Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

छाँया सरकार चलाएर एमाओवादीमा दादागिरी देखाउँदै नारायणकाजी

\"Narayankaji\"काठमाडौं । नारायणकाजी श्रेष्ठले पेरिसडाँडाबाट छायाँ सरकार चलाउन खोजेको भन्दै एमाओवादी मन्त्रीका सचिवालयमा असन्तुष्टि चुलिएको छ । एमाओवादीले मन्त्रीहरुको समन्वय गर्न र नियुक्तिलगायतका सिफारिस गर्न नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक हाइकमाण्ड गठन गरेको छ । आजको साँघु साप्ताहिकमा खबर छ–हाइ कमाण्डले मन्त्रीका पिए समेत तोकेर पठाउने गरेको छ । उपराष्ट्रपति, सभामुखका पिए तथा सल्लाहकार समेत नारायणकाजीको हाइकमाण्डले तोकेर मात्र नियुक्त गर्नुपर्ने भनिएको छ । यसले मन्त्रीहरुको काममा सिधै प्रभाव पारेको भन्दै कतिपयले असन्तुष्टि जनाइसकेका छन् । काजीको कमाण्डलाई टोपबहादुर रायमाझीले अस्वीकार गरेपछि अरु मन्त्रीले अहिलेसम्म स्वीकार गरेका छन् । ओनसरी घर्ती उपसभामुख हुँदादेखिकै स्वकीय सचिव रहेकी लक्ष्मी पुनलाई हटाएर मौसम मगरलाई नियुक्त गरिएपछि लक्ष्मी बाहिरिएकी छिन् । त्यस्तै सभामुखको प्रेस सल्लाहकारमा संसदीय मामिला पत्रकार समाजका महासचिव समेत रहेका बबिन शर्मालाई नियुक्त गर्ने चाहना ओनसरीले राखेको बताइन्छ । तर, नारायणकाजीको हेडक्वार्टरले अहिलेसम्म तय गरेको छैन । पीए नियुक्ति समेत आफूले गर्न नपाउने भएपछि मनत्रीलाई कर्मचारीले हेप्न थालेको चर्चा पनि चलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending