Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

प्याब्सनले भारतीय राजदूतलाई भन्यो- पढ्न पाउने अधिकार सुनिश्चित गरिदेऊ

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले इन्धन आपूर्ति सहज बनाएर नेपालका बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरिदिन नेपालस्थित भारतीय दूतावासलाई आग्रह गरेका छन्।
\"Pabson\"अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ– निजी विद्यालय सञ्चालकहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) को नेतृत्वमा गएको विद्यालय सञ्चालकहरूको टोलीले मंगलबार दूतावासमा ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेका हुन्। प्याब्सनका प्रतिनिधिले नेपालका लागि भारतीय राजदूत रन्जित रेलाई भेटेरै ज्ञापनपत्र दिएको संगठनका महासचिव डीके ढुंगानाले बताए।
उनका अनुसार ज्ञापनपत्र बुझ्दै रेले इन्धन आपूर्तिमा देखिएको समस्यामा भारतको कुनै हात नरहेको बताएका थिए। रेको भनाइ उद्धृत गर्दै ढुंगानाले भने, \'नेपालको आन्तरिक समस्याका कारण इन्धन ढुवानीमा समस्या परेको हो। नेपालको आन्तरिक समस्या समाधान हुनेबित्तिकै इन्धन आपूर्तिको समस्या समाधान हुन्छ।\'
भारतीय नाकाबन्दीका कारण इनधन आपूर्तिमा समस्या हुँदा नेपालका लाखौं बालबालिकाको पढ्न पाउने अधिकार हनन भएकाले ज्ञापनपत्र बुझाइएको प्याब्सनले जनाएको छ। \'इन्धन समस्याका कारण पढ्न नपाउनु भनेको बालबालिकाको अधिकार हनन हुनुसरह हो। यही अधिकार सुनिश्चित गराउन दूतावासलाई आग्रह गरेका हौं\', ढुंगानाले भने।
इन्धन अभाव र मधेस आन्दोलनका कारण शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीको पढाइ अन्योल बनेको छ। सरकारले सहज रूपमा शैक्षिक संस्थाका सवारीसाधनलाई इन्धन उपलब्ध नगराउने हो भने र तीन महिनादेखि बन्द रहेका तराईका स्कुलहरू खुलाउन पहल नगर्ने हो भने शैक्षिक सत्र परिवर्तन गराउनुपर्ने खतरा रहेको पनि विद्यालय सञ्चालकहरूले बताउँदै आएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending