Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मानव मलमूत्रबाट खाना पकाउने ग्यास

\"biogas\"काठमाडौं । देशभर खाना पकाउने ग्यास अभाव भइरहँदा झापामा मानव मलमूत्र व्यवस्थापन गरी हजारभन्दा बढी परिवारले खाना पकाइरहेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आफ्नै दिसापिसाब व्यवस्थित गरी त्यसबाटै निकालिएको ग्यासले खाना पकाइरहेका उनीहरूले ग्यास अभाव झेल्नुपरेको छैन। प्राविधिकहरूका अनुसार यस्तो प्रविधि लागू गरिए एलपीग्यासको ५० प्रतिशत माग कम गर्न सकिनेछ।   बिर्तामोडको कृषि थोकबजारमा होटल चलाउने विष्णुदेवी पोखरेललाई बजारमा खाना पकाउने ग्यास अभाव भए÷नभएको मतलबै हुन्‍न। छेउमै रहेको सार्वजनिक शौचालयमा विशेष किसिमले बनाइएको बायो ग्यास प्लान्टबाट ग्यासको पाइप ल्याएर उनी खानेकुरा पकाउँछिन्।   ११ वर्षअघि मानव मलमूत्रबाट सिर्जित ग्यासले खाना पकाउन सुरु गर्दा उनको होटलमा खाना खान आउनेहरू घिनाउँथे तर अहिले त्यो समस्या छैन। बिर्ता सिटी अस्पतालले पनि सोहीअनुसार ट्वाइलेटका ट्यांकी बनाएर ग्यास उत्पादन गरिरहेको छ। अस्पतालले समेत उपयोग गर्छ अहिले उक्त ग्यास।   अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेत भन्छन्, ‘हामीले औजार स्टेरिलाइज गर्नेलगायतका काम यही ग्यासबाट गरिरहेका छौं।\'बिर्तामोडका प्रकाशचन्द्र पकुवालले १० वर्षदेखि आफ्नै घरमा दिसापिसाबबाट खाना पकाउने ग्यास उत्पादन गरिरहेका छन्। बजारमा खाना पकाउने ग्यास हाहाकार भइरहेका बेला आफ्नै घरमा उत्पादित ग्यासले उनको चुलो बलिरहेको छ। पकुवालले भने, \'ठाउँ पनि बढी नओगट्ने, बनाउँदा खर्च पनि कम लाग्ने रहेछ।\' घरमा उत्पादित ग्यासका अर्का प्रयोगकर्ता मेघराज कार्की भन्छन्, ‘मेरो परिवारले पनि घरकै ग्यास बालेर खाना खाइरहेका छौं। सबैतिर यो प्रकारको प्लान्ट लगायो भने ग्यास अभावको मार खेप्नु पर्दैन।\' परिवारका सदस्य अथवा उक्त ग्यास प्लान्ट बनाइने भवनमा दिसापिसाब गर्नेहरूको संख्याका आधारमा सानो वा ठूलो किसिमको प्लान्ट लगाउन सकिने बिर्तामोडकै चैतन्यप्रकाश मैनाली बताउँछन्। उनका अनुसार घर बनाउँदै उक्त प्लान्ट लगाउने योजना बनाए राम्रो हुन्छ।   मैनालीले भने, ‘चार घनमिटरको प्लान्टले ६ जनाको परिवारलाई मनग्गे खाना पकाउन ग्यास पुग्छ।\' आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा झापामा एक हजारभन्दा बढी यस्ता मानव मलमूत्र व्यवस्थापन गरी बनाइएका प्लान्टबाट निस्केको ग्यासले मानिसहरूले खाना पकाइरहेका छन्।   उक्त केन्द्रले २२ वर्षअघिदेखि सुरु गरेको अभियानले अहिले जिल्लाभर तीव्रता पाएको छ। अभियानमा सक्रिय मैनालीका अनुसार यसरी बनाइएको प्लान्ट किफायती हुने गरेको छ। यस्तो प्लान्ट स्थापना गर्दा धेरै सस्तो पर्छ। देशभर यस्ता किसिमका प्लान्ट बनाए ग्यासको माग धेरै कटौती गर्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियरहरू बताउँछन्। केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्याल भन्छन्, \'धेरै जनसंख्या भएका स्थानमा त यो वरदान हुन्छ।\' यस्तो प्लान्ट बनाउँदा गन्धसमेत नआउने र हतपती ट्यांकी पनि नभरिने प्राविधिकहरू बताउँछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending