Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यौन समागम गराएर होली

भक्तपुर, देशका अन्य स्थानमा रङ र लोलाले होली खेलिए पनि प्राचिन सहर भक्तपुरमा भने अलग र मौलिक किसिमले होली मनाइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ–भक्तपुर दत्तात्रय मन्दिर अघि रहेको भीमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाइएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ । लग अर्थात लिंगलाई फागु शुक्ल पूर्णिमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर ७ दिनसम्म मनाइने होली पर्व सुरु हुने गर्दछ । लगलाई टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखेपछि विधिवत रुपमा होली सुरु भएको मानिन्छ । यसलाई टोलमा रहेका पसलैपिच्छे घुमाएर पूजा गरी पुनः पार्टीमा ल्याएर झुण्ड्याएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने र भेटी चढाएर पूजा गर्ने गर्दछन् । घर र पसलैपिच्छे लिंगलाई घुमाएपछि गरिने दर्शन र दक्षिणापछि व्यापार फस्ट्याउने धार्मिक विश्वास छ । ‘भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसलपसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन्’ स्थानीय कृष्णबहादुर गायजूले भने । बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पार्टीमा सात दिनसम्म झुण्ड्याने गरिन्छ । झुण्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ । यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रुपमा लिइने गरेका संस्कृतिकर्मी बताउँछन् । करिब दुई हात लामो र करिब ३० इन्च मोटाईको काठबाट लिंग बनाइएको लिंगलाई भीमसनेको लिंग र कपडाबाट बनाइएको प्वाललाई द्रौपतीको योनीका रुपमा लिने गरेको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेलले बताए । धौभडेलले भने, ‘नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भन्ने गरिन्छ । यसको आशय लिंग घुमाएपछि फागनु पर्व सुरु हुन्छ भन्ने हो ।’ पर्व सुरु भएपछि भोजखाने, भजन र गीत गाउँने पनि गरिन्छ । छोरा नहुनेले उक्त लिंग बोकी ब्राह्मायणीसम्म लगेकम छोरा हुन्छ भन्ने विश्वास छ । लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending