Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

नाका नखुले सरकारले अन्तर्राष्ट्रिय सहयोग माग्ने

काठमाडौं । भारतले थप केही दिन नाकाबन्दी जारी राखे सरकारले नेपालमा मानवीय संकट रहेको जनाउँदै सहयोगका लागि विश्व समुदायलाई आग्रह गर्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –तर, त्यस्तो आग्रहमा नाकाबन्दी नभनी ‘चरम मानवीय संकटको अवस्था’ भन्ने तयारी छ । सरकारको प्रारम्भिक गृहकार्यअनुसार भूकम्पपछिको अवस्थामा झैं इन्धन, खाद्य सामग्री, औषधिलगायत अत्यावश्यक वस्तुको आग्रह गरिनेछ । एक वरिष्ठ मन्त्रीका अनुसार त्यसका साथै इन्धनको वैकल्पिक उपायसमेत खोजिने छ । विकल्पमध्येमै चीनतर्फका नाका खुलाई नियमित इन्धन आपूर्ति गर्ने कार्य तीव्र भइरहेको स्रोतले जनायो । त्यस्तै सरकारले विदेशस्थित आफ्ना कूटनीतिक नियोगहरूलाई नेपालको पछिल्लो अवस्थाबारे त्यहाँका सञ्चारमाध्यम, नेपाली समुदाय र कूटनीतिक समुदायलाई जानकारी गराउन निर्देशन दिने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जेनेभामा गत साता भनेका थिए, ‘यही अवस्था केही दिन लम्बिएमा नेपालमा चरम मानवीय संकट आइपर्छ ।’ तैपनि सरकार अझै भारतको सकारात्मक निर्णयको केही दिन कुराइमा रहेको ती मन्त्रीले सुनाए । ‘यो विषय आफैं अन्तर्राष्ट्रियकरण भइसकेको छ । सबैले अवस्था बुझेका छन् । हामीले आँट नगरेको भन्दा पनि नजिकको मित्रलाई असहज किन पार्ने भन्ने नै हो,’ उनले भने, ‘नेपाल र भारतको मित्रता घनिष्टतम र रोटीबेटीको समेत हो । तर, भारतले नेपालको समस्या नबुझेपछि सरकारले हदैसम्म उपयाहरू खोज्नैपर्ने हुन्छ ।’ महाभूकम्पले थिलथिलो पारेभन्दा ठूलो संकट वर्तमान अवस्थामा परेको सरकारले अन्तर्राष्ट्रिय समुदायमा जाहेर गर्ने सोच बनाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले वर्तमान अवस्थाबारे आफ्ना सबै नियोगलाई अवगत गराइसकेको छ । ‘सबै कूटनीतिक समुदायले नेपालमा भूकम्पपछिको र नाकाबन्दीको अवस्थाबारे जानकारी लिन थालेपछि आफ्ना नियोगहरूलाई अपडेट गराइएको हो,’ स्रोतले भन्यो । मन्त्रालयले भारतीय सीमाको अवस्था र उत्तरतिरका नाका खोल्न गरिएको प्रयासबारे समेत आफ्ना नियोगहरूलाई जानकारी गराउँदै आएको छ । सबै नियोगले सञ्चारमाध्यमबाट मात्र पछिल्लो अवस्था जानकारी लिनुपरेको भन्दै मन्त्रालयसँग गुनासो गरेपछि लगातार जानकारी दिन थालिएको हो । स्रोतका अनुसार सबै नियोगलाई विदेशी र गैरआवासीय नेपालीलाई नेपालको अवस्थाबारे जानकारी गराउन र उनीहरूबाट नयाँ धारणाहरू लिन भनिएको छ । यसअघि सचिव शंकरदास बैरागीले केही राजदूतहरूलाई इमेलमार्फत अनौपचारिक रूपमा अनुभव मागेका थिए । त्यसै क्रममा ती राजदूतहरूले अवस्थाबारे जानकारी नगराएको र अनुभव मात्र मागेको भन्दै गुनासो गरेका थिए । परराष्ट्र सहप्रवक्ता दीपक अधिकारीले भने, ‘दूतावास सरकारकै निकाय हुनाले यहाँको सबै अवस्था अवगत गराइन्छ नै । त्यहाँको सहयोगसमेत मागिन्छ । यो परम्परा हो ।’ सरकारले गैरआवासीय नेपाली संघलाई पनि अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन आग्रह गर्ने भएको छ । संघले सहयोग गर्ने भन्दै राजनीतिक नेतृत्वसँग भेटघाटसमेत सुरु गरिसकेको छ । सरकारले संघसँग औषधिलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रस्ताव राख्ने भएको छ । संघले सहयोगको प्रतिबद्धतासहित सूची मागेको छ । परराष्ट्र सचिव बैरागीले अहिलेको अवस्थाबारे विश्व जानकार रहेकाले कुनै न कुनै रूपमा मित्र मुलुकले सघाउने विश्वास व्यक्त गरे । ‘अहिलेको अवस्था कहिलेसम्म जाने भन्ने निक्र्योल नहुँदा अन्योल भएको हो । सरकार विकल्पमा जान तत्पर छ । यसअघि परराष्ट्रमन्त्रीले चरम मानवीय संकट आएको खण्डमा मित्रहरूको सहयोग आवश्यक पर्ने बोलिसक्नुभएको छ,’ उनले भने । यसैबीच भारतीय राजदूत रणजित रायले नेपाल आफ्नो मित्र मुलुक रहेको उल्लेख गर्दै सहयोगका लागि तयार रहेको बताएका छन् । उनले मंगलबार रिपोर्टर्स क्लबमा भने, ‘नेपालको मन्त्रिपरिषद्ले पास गरेको विशेष प्रस्तावबारे जानकारी आएमा सहयोगका लागि काम गर्न सक्छु । त्यस्तो प्रस्ताव पत्रपत्रिकाबाट थाहा पाएँ । दिल्लीका नेपाली राजदूतलाई गएको भए थाहा छैन, मलाई औपचारिक जानकारी छैन ।’ उनले तत्काल नाका सहज हुने नदेखिएको बताए । उनले नेपालमा जे पनि हल्लामा चल्ने भन्दै राजनीति वार्ता सकारात्मक रूपमा अघि नबढे समाधान हुनेजस्तो आफूलाई नलागेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE