Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

भट्टराईका समर्थक एमाओवादीबाट अलग

काठमाडौं । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन्। उनीहरूले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरू सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन्। नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता कुमार पौडेलले बताए। ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने जानकारी पनि पौडेलले दिए। भट्टराईलाई समर्थन गर्ने एमाओवादीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र सल्लाहकारहरू सहभागी रहेको बैठकले पुरानो पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ शक्ति अभियान मुलुकभर सञ्चालन गर्ने निर्णय गरेको नेता पौडेलले बताए। उनका अनुसार दुई महिनाभित्रै नयाँ पार्टी गठन हुनेछ। नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत अलग हुने तयारीमा छन् । \'एकडेढ महिना हामी गाउँ, टोल, स्कुल, कलेज र कारखानासम्म नयाँ शक्ति अभियान पुर्‍याउँछौ\' पौडेलले भने, \'मार्क्सवादलाई समृद्ध पार्ने गरी अगाडि बढ्छौं।\' पौडेलका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले माक्र्सवाद, लेनिनवाद र माओवाद परित्याग गरी मण्डलेहरूसँग घाँटी जोडेर पहिचान, संघीयता र उत्पीडितका मुद्दा छोडेका कारण सो पार्टीबाट अलग भई नयाँ शक्ति अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगिएको हो। पौडेलले भने, \'फरक मतसहित हामीले पुरानो पार्टीसँग सम्बन्धविच्छेद गरेका छौं। अब हामी पुरानो पार्टीको अनुशासन मान्न बाध्य छैनौं।\' एमाओवादीका आठ नेता सहभागी रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार वामपन्थी नभएर सामाजिक फासीवादी रहेको टिप्पणी गर्दै नेता पौडेलले भने, ‘हामी नयाँ शक्ति अभियानमा सहभागी हुन्छौं, पार्टी नै परित्याग गर्दैनौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending