Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

भारतले विनाबर्दीको सेना पठाएको भन्ने समाचार आएपछि मन्त्रीले भने, ‘मलाई धम्की आएको छ, म सुरक्षित छैन’

\"smandal\"काठमाडाैं । काठमाडौंस्थित भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डललाई सम्बोधन गर्दै भारतविरोधी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।   आजको नयाँ पत्रिकामा खबर छ–मन्त्री मण्डलले सोमबार विराटनगरमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा भारतले नेपालमा औपनिवेशिक शैलीको हस्तक्षेप गरेको र विनाबर्दीका सैनिक पठाउन लागेको अभिव्यक्ति दिएका थिए । त्यसबारे मंगलबार भारतीय दूतावासले वक्तव्य जारी गरी मन्त्री मण्डलको अभिव्यक्तिको भत्र्सना गरेको छ ।   ‘दूतावास यस्ता धारणाको जोडदार भत्र्सना गर्छ, साथै सम्पूर्ण जिम्मेवार व्यक्तिलाई नेपाल र भारतबीचको वर्षौं पुरानो सम्बन्धमा खलल पार्ने कुनै पनि काम नगर्न तथा अभिव्यक्ति नदिन अनुरोध गर्छ,’ मण्डललाई लक्षित गर्दै दूतावासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मण्डलबाहेक अरू क–कसलाई सम्बोधन गर्न खोजेको हो, विज्ञप्ति स्पष्ट छैन । मण्डल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । मण्डलको भनाई जस्तो तस्तै मैले विराटनगरमा जे बोलेँ, केही मिडियाले बंग्याएर प्रकाशन–प्रसारण गरे । त्यसैलाई आधार मानेर भारतीय दूतावासले मविरुद्ध विज्ञप्ति निकालेको छ । त्यो विज्ञप्तिको भाषाप्रति मेरो टिप्पणी छैन । म पार्टीमा छलफल गर्छु किनभने मलाई पार्टीले मन्त्री बनाएको हो । त्यसपछि म विस्तृत प्रतिक्रिया दिन्छु ।   मैले विराटनगरमा भनेको थिएँ कि नेपालमा विदेशीहरूको अवाञ्छित गतिविधि बढेको छ । साम्राज्यवादी शक्तिहरूले विगतमा जस्तो प्रत्यक्ष सेना पठाउने अवस्था छैन । तर, आर्थिक क्रियाकलाप वाञ्छित र अवाञ्छित दुवै भइरहेको छ । आर्थिक क्रियाकलाप अवाञ्छित पनि हुन्छ, त्यो भनेको विनाबर्दीको सेनाजस्तो हो । यो नवऔपनिवेशिक नीति हो भनेको थिएँ, मैले भारतको नाम लिएकै थिइनँ ।   पत्रकारले नाकाबन्दीबारे के भन्नुहुन्छ भनेर सोधेका थिए । मैले भनेँ, ‘यो हस्तक्षेप हो, नाकाबन्दी हो ।’ मैले विनाबर्दीको सिपाही भन्ने विषयमा पत्रकारले पनि आशय बुझेनन्, भारतीयले पनि बुझेनन् । भारतले टिप्पणी गर्छ, उसको स्वतन्त्रताको कुरा हो । ठूलो राष्ट्रको दूतावासले त्यही रूपमा बुझ्यो । तर, सत्य कुरा त्यो होइन र थिएन । मलाई पनि कति धम्की आएको छ । मेरा बालबच्चालाई धम्की आएको छ । मधेसबाटै धम्की आएको छ । म सुरक्षित छैन ।   अहिले एउटा सार्वभौम मुलुकको मन्त्रीमाथि जसरी टिप्पणी भएको छ, यसबारे के भन्ने रु भारत भन्ने देश जन्मिनुभन्दा अगाडि नै हाम्रोबीचमा रोटी–बेटीको सम्बन्ध हो । देशभन्दा पुरानो हो सम्बन्ध । मैले नेपालीको हित र नेपाल राष्ट्रका पक्षमा बोलेको हुँ । कुनै छिमेकीविरुद्ध बोलेको होइन । मसँग भारतीयले केही कुरा गरेका छैनन् । मैले उनीहरूको टिप्पणी मिडियामार्फत थाहा पाएँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending