Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

उपराष्ट्रपति पासाङका बुबाले भावुक हुँदै भने, ‘मलाई भेट्न चाँडै गाउँ आउनू'

\"Pasang\"काठमाडाैं । आफ्नो छोरो मुलुककै दोस्रो मर्यादा क्रमको पदमा पुगेपछि बुबालाई कस्तो लाग्ला ? छोरोलाई बधाई दिनु र कुनै उपहार बोकेर भेट्न चाँडै जानु स्वभाविक हुन सक्ला । आजको कान्तिपुर दैनिकमा खबर छ तर उपराष्ट्रपति नन्दबहादुर पुनका बुबाले भने, ‘मलाई भेट्न चाँडै गाउँ आउनू ।’   उपराष्ट्रपति पुनका ८२ वर्षीय बुबा रामसुरले छोरा ‘त्यो पदमा बसेर के काम गर्न पाउँछ’ भन्नेबारे खुबै चासो राखेका छन् । पुन उपराष्ट्रपति भएको खबर उनले पाएपछि पहिले आफ्नो घरमा आउन आग्रह गरे । ‘तँ घरमा कहिले आउने हो ? घरमा आएर तेरो राजनीतिबारे मलाई बताउनुपर्छ ।’ एमाओवादी केन्द्रीय सदस्य दीपेन्द्र पुनले उनकै मोबाइलबाट सम्पर्क गराइदिएपछि मनसुरले भने, ‘नयाँ राज्य व्यवस्था ल्याउँछु भनेर घर छाडेको होस्, उपराष्ट्रपति भयो भन्ने सुनेको छु । कुरा के हो ? मलाई भेट्न घरमा जसरी पनि आउनू ।’   तत्कालीन माओवादीको पूर्णकालीन ‘छापामार’ बनेर वर्षौअघि घर छाडेर राजनीतिमा होमिएका नन्दबहादुरका बुबालाई अझै जिज्ञासा छ– ‘के छोराले ठूलै पद पाएको हो ? छोरो उपराष्ट्रपति बनेपछि गाउँले घरैमा आएर रामसुरलाई बधाई दिइरहेका छन् । गाउँमा उनलाई सम्मान पनि गरियो । ‘उपराष्ट्रपति जन्माउने बुबालाई सम्मान गर्न आवश्यक ठानेर हामीले कार्यक्रम गरेका हौं ।’ एमाओवादी जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीले भने, ‘विगतमा ‘जनयुद्ध’ का नायक पासाङलाई पार्टीले पनि सम्मान गरेको ठानेका छौं ।’ उपराष्ट्रपतिकी आमा मनसराको ०५३ सालमै मृत्यु भइसकेको छ । पाँचमध्ये माइँला नन्दबहादुरका एक भाईले तत्कालीन युद्ध अवधिमै ज्यान गुमाएका थिए ।   माओवादी राजनीतिमा छोरा होमिएपछि सामान्य किसान रामसुरले युद्धकालीन अवस्थामा परिवारलाई तत्कालीन राज्यपक्षबाट जोगाउन निकै कष्ट सहेका थिए । कतिबेला आफू र आफ्ना सन्तानलाई कसले के गर्ने हो भन्ने शंका भोग्दै युद्धमा लागेका छोरालाई सुरक्षित गराउँथे । ‘म अब वृद्ध भएँ, काठमाडौं आउन सक्दैन । जान्न । यतै बस्छु ।’ उपराष्ट्रपतिसँग फोनमा कुरा गर्दै रामसुरले भने । राजनीतिमा माथिल्लो पदमा पुगेका नन्दसँग तिहारमा घर आएका बेला उनले ‘घर व्यवहार’ को सल्लाह गर्ने सोच बनाएका छन् । ‘त पनि अब जान्ने बुझ्ने भइस्, घर व्यवहारबारे छलफल गर्न आइज्,’ उनले भने । नन्दका एक भाइ भीमप्रकाश गाउँकै उच्चमाविका प्राचार्य छन् । दाजु उपराष्ट्रपति भएपछि खुसी देखिएका भीमप्रकाश भन्छन्, ‘ढिलै भए पनि दाजु मुलुकको माथिल्लो पदमा पुगेकामा परिवारै गौरवान्वित भएका छौं ।’ नन्दका जेठा दाजु वीरबहादुर इन्जिनियर हुन् । साइलो भीमप्रकाश प्राचार्य, काइलो दीपक पूर्व शिक्षक हुन् भने कान्छोभाइ कमल जनयुद्धमा राज्यपक्षबाट मारिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE