Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

सगरमाथा आरोहणका पाँच अपत्यारिला घटना

\"aangchiring_sherpa\"हिमाल आरोहणमा इच्छा राख्ने कसलाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोलाई चुम्न मन नहोला र ? तर, सगरमाथा आरोहण इच्छाले मात्र पूरा हुँदैन, त्यसका लागि मिहिनेत र ठूलो खर्चको पनि आवश्यकता पर्छ । तर, इच्छाका अगाडि यी कुराले खासै ठूलो अर्थ राख्दैनन् । सन् ७० को दशकमा इटालीको एउटा आरोहण दलले सगरमाथामाथि विजय पाउन गरेको खर्चले यसलाई थप प्रमाणित गर्छ जुन अहिलेसम्म विश्वकै महँगो आरोहणका रूपमा विश्वविख्यात पनि छ । त्यो आरोहणमा करोडौँ खर्च भएको थियो । त्यतिवेला आरोहण दलका सदस्य आधार शिविरबाट काठमाडौंका तारेहोटेलसम्म लन्च खान आए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा त्यो घटना सम्झँदा अहिले पनि आश्चर्यमा पर्छन् । यस्तै अपत्यारिला घटनाबारे उनले नयाँ पत्रिकाका योगेश ढकालसँग कुरा गरेका छन् :   बेसक्याम्पबाट लन्च खान काठमाडौंमा धेरैलाई आश्चर्य लाग्न सक्छ, सगरमाथाको आधारशिविरबाट आरोहण दलका सदस्य नै लन्चका लागि काठमाडौंसम्म आए भन्दा । तर, यस्तो पनि भएको छ । र त्यो एउटा घटना विश्वकै सबैभन्दा खर्चिलो र ठूलो टिम पनि मानिन्छ । अहिलेसम्मै खर्चिलो मानिएको सन् १९७३ को इटालीको एडिसन टिम हो । त्यो टिमको आरोहणका लागि लुक्लाबाट मात्रै तीन हजार पाँच सयजनाले भारी बोकेर सामान आधारशिविरसम्म लगेका थिए । त्यतिवेला काठमाडौंबाट लुक्लाको उडान पनि हुन्थ्यो । यो टोलीले दुईवटा हेलिकोप्टर इटालीबाट नै ल्याएको थियो । आइसफल रुटलाई सगरमाथाको खतरनाक रुट मानिन्छ । त्यही रुटबाट यो टोली सगरमाथा चढेको थियो । बेसक्याम्पबाट क्याम्प टुसम्म सामान हेलिकोप्टरबाट लगेको थियो । यो टोलीका सदस्य क्याम्प टुबाट लन्चका लागि काठमाडौं आउँथे हेलिकोप्टरमा । काठमाडौंको शंकर होटेलमा लन्च खाने, नुहाउने काम गर्थे अनि बेसक्याम्पमा फर्किन्थे, लिडर झुन्जिमो । क्याम्प टुमा उनको डाइनिङ हलदेखि टेन्टसम्म रातो कार्पेट बिछ्याइएको थियो । त्यतिवेला हाई अल्टिच्युड भनेर चुचुरोसम्म पुग्न एक सय १२ जना शेर्पालाई लगिएको थियो । करिब दुई सयजना शेर्पालाई लो अल्टिच्युडमा लगिएको थियो । लो अल्चियुडका लागि भनिएका शेर्पाहरू क्याम्प टुसम्म मात्रै जान पाउँछन् । अनि किचन स्टाफमात्रै करिब ३५ जना थिए त्यो टोलीको । पाँचजना शेर्पा र पाँचजना नेपालीले आरोहणमा सफलता पाएका थिए । तर, दुर्भाग्य लिडर झुन्जिमोले सफलता पाएनन् । त्यही पनि उनले आरोहणमा सहयोग गर्नेलाई बोनसका रूपमा ठूलो रकम दिए । आरोहणमा संलग्न कतिपय शेर्पालाई उनले धर्मपुत्र बनाए । केहीलाई होटेल खोलिदिएका थिए । नेपालमा बोनस मात्रै त्यतिवेला पाँच करोड रुपैयाँजति उनले बाँडेका थिए होला । इटालीका ठूला–ठूला होटेलका मालिक हुन् उनी । उनका विभिन्न स्थानमा चेन होटेलहरू थिए । यो टोलीमा आएकामध्ये पाँचजना इटालियन चुचुरोमा पुगेका थिए । चुचुरोमा पुग्ने ती इटालियनलाई एक–एक वटा होटेल नै बोनस दिए झुन्जिमोले भन्ने सुनियो । अहिलेसम्मकै सबैभन्दा धेरै खर्च गरिएको आरोहण हो यो ।   टिभीमा पहिलो प्रत्यक्ष प्रसारण १९८८ मा नेपाल, चीन र जापानको संयुक्त टोलीले सगरमाथा आरोहण गरेको थियो । यो टोलीले चीन र नेपाल दुवै साइडबाट सगरमाथाको आरोहण गरेको हो पहिलोपटक । यो आरोहणलाई चुचुरोबाट प्रत्यक्ष प्रसारण गरेको थियो जापानिज टेलिभिजनले । जापानको निप्पोन टिभीले चुचुरोबाट प्रसारण गरेको त्यो पहिलो घटना हो । अर्को कुरा, त्यो आरोहणको सम्पूर्ण खर्च त्यसै टिभीले प्रायोजन गरेको थियो । र, यो टोली सगरमाथा आरोहणको दोस्रो महँगो टोली हो । नेपाली टोलीको नेतृत्व गर्नेमा डा. हर्कबहादुर गुरुङ, कुमार खड्गविक्रम शाहलगायत थिए ।   अनि नेपालबाट आरोहण गरेको टोली चीनतिरबाट झर्‍यो । चीनतिरबाट आएको टोली नेपालतिरबाट झरेको थियो । काठमाडौं, बेइजिङ र जापानमा यो टोलीको भव्य स्वागत कार्यक्रम भयो । त्यतिवेला एक सय ‘क्लाइम्बिङ’ शेर्पा लिएको थियो यो टोलीले । टोलीमा ४० जना जापानिज थिए, त्यति नै संख्यामा थिए चाइनिज र नेपाली । बैंक नै स्पोन्सर १९७५ को ब्रिटिस एक्स्पिडिसन टिम पनि निकै चर्चित टिममध्ये एक हो । यो टिमलाई भार्केलिड बैंकले स्पोन्सर गरेको हो । यो टिममा अधिकांश ब्रिटिस नै थिए । त्यतिवेला त्यो बैंकले यो टिमलाई एक करोड ४० लाख डलर स्पोन्सर गरेको थियो । अरू पनि स्पोन्सर त थिए, तर बैंकले मात्रै यति ठूलो रकम स्पोन्सर गरेको हो । एभरेस्टको सबैभन्दा गाह्रो मानिएको साउथ वेस्टको रुटबाट समिट गरेको थियो यो टोलीले ।   पैसा खोलाले बगायो   १९६३ को अमेरिकी टोली चौथो महँगो टोली हो । उनीहरूलाई अमेरिकी एभरेस्ट एक्स्पिडिसन टोली भनिन्थ्यो । संयोगले त्यो टिममा मैले पनि सहभागी हुने मौका पाएको थिएँ । त्यतिवेला म १० वर्षजतिको थिएँ । यो टिममा मेरा काका आङछिरिङ शेर्पा र बुबा पनि हुनुहुन्थ्यो । मेरा बुबाचाहिँ एक्स्पिडिसनका सामानको हेड हुनुहुन्थ्यो । म अलि–अलि अंग्रेजी जान्ने भएकाले हिसाबकिताब मिलाउन मलाई राखेका थिए । त्यतिवेला बनेपासम्म गाडी चल्थ्यो काठमाडौंबाट । अनि हामी बनेपाबाट हिँडेर गयौँ । बनेपाबाट हिँडेको १९ दिनमा ताङबोचे पुगेका थियौँ । अनि २३ दिनमा बेसक्याम्प पुगेका थियौं । बीच बाटोमा एउटा घटना भयो, अविस्मरणीय । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । बनेपाबाट जाँदा बीच बाटोमा ठोसे भन्ने ठाउँ छ । त्यहाँ एउटा खोला थियो । केही अमेरिकन खोलामा पौडी खेल्न थाले । उक्त खोलामा झोलुंगेपुल थियो । भारी बोक्नेहरूको लर्को थियो पुलमाथि । पछि त झोलुंगे पुल नै एकछेउ उप्किएर खोलामा झर्‍यो । त्यसपछि त ओहो कस्तो कोकोहोलो भयो । पुल खस्दा मान्छेलाई त केही भएन । तर, ११ वटा भारी हरायो । ती भारी सायद खोलाले बगायो, भेटिएन । हाम्रो क्याम्प माथि सेते भन्ने स्थानमा थियो । त्यहाँ पुगेपछि मेरा बुबा र अमेरिकन हेड तनाबमा हुनुहुन्थ्यो । टेन्ट भित्र–बाहिर गनुहुन्छ्, खुसखुस गर्नुहन्छ । खुबै तनाबमा देखिनुभएको थियो । के भयो भनेर मलाई त थाहा भएन । पछि, बुझ्दा त हराएको ११ भारीमध्ये ३ भारी त पैसाको पो रहेछ ।   पहिलो स्की चुचुरोबाट सगरमाथाको चुचुरोबाट पहिलोपटक स्की गरियो सन् १९७० मा । यो स्कटिङ जापानिज स्की एक्स्पिडिसन टिमले गरेको हो । त्यसअघि कसैले पनि सगरमाथामा स्की गर्ने सोचेका पनि थिएन सायद । जापानिजले पहिलोपटक नै साउथ कोलबाट बेसक्याम्पसम्म स्की गरे । त्यसको नेतृत्व मिचुरीले गरेका थिए । पछि, उनैले अर्को रेकर्ड पनि बनाए । अहिलेसम्म सगरमाथामाथि सफलता पाउने सबैभन्दा बढी उमेरका उनै हुन् । उनी स्की च्याम्पियन पनि हुन् । त्यो टोलीमा पनि मेरा काका हेड सरदार हुनुहुन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE