Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

बिहारमा मोदीमाथि निर्मम प्रहार

\"Narendra-Modi\"काठमाडौं । नेपालको संविधान जारी हुने साइतको मुखैमा काठमाडौं उत्रिएका भारतका विदेश सचिव एस. जयशंकरले राजनीतिक दलका नेताहरूलाई भनेका थिए– बिहारको चुनावका कारण प्रधानमन्त्री नरेन्द्र मोदी पनि दबाबमा हुनुहुन्छ, तपार्इंहरूले यो कुरा बुझिदिनुपर्‍यो। उनको आग्रह संविधान जारी गर्ने काम केही दिन रोकियोस् भन्ने थियो।   उच्च स्रोतहरूका अनुसार नेपालतर्फ नाता–सम्बन्ध र सम्पर्कमा रहेका बिहारका केही भाजपा (भारतीय जनता पार्टी) नेता–कार्यकर्ताले काठमाडौंलाई दबाब दिन मोदी तहसम्म ‘लबिङ’ गरेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ–तत्पश्चात् दबाबमूलक सन्देश लिएर जयशंकर गएका थिए। ‘संविधानको प्रक्रिया तत्काल रोक्न र मधेसीरथारू समुदायसहितको अधिकतम सहमति पहिल्याउन’ आग्रह गरेर उनी दिल्ली फर्केको दुई दिन (सेप्टेम्बर २०) मै नेपालको संविधान जारी भयो। संविधान जारी भएको ऐतिहासिक घटनामा भारतले ‘नोट’ गर्दै सेप्टेम्बर २१ बाटै ‘अघोषित’ नाकाबन्दीको रणनीति अँगालिहाल्यो।   यो रणनीतिका बीच काठमाडौंबाट विभिन्न राजनीतिक दलका दूतहरू, आपूर्तिमन्त्री, दिल्लीस्थित राजदूतसहितले नाकाबन्दी खुलाउने अनेक प्रयत्न गरिरहे। तर, जवाफ एउटै रह्यो– बिहार चुनावका कारण सबै संयन्त्रको ध्यान उतै केन्द्रित छ, प्रधानमन्त्री र गृहमन्त्रीसमेत बिहार केन्द्रित हुनुहुन्छ।   नेपालसँगको खुला सिमाना (झन्डै १७ सय किमिमध्ये) मध्ये सबैभन्दा लामो अनुपात (झन्डै ७ सय किलोमिटर) मा बिहारसँग जोडिएका कारण राज्यको चुनावमा सीमावर्ती सुरक्षा र अनधिकृत आवागमनको सरोकार रहनु स्वाभाविक हो। त्यसमा पनि बिहारसँग जोगबनी (विराटनगर) र रक्सौल (वीरगन्ज) जस्ता प्रमुख व्यापारिक नाकाहरू जोडिएका कारण पनि राज्य चुनावमा सीमा सुरक्षाको ‘बहाना’ दिल्लीसँग रहेकै थियो।   ‘कुनै राजनीतिक कारणले आर्थिक नाकाबन्दी गरिएको भन्ने बहाना तर्कसंगत हुँदैन,’ भारतका लागि एकजना पूर्वराजदूतले फोनमा भने, ‘बिहारको चुनाव अथवा सीमा सुरक्षाका कारण भनेकै हो भने अब दिल्लीको व्यवहारमा बदलाव देखिनुपर्छ।’ अर्कातिर, शासनसत्ता रहेको प्रमुख घटक भारतीय जनता पार्टीसहितको गठबन्धनले बिहार चुनावमा नसोचेको पराजय बेहोरेपछि केन्द्र सरकारको हरेकजसो कार्यशैलीको ‘अतिवाद’ माथि प्रश्न उठ्न थालेको अवस्था पनि विचारणीय छ। जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र भारतीय कांग्रेसको ‘महागठबन्धन’ ले बिहार विधानसभाका २ सय ४३ सिटमध्ये १ सय ७९ सिटमा विजय हासिल गरेर स्थानीय प्रभाव र पहिचानको राजनीतिलाई फेरि मूलधारमा ल्याउने काम गरेको छ। चुनावमा भाजपा गठबन्धनले ५८ सिटमा मात्रै विजय हासिल गरेको छ। प्याज वा दालको मूल्य बढेमा सरकारको सन्तुलन बिग्रने भारतीय पद्धतिमा निकटस्थ छिमेक नेपालमाथि ‘राजनीतिक बहाना’मा लगाइएको नाकाबन्दीको प्रभाव भने सकारात्मकभन्दा नकारात्मक रूपमा बढदो छ। ‘हिजोसम्म मोदीका नाममा अति प्रशंसा चलिरह्यो, आज हाम्रो छिमेक नेपालमा उनै मोदीले नाकाबन्दी गरिरहेको अवस्था छ,’ बिहार चुनावको र्‍यालीमाझ वैशालीको राजधानी हाजिपुर पुगेर बिहारका मुख्यमन्त्री नीतीश कुमारले दुई साताअघि बोलेका थिए। अहिले बिहारमा उनीसहितको महागठबन्धनले दुई तिहाइ बहुमत सहितको चुनावी नतिजा ल्याएपछि राज्य तहको संयन्त्रबाट पनि सहज ढुवानीरपारबहनका लागि अपेक्षा गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू पनि यही अपेक्षामा आइतबार दिउँसोदेखि बिहारका मुख्यमन्त्री नीतीश कुमारदेखि गठबन्धन पक्षीय राष्ट्रिय जनता दलका प्रमुख नेता लालुप्रसाद यादवसम्मलाई बधाई ज्ञापन गर्नमा तल्लीन देखिन्थे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending