Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

नाकाबन्दीका कारण अस्पतालमा अक्सिजन अभाव, हजारौं बिरामीको जीवन संकटमा

काठमाडौं । भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं बिरामीको जीवन संकटमा परेको छ। उपत्यकाका अधिकांश अस्पतालमा अहिले अक्सिजनको अभाव देखिन थालेको छ ।
\"No-oxygen\"अन्नपूर्ण पोष्टमा खबर छ–नाकाबन्दी सुरु भएलगत्तै उपत्यकाका नौवटा ठूला सरकारी अस्पतालले अक्सिजनसहित अत्यावश्यक औषधि र इन्धनको व्यवस्था अविलम्ब गर्न स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखे पनि त्यसमा चासो नदेखाउँदा अस्पतालमा भर्ना भएका बिरामीको जीवन संकटमा परेको हो।
ती अस्पतालले एक महिनाअघि नै भारतीय नाकाबन्दीपछि अक्सिजनलगायत अत्यावश्यक औषधि र अन्य वस्तुको अभाव भएको जानकारी गराउँदै सरकारलाई पत्र लेखेका थिए। तर यत्रो समय बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सरकारी अस्पतालका निर्देशक, प्रशासन प्रमुख र चिकित्सक आक्रोशित भएका छन्।
उनीहरूले केही दिनमै शल्यक्रियासहित अत्यावश्यक सेवा बन्द गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्।\'जस्तोसुकै संकटका बेला पनि जनताको बाँच्न पाउने नैसर्गिक अधिकारलाई राज्यले नै सुरक्षा गर्छ।
युद्धमा समेत स्वास्थ्य सेवालाई अवरुद्ध हुन नदिन सरकारले पहल गर्छ\', मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत वरिष्ठ मुटु शल्यचिकित्सक डा. भगवान कोइरालाले भने, \'तर हाम्रो देशमा भने अक्सिजन र जीवनरक्षक औषधिको अभावमा बिरामी कुखुराजस्तै खुत्रुक्क मर्न थाले पनि सरकार निर्दयी भएर बसिरहेको छ।\'
उनले अस्पतालमा केकस्ता औषधि अभाव भएका छन् र को कसरी मरिरहेका छन् भन्ने जानकारीसमेत स्वास्थ्य मन्त्रालयलाई नभएको बताए।उपत्यकाका वीर, शिक्षण, पाटन, गंगालाल, प्रसूति, कान्ति, सिभिल, मनमोहन र बीपी कोइराला नेत्र केन्द्रका निर्देशकहरूले संयुक्त रूपमा प्रत्येक दिन दुई सय ७५ सिलिन्डर अक्सिजनको तत्काल व्यवस्था गरिदिन सरकारलाई लिखित आग्रह गरेका थिए।
\'भेटेरै समेत हामीले यस्तो नराम्रो अवस्था आउन सक्छ है भन्दै सरकारलाई तत्काल अक्सिजन, औषधि र इन्धनको व्यवस्था गरिदिन आग्रह गरेका थियौं तर पनि अहिलेसम्म न अक्सिजन आयो, न त औषधि नै आयो। इन्धनको त कुरै छोडौं\', पाटन अस्पतालका निर्देशक डा. पवन शर्माले मंगलबार अन्नपूर्णसँग भने, ‘जानकारी गराउँदा पनि तत्कालीन अवस्थाको संवेदनशीलतालाई नबुझेका कारण बिरामीको जीवन चरम संकटमा परेको छ।\'
उक्त अस्पतालका वरिष्ठ चिकित्सक अर्जुन कार्कीले नाकाबन्दीका कारण मृत्युको मुखमा पुगेका जीवनलाई बचाउने आफूहरूको उत्कृष्ट पेसाले नैतिक आधार गुमाउने अवस्था आइपरेको बताए। अक्सिजन, अत्यावश्यक औषधि र उपकरणको अभाव भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि निराश भएका छन्।
उक्त अस्पतालका निर्देशक डा. दीपक महराले अक्सिजन, औषधिलगायतको विवरण बोक्दै आफूहरू दिनदिनै मन्त्रालय धाउँदा पनि आश्वासन मात्रै पाउने गरेको बताए। मन्त्रालयले अस्पतालका लागि अपरिहार्य आवश्यकता पूर्ति नगरिदिँदा समस्या आएको उनले बताए।
ती अस्पतालले अक्सिजनसहित दैनिक एक हजार ९ सय ६५ लिटर डिजेल, ९० लिटर पेट्रोल र २० सिलिन्डर ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। अस्पतालमा अक्सिजन अभाव भएपछि बिरामीका आफन्त आफैं अक्सिजन जुटाउन भौंतारिन थालेका छन्।
वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आन्दोलनकारी र सरकारले प्राथमिकतामा नराख्दा धेरै बिरामीको ज्यान धरापमा परेको बताए।चिकित्सकले यस्तो संकटका बेला स्वास्थ्य सेवालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी र सरोकारवाला निकायबीच गम्भीर रूपमा छलफल नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
ती नौवटा अस्पतालका निर्देशकले यस्तै स्थिति कायम रहे सबै अस्पतालको सेवा बन्द गर्नुपर्ने र सबै नेपालीले गम्भीर अवस्थाको सामना गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE