Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

निगमले नै कालोबजारी गर्दै २० लाख प्रतिट्यांकरको पेट्रोल ३५ लाखमा बेचेको खुलासा

\"oil-Tanker\"काठमाडौं । भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ ।   आजको नागरिक दैनिकमा खबर छ–पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपो प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ ।   ‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ’ एक उद्योगीले भने । निगमले इन्धनको चरम संकट देखाउँदै गर्दा कात्तिक २६ गतेदेखि ३० गतेसम्म भारतबाट इन्धन बोकेका ३ सय ट्यांकर काठमार्डौं भित्रिएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल सामान्य अवस्थामा नियमसँगत बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो । निगमले आफ्नै संलग्नतामा संस्थागत रुपमै कालोबजारी गरी प्रतिट्याकंर औसत १५ लाख रुपैयाँसम्म कुम्ल्याइरहेको तथ्य खुलेको छ । सम्बद्ध व्यवसायीका अनुसार सामान्य दिनमा २० हजार लिटरको एक ट्याकर पेट्रोलको मूल्य २० लाख ८० हजार रुपैयाँ पर्छ ।   त्यति नै परिणामको डिजेलको मूल्य १६ लाख २० हजार रुपैयाँ पर्छ । त्यसरी आएको तेल निगमका उच्च अधिकारीले आफ्नो आसेपासे, नातागोता, पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महंगोमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार प्रतिट्याकंर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending