Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यौन समागम गराएर होली

भक्तपुर, देशका अन्य स्थानमा रङ र लोलाले होली खेलिए पनि प्राचिन सहर भक्तपुरमा भने अलग र मौलिक किसिमले होली मनाइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ–भक्तपुर दत्तात्रय मन्दिर अघि रहेको भीमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाइएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ । लग अर्थात लिंगलाई फागु शुक्ल पूर्णिमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर ७ दिनसम्म मनाइने होली पर्व सुरु हुने गर्दछ । लगलाई टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखेपछि विधिवत रुपमा होली सुरु भएको मानिन्छ । यसलाई टोलमा रहेका पसलैपिच्छे घुमाएर पूजा गरी पुनः पार्टीमा ल्याएर झुण्ड्याएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने र भेटी चढाएर पूजा गर्ने गर्दछन् । घर र पसलैपिच्छे लिंगलाई घुमाएपछि गरिने दर्शन र दक्षिणापछि व्यापार फस्ट्याउने धार्मिक विश्वास छ । ‘भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसलपसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन्’ स्थानीय कृष्णबहादुर गायजूले भने । बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पार्टीमा सात दिनसम्म झुण्ड्याने गरिन्छ । झुण्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ । यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रुपमा लिइने गरेका संस्कृतिकर्मी बताउँछन् । करिब दुई हात लामो र करिब ३० इन्च मोटाईको काठबाट लिंग बनाइएको लिंगलाई भीमसनेको लिंग र कपडाबाट बनाइएको प्वाललाई द्रौपतीको योनीका रुपमा लिने गरेको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेलले बताए । धौभडेलले भने, ‘नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भन्ने गरिन्छ । यसको आशय लिंग घुमाएपछि फागनु पर्व सुरु हुन्छ भन्ने हो ।’ पर्व सुरु भएपछि भोजखाने, भजन र गीत गाउँने पनि गरिन्छ । छोरा नहुनेले उक्त लिंग बोकी ब्राह्मायणीसम्म लगेकम छोरा हुन्छ भन्ने विश्वास छ । लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: