Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

राजेन्द्र महतको विवादास्पद अभिव्यक्ति : मधेसको समस्या काठमाडौं र भारत दुवैको हो

\"Rajendra_mahato-400\"काठमाडाैं । पटकपटक विवादास्पद अभिव्यक्ति दिंदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । आजको कान्तिपुर दैनिकलाई भारतको नयाँ दिल्लीाबाट अन्तर्वार्ता दिंदै महतोले देश विखण्डनको माग उठ्नसक्नेदेखि तराईको समस्या भारतको समेत भएको प्रष्ट्याएका हुन् । के तपाईहरुको मधेस आन्दोलन र सीमा अवरोधका कार्यक्रममा जनविश्वास टुट्दै गएको हो ? आन्दोलनमा जनसहभागिता देखिन छाडेको छ नि । होइन, आन्दोलनमा जनविश्वास गुमिहालेको स्थिती छैन । तर, यसको संकेत भने देखापर्न थालेको छ । शान्तिपूर्ण आन्दोलन र धर्ना–जुलुशबाट आफ्ना मागहरु सुनुवाइ नभएको अबस्थामा अब के गर्ने ? भन्ने उपायको खोजी हुन थालेको आभाष मैंले पाएको छु । योबेला युवा पिंढीले भन्न थालिसकेको छ— यसरी मात्रै हाम्रो आवाज सुनुवाइ नहुने रहेछ । यता जुलुस गर्यो, धर्ना बस्यो, उताबाट सरकारले छर्रा हान्छ, गोली ठोक्छ । फेरि बदनामी पनि आन्दोलनकारीकै हुन्छ । यसकारण अब ‘हिंसात्मक उपाय’ पो रोज्ने कि भन्ने आवाज कहींकतै उठ्न थालिसकेको छ । हामी भने शान्तिपूर्ण आन्दोलनबाटै समाधान भेटिनेछ भनेर सम्झाइबुझाइ गर्दै अघि बढिरहेका छौं । हामी अहिलेसम्म प्रदेश मागेर आन्दोलन गरिरहेका छौं, यहाँ प्रदेशभन्दा अलग बिखन्डनका कुरा गर्नेहरु देखा पर्न थालेका छन् । यदि मधेश÷थारुहट प्रदेश मागको आन्दोलन र अडानमा हामी असफल बन्यौं भने बिखन्डनकारीले स्वत बल पाउनेछन्, यो स्थिती भने बिचारणीय हुनेछ । यसरी हिंसात्मक र बिखन्डनकारी कुरा अगाडी आयो भने यसले साम्प्रदायीक दंगाको स्थिती पनि ल्याउन सक्छ । यसतर्फ पनि सबै राजनीतिक दलहरुले बिचार पुर्याउनु जरुरी छ । मधेस आन्दोलनलाई सम्बोधन गर्नै सरकार र मधेस मोर्चाका तर्फबाट दुइतर्फी कार्यदल बनेको छ । तपाई यसमा आशावादी हुनुहुन्छ र ? हेर्नुस्— हाम्रो नेपालमा यदि कुनै काम गर्नु छैन भने आयोग, कार्यदल, समिति बनाइने गरेको छ । यही पुनरावृत्ति मधेस मामलामा पनि गर्न लागिएको हो कि भन्ने आशंका बढेको छ । हामीले मेचीदेखि महाकालीसम्म मधेस÷थरुहट दुई प्रदेशको कुरा गरेका हौं । यसमध्येको भूभागलाई के÷कता तलमाथि गर्ने हो, सल्लाह गर्न सकिन्छ । पहाड÷मधेसको सन्तुलन मिलाउन सकिन्छ । तर, दुई प्रदेश चाहिन्छ नै । संविधानसभाकै समिति र बाहिरी सुझाव प्रतिवेदनले पनि भनेको कुरा हो यो । भोली गएर प्रदेश थपिएला वा घट्ला । संघीय संरचनाको नाम, आकार घटबट होला—यो बेग्लै कुरा हो । तर, वार्ताको टेबलमा ‘तत्काल प्रदेश दियो भने अर्को समूहको आन्दोलन सुरु हुन सक्छ नि’ भन्ने जवाफ दिएर प्रमुख ३ दल बसेका छन् । यो त भाग्ने कुरा हो, उम्कने कुरा हो । ‘यो गर्यो भने आकाश खस्छ, पाताल धसिन्छ’ भनेर बस्ने बेला होइन यो । यदि अर्को आन्दोलन भयो भने त्यसलाई पनि सम्बोधन गर्नुपर्छ । यो सरकारको कर्तव्य हो । तपाईले दिल्ली–दौडाहामा आएका कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि हिजो भेट्नुभएको छ । मधेस मामलामा कांग्रेसले लिन सक्ने अडानका बारे केही सुझाव दिनुभएन ? एउटा दल मात्रै होइन, एमाले, माओवादी र कांग्रेस मिलेर संविधान बनाएका हुन् । यसकारण ‘असहमती’को बिउ रोप्ने तीनवटै दल हुन् । यसमा प्रतिपक्षमा बसेको छु भन्दैमा कांग्रेस उम्कन मिल्दैन भनेर मैंले रामचन्द्रजीलाई भनेको छु । तर, अनौठो के भने मधेस मामलाको कुरा आउनासाथ एमाले, माओवादी र कांग्रेस एउटै कित्तामा उभिएको मैंले पाएको छु, असहयोगी कित्ता । मैंले उहाँलाई कांग्रेसले आफ्ना आदर्श नेता गिरिजाप्रसाद जस्तै निर्णयमा अडिग हुनुपर्यो भनेर सम्झाएको पनि छु । त्यसबेला जनयुद्धमा रहेको माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन को पो सहमत थियो र रु के भारतले मानेको थियो र रु तर, गिरिजाप्रसादले ल्याउनुभएको हो । आज त्यही कांग्रेस पार्टी ‘अनिर्णयको बन्दी’ भएको छ । मैंले नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको यो निर्णयक्षमताका बारे सम्झाइबुझाइ गरेको छु । काठमाडौमा गठित वार्ता कार्यदलमा सद्भावना पार्टी सहभागी नभएकोबारे टिकाटिप्पणी चलेको छ नि ? एउटा कुरा भनौं तपाईलाई । काठमाडौंको केही मिडियाले मधेश आन्दोलन र मोर्चा गठबन्धन बारे बडो नकारात्मक खबर दिंदै आएका छन् । भ्रम फैलाउने र बुझ पचाउने काम एकदमैं बढी भएको छ । मिडियामा पनि ‘खसबादी’ र ‘नश्लीय’ वर्चस्व बढी छ । यही कार्यदल बनाउँदा मधेस मोर्चाका ४ पार्टी बसेर बैठक भएको थियो । हाम्रो पार्टीका महासचिव मनिषकुमार सुमन त्यस बैठकमा सहभागी थिए । बैठकमा उपस्थिती भएर सरकार तर्फबाट ३ सदस्यीय समिति भएकाले मधेस मोर्चाको पनि ३ सदस्यीय समिति बन्ने सहमति जुटेको हो । मधेसी मोर्चामा टुटफुट देख्न चाहनेले फैलाएको हल्लाका पछि तपाई पनि नलाग्नुहोस् । तर सद्भावना पार्टी अलिक रुष्ट देखिएको अवस्था हो र ? हेर्नुस्, यो प्रतिक्रिया स्वभाविक पनि हो । वीराटनगर घटनामा ममाथि जानाजानी र नियतबस प्रहरीको दमन तथा कुटपिट भएकोमा सरकारले अहिलेसम्म एक शब्द पनि बोलेको छैन । न घटनाको न्यायिक छानविन भएको छ, न कतैबाट ‘सरी’ भनिएको छ । एउटा प्रहरी अधिकारी ‘नमस्कार नेताज्यू’ भन्दै सामुमा आएर कुटपिट गरेको अवस्थालाई ‘नियोजित’ नभनेर के भन्ने रु यसकारण थोरबहुत रुष्ट अवस्था देखिएकै हो । अब बनेको कार्यदलले मधेशी मोर्चाका माग र आन्दोलनका एजेन्डामा सहमति ल्याउन सक्ला त ? मलाई यसमा शंका छ । शीर्षस्थ तहमा टुङ्ग्याउनुपर्ने कुरा नटुङ्गयाएर कार्यदल बनाउनाको मनसाय के हो रु मलाई के लाग्छ भने यो पनि समस्या तन्काइरहने अर्को उपाय हो । कार्यदलका सदस्यले के अन्तिम निर्णय लिन सक्छन् र रु अथवा कार्यदल सुझाव के ‘म्यान्डेटोरी’ हुन्छ र रु यो टाइम–पास राजनीति मात्रै हो कि भन्ने लागेको छ । शीर्षस्थ नेतृत्वले एउटा सैद्धान्तिक सहमति बनाएपछि र गाइडलाइन तय गरेपछि मात्रै कार्यदलको अर्थ रहन सक्छ । धेरै कुरा आगामी साता काठमाडौं फिरेर थाहा लाग्नेछ । मधेशी मोर्चाका अरु नेताहरु सद्भावना पार्टी र बिशेषगरी तपाईसँग असन्तुष्ट रहेको चर्चा छ नि ? त्यस्तो खबर भ्रामक हो । मधेश आन्दोलनप्रति सबै जिम्मेवार छन्, मोर्चाका सबै दल । मोर्चाभित्र कसैको पनि व्यक्तिगत लडाई वा असन्तुष्टी छैन । कुनै गुनासो वा असमझदारी मैंले महसुस गरेको छैन । तर, यत्ति हो आन्दोलन कसैले रोकेर रोकिन्न । माग पुरा नभैन्जेल यो जनताको आन्दोलन भैसकेको छ, रोकिनेवाला छैन । एक महिनाअघि मधेशीमोर्चाका नेताहरु दिल्ली भ्रमणमा आएर फिरेपछि मधेश मामलामा भारतको बोली फेरिएको भन्ने चर्चा सुरु भएको छ । के भन्नुहुन्छ ? भारतले सुरुदेखि आजसम्मै सबैलाई मिलाएर जानु र अधिकतम सहमति जुटाउनु भनेकै छ । उसले आज आएर मधेस मामला ‘इग्नोर’ गरेजस्तो लाग्दैन । नेपालमा शान्ति र स्थिरता, विकास चाहने भारतको सधैंको कुरा हो । मधेसको धर्तीमा आज जुन प्रकारको आन्दोलन भैराखेको छ, त्यसबाट आज भारत अनविज्ञ रहने अथवा वास्ता नगर्ने स्थितीका बारेमा कसैले सोच्छ भने त्यो उसको मुर्खता हो । नेपालमै शान्ति–स्थिरता चाहनेले झन् उसको सिमानामै अशान्ति भैरहेको अवस्था रुचाउला र रु यसकारण मधेस सरोकारमा भारतको बोली फेरिएको होइन, छैन । किनभने शान्ति र स्थिरताका लागि मधेसमा भएको आन्दोलनलाई सम्बोधन नगरेसम्म समस्या सामाधान हुन सक्दैन भन्ने भारतलाई राम्ररी थाहा छ, हामीलाई पनि थाहा छ । तर, काठमाडौंबाट सरकारका बरिष्ठ मन्त्रीको तारन्तारको दिल्ली भ्रमणले ‘अब कुरा मिलिसक्यो’ भन्ने हल्ला बाहिर गएको अवस्था छ । कुरा मिलेको हो र ? मैंले पनि नबुझेको कुरा के हो भने के नेपाल भनेको खालि काठमाडौं खाल्डो मात्रै हो रु नेपाल त तल दसगजासम्म फैलिएको मधेस पनि हो, हामी सिमावर्ती बासिन्दा भए पनि नेपाली हौं । मधेसमा अशान्ति÷असहज स्थिती भैराखेका बेलामा दिल्ली र काठमाडौं बीचमा सुमधुर सम्बन्ध भएमा यसको अर्थ के रहला रु काठमाडौं र मधेसबीचमा भएको दूरी घटाउनेतर्फ सबैले लाग्नुपर्छ । काठमाडौंलाई हेरेर दिल्लीले मधेस बुझ्नुको अर्थ छैन । काठमाडौंले पनि मधेस मामलालाई सम्बोधन नगरी दिल्लीलाई कुरा बुझाउन खोज्नुको कुनै अर्थ छैन । यो दुरी त्यसबेला हट्छ, जब मधेसको भावनालाई आत्मसात गरिन्छ । भूगोलको एकिकरणले मात्रै देश बन्दैन, भावनामा पनि एकीकरण जरुरी छ । राष्ट्रनिर्माणको प्रकृया भनेको यही हो । अनि काठमाडौंले दिल्लीलाई हेर्ने दृष्टिकोण नि ? यो मुश्किलको प्रश्न हो । काठमाडौंलाई ‘दिल्लीबिना काम पनि नचल्ने तर दिल्लीको उचित र जायज कुरा सुन्न पनि आनाकानी गर्ने’ मनोदशाले घेरेको छ । अहिले यही भैरहेको छ । दिनरात नेपाली नेताहरु दिल्ली दौडिएका दौडियै छन्, सबैजना कानेखुशी गर्नमैं व्यस्त छन् । फेरि दिल्लीले बोलेको कुरो पनि सुनिएको छैन । यो दुर्भाग्य हो । यसकारण काठमाडौंले आफ्नो सोचमा सुधार ल्याउनुपर्छ । दिल्लीसँग राम्रो सम्बन्ध चाहिन्छ तर, नेपाल भनेको काठमाडौं मात्रै होइन भन्ने कुरा दिल्लीले बुझिसक्दा पनि काठमाडौंले यही कुरा बुझ्न सकेको छैन । मधेसमा शान्ति–स्थिरता भएन भने के भारत सुखचयनले बस्न सक्ला रु कदापी सक्दैन । यसकारण सीमावर्ती सुरक्षा र शान्ति भनेको मधेसको मात्रै सवाल होइन, भारतको पनि सवाल हो । नाकाबन्दीको स्थिती सहज हुँदै गएको र आपुर्ती बढ्दै गएको संकेतका भरमा पनि दिल्ली दृष्टिकोण बद्लिएको भन्ने चर्चा छ । तपाई दिल्लीमै भएर के संकेत देख्नुभएको छ ? यसरी अलग दृष्टिबाट कुरा गर्न मिल्दैन । मधेसको समस्या भनेको काठमाडौंको पनि हो र एकैसाथ भारतको पनि हो । खुला सिमानाको सिमावर्ती बिन्दू मधेसको धर्तीमा शान्ति–सुरक्षा भएन भने काठमाडौंभन्दा पहिले भारतलाई आघात पुग्न सक्छ भन्ने यथार्थलाई अहिले दिल्लीले बुझिसकेको छ । यसकारण मधेसको समस्यामा भारत पन्छने वा मतलव नराख्ने कुरा गलत हो । मधेस मामलाबाट भारतले हात झिक्नु भनेको आफ्नै समस्याबाट हात झिक्नुजस्तै हो । तपाईहरुले अहिंसात्मक र शान्तिपूर्ण मधेस आन्दोलन भने पनि तपाईहरुको बाधा÷बिरोधको यो शैलीलाई ‘मानवताविरोधी’ भन्न थालिएको छ । के भन्नुहुन्छ ? यस्तो नचाहिँदो भनाइप्रति म खेद ब्यक्त गर्दछु । यो मानसिक दिवालियापन मात्रै हो । नबुझेको, अज्ञानी र पूर्वाग्रहले ग्रसित अवस्थामा मात्रै हाम्रो आन्दोलनलाई मानवताविरोधी भन्न सकिन्छ । हाम्रो शान्तिपूर्ण आन्दोलनमा सरकारले टाउको र छातिमा गोली हानिरहेको छ, यसलाई के भन्न सकिन्छ ? सद्भावना पार्टीबाहेक मधेसी मोर्चाका अन्य सदस्यले कार्यदल सुझावमा सहमति जनाए, निश्चित समयावधिमा मिल्ने गरी सिमांकन स्वीकारे भने तपाई के गर्नुहुन्छ ? त्यस्तो हुनै सक्दैन । ‘अभि नहीं तो कभि नहीं’ हाम्रो अहिलेको नारा हो । ‘भैहाल्छ, मिलिहाल्छ’को उधारो कुराले यसपटक आन्दोलन रोकिनेवाला छैन, बरु आन्दोलनको स्वरुप अझ कडा रुपमा बदलिन सक्छ । यसकारण मधेश सवाल र आन्दोलन एजेन्डा छाडेर सहमतीमा आउने सम्भावनै छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE