Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

प्रावि शिक्षकलाई निमावि र माविमा बढुवा गरिने

\"primary\"काठमाडौं । शिक्षा मन्त्रालयले प्राथमिक तहका शिक्षकलाई निमावि र माविमा बढुवा गर्ने तयारी अघि बढाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–प्राविमा दरबन्दी मिलान गर्ने नयाँ उपाय निकालेको हो । स्नातक र स्नातकोत्तर तहसमेत उत्तीर्ण गरेका, अनुभवी शिक्षकलाई माथिल्लो कक्षामा बढुवा गर्न लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । यो व्यवस्था लागू भए १० हजारभन्दा बढी शिक्षक निमावि र माविमा बढुवा हुन सक्ने उनले बताए । नगरपालिकामा शिक्षा कार्यालय शिक्षा मन्त्रालय र मातहतको कार्यालयमा कामविहीन रहेका उपसचिवलाई नगर शिक्षा अधिकारी बनाएर खटाउने तयारी मन्त्रालयले गरेको छ । शिक्षामा चार सय ८४ उपसचिव छन् । उनीहरूको व्यवस्थापन हुन सकेको छैन । एउटै शिक्षा कार्यालयमा ६ जनासम्म उपसचिव छन् । काम नपाउँदा कतिपयले हाजिर गरेर घर फर्कन्छन् । प्रधानमन्त्री, योजना आयोगसँग पनि यो विषयमा छलफल भइरहेको उनले बताए । यो व्यवस्थाले संघीयता खाका सुरु हुँदा पनि सहयोग पुर्‍याउने उनको तर्क छ । मन्त्री पोखरेलले भूकम्पबाट क्षतिग्रस्त विद्यालय एवं शैक्षिक संस्थाहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको पनि बताए । अनुमति नलिए विदेशी कार्यक्रम चलाउन नपाइने सरकारले ३ महिनाभित्र दर्ता प्रक्रियामा नआए विदेशका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद् बैठकले विदेशी कार्यक्रम सञ्चालन गर्ने संस्थालाई आउँदो शैक्षिक सत्रअघि नै अनुमति लिनुपर्ने निर्णय गरेको छ । शिक्षामन्त्री पोखरेलले तोकिएको अवधिमा दर्तामा नआउने शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको बताए । सरकारको अनुमतिबिना १४ वटा विद्यालयले भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी ९सीबीएसई० का कार्यक्रम वर्षौंदेखि सञ्चालन गर्दै आएका छन् । सीबीएसईको कार्यक्रमअनुसार अप्रिल ९चैत तेस्रो साता० देखि नयाँ शैक्षिक सुरु हुन्छ । यो अवधिभन्दा अघि नै अनुमति लिइसक्नुपर्ने हुन्छ । अनुमति नलिई नयाँ शैक्षिक सत्रमा भर्ना गर्न नपाउने सरकारले निर्णय गरेको हो । ‘प्रक्रियामा आउन अपिल गर्छौं,’ नियमित पत्रकार भेटघाटमा शुक्रबार पोखरेलले भने, ‘नियमनको दायरामा नआउने विद्यालयलाई कुनै पनि कार्यक्रम सञ्चालन गर्न दिइने छैन ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending