Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बेपत्ता आयोग सरकारबाटै बेपत्ता

काठमाडौं । माओवादी द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको यथार्थ अवस्था सार्वजनिक गर्न गठन गरिएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ अझै गुमनाम अवस्थामा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–दुई वर्षका लागि गठन भएको आयोगको कार्यकाल एक वर्ष बितिसकेको छ । सरकारले कार्यसञ्चालन नियमावली स्वीकृत नगरिदिँदा आयोग सक्रिय हुन सकेको छैन । आयोगले ९ भदौमा नियमावली पास गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर, पाँच महिना बितिसक्दा पनि नियमावली पास हुन सकेको छैन । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत सरकारमा स्वीकृतिका लागि पठाएको नियमावली कहाँ कुन अवस्थामा छ भन्ने कुरा आफूलाई जानकारी नभएको आयोग अध्यक्ष लोकेन्द्र मल्लिक बताउँछन् । ‘हामीले पाँच महिनाअघि नै कार्यसञ्चालन नियमावली बनाएर सरकारलाई पठाएका हौँ,’ उनले भने, ‘अहिले कहाँ पुगेको छ भन्ने कुराको आधिकारिक जानकारी छैन, अनौपचारिक रूपमा क्याबिनेटमै थन्किएको छ भन्ने सुनेको छु ।’ नियमावली स्वीकृत नहुँदा आयोगले कुनै काम अगाडि बढाउन नपाएको उनको भनाइ छ । ‘नियमावली स्वीकृत नगरिदिँदा एक वर्षको समय त्यसै गुज्रियो,’ मल्लिकले भने । यही प्रक्रियामा अगाडि बढ्दा अबको एक वर्षमा काम गर्न नसकिने उनको भनाइ छ । ऐनले आयोगको कार्यअवधि दुई वर्ष तोकेको छ । विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने उल्लेख छ । आयोगको कार्यतालिकाअनुसार समयमा नियमावली स्वीकृत भएर आएको भए अहिलेसम्म कतिपय मुद्दा कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेका हुन्थे । आयोग आफैँले बनाएको कार्यतालिकाअनुसार धमाधम बेपत्ता भएका व्यक्तिका विषयमा उजुरी आह्वान भइसकेको हुन्थ्यो । आयोग अध्यक्ष मल्लिक अहिलेसम्म कम्तीमा एकतिहाइ काम सम्पन्न गर्ने समय त्यसै गुज्रिएको बताउँछन् । यसका साथै आयोगले छानबिन र तथ्यांक विश्लेषणको काम कात्तिकदेखि नै सुरु गर्ने कार्ययोजना तयार गरेको थियो । कार्यसञ्चालन नियमावली बनेको भए बेपत्ता पहिचानका लागि महत्त्वपूर्ण मानिएको डिएनए परीक्षणका लागि आफ्नै विधि–विज्ञान प्रयोगशाला निर्माणको मध्यचरणमा पुगिसकेको हुन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending