Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यसरी मनाउँदै छन् अभिनेत्रीले तिहार

\"herion\"काठमाडौं । आम नेपालीजस्तै नेपाली अभिनेत्री पनि तिहारलाई आफ्नै तरिका मनाउन योजनामा छन् । कुन अभिनेत्रीको तिहार मनाउने तयारी कस्तो छ त ? साह्रै उमंगित छु झरना थापा नाकाबन्दीका कारण दसँै अभाव र तनावमै मनाइयो । तिहार पनि सहज छैन । तर पनि, हिन्दू संस्कारअनुसार तिहार मनाइन्छ । घरमा दीपावली गर्ने, कुकुर, लक्ष्मी, गोबर्धनको पूजाआराधना गर्ने, सेल पकाउने, देउसी–भैलो खेल्न आउनेहरूलाई दक्षिणा दिने, भाइटीकामा भाइलाई टीका लगाइदिने । तीन वर्षपछि यसपालि भाइटीका लगाउँदै छु । साह्रै उमंगित छु । पूजाका लागि सामग्री किन्दै छु । घरपरिवारका सदस्यसँग हल्का तास खेल्ने, मीठो–मीठो खाँदै तिहार मनाउने योजना छ । मेरो ‘फेभरेट’ पर्व हो रजनी केसी तिहार मेरो फेभरेट पर्व हो । जताततै झिलिमिली बत्तीले गर्दा साह्रै रमाइलो लाग्छ । काग, कुकुर, लक्ष्मी, गोबर्धन र भाइको पूजा गरिने चाड भएकाले अन्यभन्दा विशेष लाग्छ । ममीसँग मिलेर सेल पकाउने, भाइसँग बत्ती बाल्ने, देउसी–भैलो खेल्न आउनेहरूसँगै रमाइलो गर्न खुब मन पर्छ । लक्ष्मीपूजा र भाइपूजाका लागि सपिङ गर्दै छु । बच्चामा त देउसी–भैलो खेल्न, नाच्न हुरुक्कै हुन्थेँ । अचेल भने हेर्न रमाइलो लाग्छ । दसैँ परदेशी फिल्मकै प्रमोसनमा बित्यो । तिहार फिल्म सफलताको खुसीयालीमा बिताउँदै छु । सेल पकाउँछु रेखा थापा अहिले जताजतै अभाव र त्यसले सिर्जित तनाव छ । तर पनि, हाम्रो संस्कार र परम्परा निभाउनुपर्छ । दसैँझैँ तिहार पनि आएझैँ महसुस भएको छैन । स्थिति सहज भएको भए धेरै उमंग हुने थियो । यसपालि म काठमाडौंमै तिहार मनाउँछु । देउसी खेल्न आउनेहरूसँग रमाउँछु । लक्ष्मीको पूजाआराधना गर्छु । ममीसँग मिलेर सेल, मीठा–मीठा परिकार पकाउँछु । दाइ, भाइहरूलाई टीका लगाइदिन्छु । अझ सफल होऔँ, सारा नेपालीले सुख पाऊन् भन्ने आशीर्वाद माग्छु । कतारमा हुन्छु केकी अधिकारी अधिकांश पर्वमा जनावरको बलि चढाइन्छ । तर, तिहारमा भने जनावरहरूको पनि विधिपूर्वक पूजा गरिन्छ । त्यसैले पनि मलाई तिहार निकै राम्रो लाग्छ । बत्तीको झिलिमिली, सप्तरंगी टीका, चारैतिर रौनकता, माहोल नै सुनौलो हुन्छ । यसपालिको तिहारमा भने म प्रोग्रामका लागि कतार जाँदै छु । यसअघिका तिहारमा कहिल्यै पनि बाहिर थिइन् । कतारमा रहेका नेपाली दाजुभाइसँग रमाइलो गरेर तिहार मनाउँदै छु, टीका पनि उतै लगाउनुपर्ला । रंगोली बनाउँछु सुरबिना कार्की अरू पर्वभन्दा तिहार मलाई विशेष लाग्छ । चारैतिर बत्तीको झिलिमिली, फूलहरूको बहार, मौसम नै कत्ति रोमान्टिक हुन्छ । त्यसले गर्दा मनमा साह्रै ऊर्जा थपिने गर्दछ । मान्छेको मात्र होइन, घरपालुवा जनावरको पनि पूजा हुने भएकाले तिहार साँच्चै विशेष छ । घर रंगाउन, फूलहरूले सजाउन, सेल पकाउनुका साथै रंगोली बनाउँछु । पहिला–पहिला त भुराभुरी जम्मा पारेर भैलो खेल्न जान्थेँ । अचेलचाहिँ भैलो खेलेको हेर्न मन पर्छ । पटकाहरूको आवाज सुन्दा पनि आनन्द लाग्छ । म घरकी जेठी हुँ । हामी तीन बहिनीको एउटा भाइ छ । उसैलाई टीका लगाइदिन्छौँ । धुमधामसँग मनाउँछु सारिका केसी मेरो एउटा दाइ हुनुहुन्छ । यसपालि तिहार मनाउन घरै ९बागलुङ० जान्छु । तिहारमा घर रंगाउन, भैलो खेल्न साह्रै मन पर्छ । काग, कुकुर, गाई अनि गोरुको पूजा गर्ने प्रचलन निकै राम्रो लाग्छ । मलाई दसैँभन्दा तिहार बढी मन पर्छ । गाउँमा तिहारको रौनक नै बेग्लै हुन्छ । साथीहरूसँग हल्का तास पनि खेल्छु । दाइलाई टीका लगाएपछि पाइने आशीर्वाद साह्रै महत्त्वपूर्ण लाग्छ । यसपालि अलि अभाव र स्थिति असहज छ । तर पनि, वर्ष दिनमा एकपटक आउने तिहार धुमधामसँग मनाउँछु । लंगुरबुर्जा खेल्छु महिमा सिलवाल दसैँमा झँै तिहार मनाउन पनि चितवन नै जाँदै छु । चाडपर्व आफ्नै घरमा रमाइलो हुन्छ । मलाई लक्ष्मीपूजा निकै मन पर्छ । लक्ष्मीलाई सजाएर पूजा गर्दा साह्रै आनन्द महसुस हुन्छ । पहिला–पहिला भैलो खेल्न पनि जान्थँे । अचेल भने साथीसंगी कहाँ–कहाँ पुगे, त्यसैले माहोल हुँदैन । घरमा देउसी खेल्न आउनेहरूसँगै रमाउँछु । सेल पकाउने, पटका पड्काउने अनि लंगुरबुर्जा खेल्न आनन्द लाग्छ । एउटा भाइ छ, उसलाई टीका लगाइदिन्छु । रंगीन पर्व जमेर मनाइन्छ अनामिका चौलागाईं तिहार रंगीन पर्व हो । दीपहरूको उज्यालो, रङहरूको विविधताले वातावरण नै सुन्दर बनाउँछ । त्यसमाथि देउसी–भैलोले माहोल नै रमाइलो हुन्छ । चाडहरूमध्ये तिहार निकै मन पर्छ मलाई । फूल टिप्ने, माला उन्ने, घर सजाउने, लक्ष्मीको आराधना गर्ने पर्वको विशेषता नै बेग्लै छ । मेरा दुई दाइ हुनुहुन्छ, दिदीबहिनी मिलेर टीका लगाउँछाँै । साथीहरूसँग भेटघाट हुन्छ, परिवारमा तास खेल्ने, बत्ती बाल्ने तथा दाइहरूबाट आशीर्वाद लिन्छु । नाकाबन्दीका कारण तनाव र अभाव छ । तर पनि, तिहार भने जमेर मनाइन्छ । देउसी भैलोको आनन्द लाग्छ आशिष्मा नकर्मी झिलिमिली बत्तीको प्रकाश, फूलहरूको सुगन्ध, देउसी–भैलोको गुञ्जाहटले तिहारमा मन आनन्द पार्छ । हरेक तिहारमा थ्री स्टार क्लबले पाटन दरबार स्क्वायरमा नेपाल संवत् नयाँ वर्षको कार्यक्रम आयोजना गर्ने गर्छ । त्यसमा सहभागी हुन्छु । नेपाल संवत्को नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा म्हस् पूजाको माहोल नै बेग्लै हुन्छ । मेरा आफ्ना दाजुभाइ नभएकाले भाइटीका लगाइँदैन । सानामा साह्रै लजालु भएकीले कहिल्यै देउसी–भैलो खेलिनँ । अचेल त झन् कहाँ जानु र खेल्न । नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending