Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

पुरानो बसपार्कमा दक्षिण एसियाकै २१ तले भ्यु टावर बनाइदैं

\"view-tower\"काठमाडौं । रत्नपार्कस्थित पुरानो बसपार्कमा २१ तले ‘काठमाडौं भ्यु टावर’ निर्माण हुने भएको छ । विवादका कारण लामो समयसम्म स्थगित भ्यु टावरको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गर्ने भएका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–काठमाडौं महानगरपालिकाले निजी कम्पनी जलेश्वर स्वच्छन्द बिकोइसँगको साझेदारीमा टावर निर्माण गर्न लागेको हो । टावर निर्माणका लागि लाग्ने सम्पूर्ण रकम निजी कम्पनी बिकोइले नै गर्नेछ । टावरको लागत रकम तीन अर्ब रुपैयाँ रहेको छ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्न पाउनेछ । ३० वर्षपछि भने टावर स्वतस् महानगरपालिकाको स्वामित्वमा आउने महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार टावर तीन वर्षभित्र निर्माण भइसक्नेछ ।   काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङका अनुसार पब्लिक प्राइभेट पार्टनसिप ९पिपिपी० प्रणालीअन्तर्गत निर्माण हुन लागेको यो मुलुककै ठूलो परियोजना हो । ‘पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गत बन्ने यो मुलुककै ठूलो परियोजना हो । यो तीन वर्षभित्र बन्नेछ । टावरको लागत रकम तीन अर्ब रुपैयाँ तोकिएको छ । सबै रकम निजी कम्पनीेले नै लगानी गर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्नेछ । त्यसपछि भने महानगरपालिकाको स्वामित्वमा आउनेछ,’ कार्यकारी अधिकृत तामाङले भने । यसअघि साउनको तेस्रो साता नै टावरको शिलान्यास गरिने भनिएको थियो । महानगरपालिकामा टावरको नक्सा पास नभएका कारण शिलान्यास रोकिएको थियो ।   पहिलो चरणमा टावर १२औँ तलासम्म मात्रै बन्नेछ । यसको लागत रकम तीन अर्ब रुपैयाँ अनुमान गरिएको छ । २१ तलाका लागि भने सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । कम्पनीले भ्यु टावर निर्माणका लागि माटो तथा वातावरण परीक्षणको काम सकिसकेको छ ।   प्रारम्भिक प्रस्तावना तयार गरिएको चार वर्षपछि योजनाले साकार रूप लिएको हो । कम्पनीले बसपार्कमा टावर बनाउने प्रस्तावना ०६८ मै तयार गरेको थियो । ठेक्का सम्झौता प्रक्रियामा भ्रष्टाचार भएको आशंकापछि प्रस्तावना रोकिँदै आएको थियो । यही सन्दर्भमा परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिइसकेको छ ।   कम्पनीले नयाँ बसपार्कको २३ रोपनी ५ आना जग्गामा भ्यूटावर निर्माण गर्नेछ । भ्यु टावरको भूमिगत तलामा व्यवस्थित पार्किङ व्यवस्था हुनेछ । त्यसभन्दा माथि बसपार्क हुनेछ । मोटरसाइकल पार्किङ पनि सोही भागमा रहनेछ । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोड आसपास पार्किङ हुने सम्पूर्ण सवारीसाधनलाई धान्नेछ ।   टावरको माथिल्ला तलामा बैंक, सपिङ कम्प्लेक्स, सोरुम, सिनेमा हल, डिस्को, रेस्टुरेन्ट, जिमहल, स्विमिङ पुलदेखि फाइभ स्टार होटेलसमेत निर्माण गरिनेछ । दक्षिण एसियाकै नमुना बनाइने टावरभित्रका सम्पूर्ण सुविधा चौबिसै घन्टा खुला हुनेछन् ।   नमुना टावर बनाउने योजना पहिलो चरणमा १२ तला निर्माण हुने भएको छ । टावरमा बैंक, सपिङ कम्प्लेक्स, सोरुम, सिनेमा हल, डिस्को, रेस्टुरेन्ट, जिमहल, स्विमिङ पुलदेखि फाइभ स्टार होटेलसमेत निर्माण गरिनेछ । टावरलाई दक्षिण एसियाकै नमुना बनाउने कम्पनीको भनाइ टावर बनाउ ३ अर्ब लाग्ने काठमाडौं महानगरपालिकाले निजी कम्पनी जलेश्वर स्वच्छन्द बिकोइसँगको साझेदारीमा टावर निर्माण गर्न लागेको हो । टावर बनाउन तीन अर्ब लाग्ने अनुमान छ । सबै खर्च निजी कम्पनी बिकोइले नै गर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्न पाउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending