Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

कांग्रेसमा संस्थापन र देउवा पक्षकाे भिडन्त

\"koirala-deuba\"काठमाडौं । महाधिवेशन आउन ५५ दिन बाँकी हुँदासमेत क्रियाशील सदस्यताको विवाद नटुंगिँदा कांग्रेसमा महाधिवेशन नै प्रभावित हुने आशंका गर्न थालिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–महाधिवेशन प्रभावित गर्न सभापति सुशील कोइरालाले सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाउन आलटाल गरेको देउवा पक्षको आरोप छ । केन्द्रीय कार्यसमितिको बैठक आज महाधिवेशनबारे निर्णय लिन कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ । बैठकमा क्रियाशील सदस्यताको विषय जोडदार रूपमा उठाउने तयारी देउवा पक्षको छ । बैठकको एजेन्डा नै निर्वाचन कार्यविधि तय गर्ने रहेको छ । स्थानीय अधिवेशन प्रभावित हुने आशंका २० देखि २३ फागुनसम्म काठमाडौंमा हुने १३औँ महाधिवेशनका लागि २५ माघसम्म तल्लो तहका अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । १५ माघ आउन अब जम्मा २० दिन मात्रै बाँकी छ । तर, समितिले अझै मतदाता नामावली सार्वजनिक गर्न सकेको छैन । सदस्यताको अन्तिम सूची र कार्यविधिको अभावमा समितिले गाउँ, नगर, क्षेत्र र केन्द्रका लागि निर्वाचन अधिकृत, मतदान अधिकृत तोक्न सकेको छैन । विवाद छानबिन समिति नै विवादमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका क्रममा ६५ जिल्लामा विवाद देखिएपछि नरहरि आचार्यको संयोजकत्वमा विवाद निरुपण गर्न छानबिन समिति बनाइएको छ । समितिले १० महिना लगाएर १३ पुसमा सभापतिलाई बुझाएको प्रतिवेदन पनि विवादमा छ । केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएपछि पुनरावलोकन गर्न समय दिएर समितिलाई नै अन्तिम निर्णय गर्न भन्दै प्रतिवेदन फर्काइएको छ । प्रतिवेदनमाथि समितिमै फरक मत आचार्य नेतृत्व समितिको प्रतिवेदनमाथि समितिकै सदस्य रामकृष्ण यादवले फरक मत दर्ज गरेका छन् । सर्वसम्मत भनिएको प्रतिवेदनमा संस्थापन पक्षको दबाबपछि उनले फरक मत राखेको देउवा पक्षको भनाइ छ । यादवले सोलु, कैलाली, रौतहटमा वितरण गरिएका नयाँ सदस्यता सबै खारेज हुनुपर्ने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । कोइरालाले बाधा पारेको देउवा पक्षको आरोप पार्टी सभापतिले नै सदस्यताको अन्तिम सूची समितिलाई बुझाउन आनाकानी गर्दा कार्यविधि तयार भई निर्वाचनको तयारी अवरुद्ध भएको आरोप देउवा पक्षका नेताले लगाएका छन् । कोइरालाको आलटालका कारण राधेश्याम अधिकारी संयोजक रहेको निर्वाचन समितिले काम गर्न नपाएको आरोप देउवा पक्षको छ । ‘कार्यविधि तय नहुँदा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीको समितिले काम गर्न सकेको छैन,’ केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘सभापतिलाई आफूसँग आफैँलाई शंका छ । त्यसैले विश्वासपात्र नरहरि आचार्यप्रति पनि विश्वास गर्न सक्नुभएन । सभापति महाधिवेशन हुन नसक्ने गरी विवाद झिक्दै हुनुहुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending