Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

कर्मचारी बोक्ने बसले अब बिरामी र सर्वसाधारण बोक्ने

काठमाडौं । इन्धन अभावका कारण समयमै उपचार गर्न अस्पताल जान नपाएका बिरामीलाई लक्षित गरी सरकारले नि:शुल्क बस सञ्चालन गर्ने भएको छ । अबदेखि सरकारी कर्मचारी बोक्ने १६ वटा बसले भारतीय नाकाबन्दीका कारण सास्ती खेपिरहेका बिरामी तथा सर्वसाधारणलाई नियमित रूपमा बोक्ने भएका छन् ।

\"bus2\"नयाँपत्रिका दैनिकमा समाचार छ– प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासनमन्त्री रेखा शर्मा र मुख्यसचिव डा. सोमलाल सुवेदीलाई सरकारी कर्मचारी बोक्ने गाडीले बिरामी तथा सर्वसाधारणलाई पनि बोक्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएलगत्तै सरकारले यस्तो तयारी गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले मन्त्रालयले सञ्चालन गर्दै आएको एकीकृत परिवहन सेवाका १६ वटा बसले अबदेखि बिरामी तथा सर्वसाधारण जनतालाई बोक्ने जानकारी दिए ।

‘कर्मचारी बोक्ने गाडीहरू अबदेखि नियमित रूपमै बिरामी तथा सर्वसाधारणलाई बोक्ने कार्यमा प्रयोग गरिनेछन्,’ पौडेलले नयाँ पत्रिकासँग भने । उनले रुट निर्धारण गरी दुई–चार दिनभित्रै यो सेवा सुचारु गरिने बताए । पौडेलका अनुसार सरकारी कर्मचारी बोक्ने गाडीहरू विशेषगरी सरकारी अस्पतालमा उपचारका लागि जाने सर्वसाधारणलाई लक्षित गरी प्रयोग गरिने भएको छ ।

गंगालाल, वीर, शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, निजामती अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्न जाने बिरामीका लागि नि:शुल्क गाडीको व्यवस्था गर्न लागिएको हो । मन्त्रालयका अनुसार उपत्यकामा रहेका सरकारी अस्पताललाई लक्षित गरी सोहीअनुसार सरकारी गाडीको रुट निर्धारण गरिनेछ ।

प्रवक्ता पौडेलले सरकारी गाडीले मुख्य रूपमा बिरामीलाई ओसारपसार गर्ने भए पनि सिट संख्याका आधारमा अन्य सर्वसाधारणलाई पनि चढाउन सक्ने बताए । सरकारी बिदाका दिन बिहानैदेखि नियमित रूपमा बिरामी र सर्वसाधारणलाई बोक्न प्रयोग गरिने सरकारी गाडी बिदाबाहेकका दिनमा बिहान ११ देखि ३ बजेसम्म मात्रै सर्वसाधारणका लागि प्रयोग गरिनेछन् ।

बिदाबाहेकका दिनमा सरकारी कर्मचारीलाई कार्यालय पुर्‍याई ११ बजेपछि सर्वसाधारणलाई बोक्न प्रयोग गरिनेछ । दिउँसो ४ बजे सरकारी कार्यालय छुटेपछि भने ती गाडी सरकारी कर्मचारी बोक्न प्रयोग गरिनेछन् । सर्वसाधारणको दु:ख–सास्तीलाई कम गर्न र कर्मचारीप्रति जनताको विश्वास बढाउन सर्वसाधारण तथा बिरामीलाई नि:शुल्क सेवा दिन लागिएको प्रवक्ता पौडेलले बताए ।

सरकारले यसअघि तिहारको समयमा पनि उपत्यकामा तीन दिन नि:शुल्क बस सेवा सञ्चालन गरेको थियो । तिहारमा कर्मचारीलाई बिदा भएकाले सबै गाडी सर्वसाधारण जनता बोक्ने कार्यमा प्रयोग गरिएका थिए । मंगलबार छठ पर्वको समयमा पनि सरकारी बसहरू बिहानैदेखि सर्वसाधारण बोक्न प्रयोग गरिएका थिए ।

तिहारको समयमा तीन दिनसम्म उपत्यकामा झन्डै ३० हजारले नि:शुल्क बस सेवा लिएको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । सरकारले बिदाको समय तथा अतिरिक्त समयमा गाडी चलाउने चालक र सहचालकलाई भत्तास्वरूप दैनिक दुई हजार तथा १५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE