थिएन, मधेसी नेताले भोट हाल्छन् भने ठीकै छ नि त भनेर प्रस्ताव गर्नुपर्‍यो । तर, मलाई पनि उठ्न दिँदैनन्, अरूको प्रस्तावक बन्दा पनि साथीहरूबाट आलोचना गर्ने काम भयो ।   मलाई छेक्न खोज्दा कांग्रेसले सबै गुमायो : पौडेल मलाई छेक्न खोज्दा पार्टीले सबै गुमाउनुपर्‍यो । मैले लामो समयदेखि पार्टी संगठनमा सबैभन्दा बढी योगदान गर्दै आएको छु । तर, मलाई रोक्न तपाईंहरू नै लाग्नुभयो । मलाई यस्तो भन्न अप्ठ्यारो छैन, आज केन्द्रीय समिति र भोलि महाधिवेशनसम्म म यो कुरा राख्छु । शेरबहादुरजीसँग मेरो गुनासो छ, तर्कीतर्की हिँड्नुभयो । तर, सभापति र देउवाबीच मेरो नाममा चर्चा भयो कि भएन, मलाई थाहा छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending