Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

हिमपातपछि गोरखामा भूकम्पपीडितको बिचल्ली

\"Bhukampa-pidit\"काठमाडाैं । भीषण हिमपातका कारण पालमुनि बस्दै आएका लाप्राक गुप्सीपाखाका बासिन्दा बिचल्लीमा परेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–शुक्रबार रातिदेखि हिउँ परेपछि लाप्राकबाट विस्थापित भई गुप्सीपाखामा बस्दै आएका पाँच सय ९५ घरधुरीको बिचल्ली भएको जानकारी स्थानीय मार्सिङ गुरुङले दिए । त्रिपालभित्र हिउँ पसेर बस्नै नसक्ने भएको लाप्राकका धनप्रसाद गुरुङले बताए । उनका अनुसार गुप्सीपाखामा एक फिट हिउँ परेको छ । लाप्राक गाउँमा करिब ६ इन्च हिउँ परेको छ । ‘रातभरि पालभित्र रुवाबासी छ’, उनले भने, ‘रातिदेखि कोही पनि सुतेका छैनन् । उज्यालो भएपछि मान्छेहरू सबै भागेर भत्केको गाउँतिर गएका छन् ।’ हिउँबाट बच्न वैशाख १२ गते भूकम्पले भत्काएको घरमा बस्न बाध्य भएको उनले बताए । हिमपातका कारण आइतबारदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न समस्या भएको स्थानीय मणिकामदेवी माविका प्रधानाध्यापक भविराज गुरुङको भनाइ उद्धृत गर्दै सुनार गुरुङले बताए । उनका अनुसार भीषण हिमपातका कारण परीक्षाको तयारी गर्न पनि सकिएको छैन । हिउँ परेपछि पालबाट पनि पानी चुहिएको र जमिनको हिउँ पग्लिई टहरोभित्र पसेर समस्या भएको सुनार गुरुङले बताए । ‘भूकम्प गएको पनि आठनौ महिना भइसकेको छ । यतिबेला सानोतिनो भए पनि घर बनाएर बसेको भए अहिले यस्तो बिजोक हुँदैनथ्यो’, उनले भने, ‘यस्तो हुन्छ भनेर गाउँलेले सरकारको ध्यानाकर्षण गराइरहेका थिए । अहिले यहाँका भूकम्पपीडितको रुवाबासी भएको छ । सरकार उदास भएर बस्न मिल्दैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE