Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

६ महिनामा जम्‍मा एकजना भूकम्पपीडितलाई ऋण

\"bhukampaकाठमाडौं । राष्ट्रबैंकले भूकम्पपीडितका लागि घर निर्माण गर्न अघि सारेको कर्जा योजनाअन्तर्गत ६ महिनामा एकजनाले १७ लाख ४४ हजार रुपैयाँ कर्जा पाएका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनर्कर्जा दिने र उक्त रकम बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशत ब्याजदरमा ऋण दिने कार्यविधि सार्वजनिक गरेको थियो।नेपाल बंगलादेश बैंकमार्फत स्युचाटार निवासी एक भूकम्पपीडितले घर निर्माणका लागि १७ लाख ४४ हजार रुपैयाँ कर्जा लिएका हुन्। ऋणीको नाम भने सार्वजनिक गर्न नमिल्ने बैंकले जनाएको छ। उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा पाउने व्यक्ति बैंकको नियमित ग्राहक भएकाले कार्यविधिअनुसार कर्जा दिन सकिएको बताए। ‘कार्यविधिअनुसार एकजनाले मात्र कर्जा पाउनुले झन्झटिलो प्रक्रियातर्फ संकेत गर्छ’ उनले भने। उनका अनुसार ब्याज दुई प्रतिशतमात्र भए पनि ऋणीले अरू ऋणसरह कर्जा तिर्ने आधार पेस गर्नुपर्छ । अहिलेसम्म त्यस्तो आधार भएका पीडित नआउँदा ऋण प्रवाह हुन नसकेको हो। ‘बैंकले आफ्नो तर्फबाट दुई प्रतिशत ब्याजदरमा ऋण दिएको छ’ उनले भने, ‘अहिलेसम्म राष्ट्रबैंकबाट पाउनुपर्ने पुनर्कर्जा सुविधा भने आएको छैन । राष्ट्रबैंकले प्रक्रियामा रहेको जनाएको छ।’ राष्ट्रबैंकको कार्यविधिमा भूकम्पबाट भत्केको घर निर्माणका लागि काठमाडौं उपत्यकामा बढीमा २५ लाख र उपत्यकाबाहिर बढीमा १५ लाख रुपैयाँ ऋण बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्नसक्ने उल्लेख थियो। यस्तो कर्जामा राष्ट्रबैंकले पुनर्कर्जा सुविधा उपलब्ध गराउनेछ। राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भने पुनर्कर्जा सुविधाअनुसार ऋण पाउने क्रम सुरु भएको बताए। ‘भूकम्पपीडितलाई सुविधा दिनका लागि दुई प्रतिशत ब्याजदरमा ऋण दिने कार्यविधि ल्याइएको थियो’ उनले भने, ‘राष्ट्रबैंक आफैंले ऋण दिने होइन। हामीले बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जा सुविधा दिने हो।’ यसबारे जानकारी लिन चाहनेहरू बढेको भन्दै पंगेनीले असहज परिस्थितिका कारण पनि ऋण प्रवाह हुन नसकेको बताए।विनाशकारी भूकम्पका कारण करिब आठ लाख घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending