Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

‘बाहुबली’लाई घरमै ग्यास

\"LP_gas_cilinder-648x430-390x351\"काठमाडौं । पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर घरमै आइपुग्छ। ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पुर्‍याइदिन्छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सर्वसाधारणले महिनौं दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले ‘अर्डर’ दिएको दुई दिनभित्रमै चाहेको परिमाणमा सहजै ग्यास पाउँदै आएका छन्।ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नुपर्ने सरकारी नियम बेवास्ता गर्दै ग्यास प्लान्टबाट सोझै सिलिन्डर बिक्री गरेर ढुवानी भाडा खर्चबापतको रकम हडप्नुका साथै बिक्रेताको रोजगारसमेत खोसेका छन्। ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट र इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन्।सहज रूपमा सर्वसाधारणलाई ग्यास वितरण गर्न नेपाल आयल निगममा सरकारले स्थापना गरेको ‘कन्ट्रोल रुम’ले तयार पारेको तथ्यांकले पैसा, शक्ति र पहुँचको आडमा केही सीमित व्यक्तिले उद्योगबाट सोझै सिलिन्डर पाउने गरेको पुष्टि गर्छ। कन्ट्रोल रुमले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी सुगम ग्यास उद्योगबाट उत्पादित सुगम ब्रान्डको सिलिन्डर सोझै पहुँचवालाको लक्षित स्थानमा पुगेको छ। सुगम ग्यासका प्रमुख शिव घिमिरे ग्यास उद्योग संघका अध्यक्षसमेत हुन्। सिलिन्डरको फुटरिङ काट्ने काण्डमा मुछिएका घिमिरेलाई राज्यले उन्मुक्ति दिएको थियो। कन्ट्रोल रुमका प्रमुख हरिनारायण बेलबासेका अनुसार सुगम कम्पनीले दुई दिन बिराएर नौ पहुँचवालालाई उद्योगबाट सोझै ठूलो परिमाणमा सिलिन्डर उपलब्ध गराएको छ। तथ्यांकअनुसार ग्यास बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने व्यवस्था नटेरी घिमिरेले गत आइतबार र मंगलबार गरी आयुष एन्ड अनिष कोल्ड स्टोरलाई दुई दिनमा ३०र३० थान सिलिन्डर सोझै उपलब्ध गराएका छन्। ती दुवै दिनमा सुगमले लिटिल एन्जेल्स आवासीय स्कुललाई ७०र७० थान, बावर्ची रिभिजिटेडलाई २०र२० थान, क्षेत्रपाटी पार्टी प्यालेसलाई २०र२० थान, दिव्या पश्मिना उद्योगलाई २०र२० थान, जी क्याफेलाई २०र२० थान, होटेल डिला अन्नपूर्णलाई ३०र३० थान, होटेल शंकरलाई ३०र३० थान र सापकोटा मिठाइ भण्डारलाई ३०र३० थान सिलिन्डर उपलब्ध गराएको छ। यसैगरी सुगमले आइतबार नै दी बेकरी क्याफेलाई ७० र नक्सालस्थित भाटभटेनी सुपर मार्केटलाई ७० वटा सिलिन्डर उपलब्ध गराएको छ। \'सर्वसाधारण महिनौं दिनसम्म लाममा बसेर नजिकको बिक्रेताले सहज रूपमा एक थान सिलिन्डर पाउन सकेका छैनन्\', वाणिज्य विभागका निर्देशकसमेत रहेका बेलबासेले भने, \'तर थ्रीएम अर्थात् पैसा बढी भएका, बलियो पाखुरा भएका र ठूलो पहुँच भएका बाहुबलीले सजिलै, भनेकै समयमा सीधै उद्योगबाट सिलिन्डर पाएका छन्। ग्यास आएर पनि सर्वसाधारणले पाउन सकेका छैनन्।\' बेलबासेले बाहुबलका आधारमा वितरण भइरहेको ग्यासको कालोबजारी रोक्न तत्कालै त्यस्ता उद्योगविरुद्ध कारबाही अघि बढाइने बताए।सुगम मात्रै होइन, सगरमाथा, श्रीराम, बाबा, नेपाल ग्यास, साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ब्रान्डलगायत कम्पनीका ग्यास पनि पहुँचका आधारमा र आफूखुसी बिक्री हुँदै आएको छ। सगरमाथा ब्रान्डको सिलिन्डर आधिकारिक बिक्रेताको साटो मदिरा र एग्रोभेट पसलमार्फत वितरण भएको फेलापरेको छ। यसैगरी श्रीराम ग्यास कोल्ड स्टोर, मिन्ट मार्ट र ग्रोसरीबाट वितरण हुँदै आएको छ। बाबा ग्यासले नयाँ डिलर बनाएर नयाँ उपभोक्तालाई मात्रै ५ सय २८ वटा नयाँ सिलिन्डर बिक्री गरेको फेलापरेको छ। यस्तै एसटीसीले बिजुली पसलमार्फत सिलिन्डर वितरण गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE