Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

तराईमा व्यापारीले गरे बन्दको यसरी प्रतिकार

[caption id=\"attachment_36497\" align=\"alignleft\" width=\"614\"]\"फाइल फाइल फाेटाे[/caption] काठमाडौं । मधेसी मोर्चाले लामो समयदेखि जनकपुरमा गरेको बन्दको बिहीबार व्यापारीले प्रतिकार गरेका छन्। सोही क्रममा स्थानीय जानकीचोकमा मोर्चाका कार्यकर्ता र व्यापारीबीच झडप भएको छ। अन्नपूर्ण पोष्टमा खबर छ– मोर्चाका कार्यकर्ताले मोटरसाइकल जुलुस प्रदर्शनसहित पसल र व्यापारिक प्रतिष्ठानमा तोडफोड गर्दै जबर्जस्ती बन्द गर्न दबाब दिएका थिए। व्यापारीले पसल बन्द गर्न नमानेपछि झडप भएको थियो। सोही क्रममा मोर्चाका नेता र कार्यकर्ताले केही पसलमा तोडफोड गरेपछि अक्रोशित व्यापारीले स्थानीय जनकचोकमा जम्मा भई कोणसभाको तयारीमा रहेका सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जयकुमार सिंहको ज २ प ५४१९ र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रूपनारायण मण्डल चढेको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा आगो लगाएका हुन्। आक्रोशित व्यवसायीको समूहले आक्रामक हुँदै जनकचोकमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेषनारायण यादव, सद्भावनाका सञ्जय सिंहसहित नेतालाई लखेटेका थिए । व्यवसायीले नेताहरूलाई आक्रमण गर्न खोज्दा उनीहरू चोकका होटेलमा छिरेका थिए । युवा व्यवसायीले होटेलभित्रै पुगेर नेतामाथि हातपात गर्न खोजेका थिए। सद्भावनाका जिल्ला अध्यक्ष सिंहले भने कांग्रेसका जिल्लास्तरीय नेता तथा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साहको इशारामा घटना भएको बताएका छन्।उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष शिवशंकर साह हीराले लामो समयदेखि आन्दोलनमा व्यापारीहरूले सक्दो समर्थन गर्दै आए पनि पसल र व्यापारिक प्रतिष्ठानमा तोडफोड गर्नु दुःखदायी भएको बताए। केही मधेसविरोधी तत्वले यस्तो घटना गराएको र मोर्चाका नेताहरूको मोटरसाइकल जलाउने कार्यमा पनि व्यापारीको नभई घुसपैठियाको हात रहेको साहको भनाइ छ।आक्रमणपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरूको बैठकले शुक्रबारदेखि आमहडताल थप सशक्त बनाउँदै उद्योग, व्यापार, कलकारखाना र सम्पूर्ण शैक्षिक संस्था बन्द गराउने निर्णय गरेको छ। बैठकमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह, व्यवसायी आनन्द झा, पंकज जैन र सन्तोष साहलाई मधेसविरोधी घोषणा गर्दै उनीहरूको पसलमा तालासमेत लगाइएको छ। मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ताको अगुवाइमा निस्केको जुलुसले चारवटै व्यापारीको पसलमा तालाबन्दी गर्दै सर्टरमा मधेसविरोधी लेखेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE