Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

यसकारण पहिलो विदेश भ्रमण भारतलाई बनाउँदैछन् प्रधानमन्त्री ओली

\"kp-oli-final-final9-400\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फागुनको पहिलो सातासम्म भारत भ्रमणमा जाने गरी सरकारले तयारी थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रधानमन्त्री ओलीले सम्भावित भ्रमणको एजेन्डाबारे तीनजना उपप्रधानमन्त्री र आधा दर्जन सचिवलाई बालुवाटार बोलाएर भारतसँग छलफलको ठोस एजेन्डा तयार गर्न निर्देशन दिएका छन् । बालुवाटार स्रोतका अनुसार ओली ‘चाँडोमा माघको पहिलो साता र ढिलोमा फागुन पहिलो साता’ नयाँदिल्ली जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच १६ पुसमा भएको टेलिफोन वार्तापछि भ्रमणको तयारी थालिएको हो । त्यसअघि तराई आन्दोलनका एजेन्डा सम्बोधन गर्न सरकारले ५ पुसमा पारित गरेको संविधान संशोधनसहित तीन महिनामा सीमांकन विवाद टुंग्याउने प्रस्तावलाई भारतले समर्थन गरेको थियो । गत महिना उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा सरकारी रोडम्यापबारे भारतीय विदेशमन्त्री सुष्मा स्वराज र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई जानकारी दिएका थिए । त्यही एजेन्डा ५ पुसमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । लगत्तै ६ पुसमा भारतले विज्ञप्तिमार्फत सरकारी मार्गचित्रको स्वागत गरेको थियो । त्यसपछि रक्सौलबाहेकका नेपाल–भारत व्यापारिक सीमानाका सुचारु भएका छन् । मोदीले २४ असोजमा प्रधानमन्त्री भएकै दिन ओलीलाई टेलिफोनबाट भारत भ्रमणको निम्ता दिएका थिए भने विदेश मन्त्रालयले कूटनीतिक च्यानलमार्फत ओलीलाई लिखित निमन्त्रणा पठाइसकेको छ । १६ पुसमा झापाबाट प्रधानमन्त्री ओली र मोदीबीच अंग्रेजी नयाँ वर्षको शुभकामना आदन–प्रदानसँगै नेपालको राजनीतिक परिवेशबारे छलफल भएको थियो । त्यही क्रममा मोदीले नयाँदिल्ली भ्रमणका लागि ओलीलाई आग्रह गरेका थिए । ‘प्रधानमन्त्री ओलीको सम्भावित भारत भ्रमणका लागि तयारी सुरु भएको छ, यसक्रममा उहाँले सरोकारवाला उपप्रधानमन्त्री र सचिवहरूलाई बोलाएर नेपाल र भारतबीचका दुईपक्षीय विषयको ब्रिफिङ लिनुभएको छ,’ प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले भने । उनका अनुसार उपप्रधानमन्त्रीत्रय थापा, विजयकुमार गच्छदार र भीम रावलसहित मुख्यसचिव डा। सोमलाल सुवेदी, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय, अर्थसचिव लोकदर्शन रेग्मी, ऊर्जासचिव सुमनप्रसाद शर्मालगायत बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE