Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

डिम्बाशयबाट निकालियो आठ किलोको ट्युमर

\"tumar\"काठमाडौं । पेट दुख्ने र वाकवाकी लाग्ने समस्या भएर अस्पताल आएकी एक २४ वर्षीया महिलाको डिम्बाशयबाट आठ किल्लोको ट्युमर निकालिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ललितपुरस्थित अल्का अस्पतालका चिकित्सकले मेर्लुङ–३ तनहुँकी बिनु खड्काको दायाँतर्फको डिम्बाशयबाट आठ दशमलव एक किलोको ट्युमर निकालेका हुन् । अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। नुतन शर्मा, सर्जन डा। सञ्जय पौडेल र डा. प्रिती बज्राचार्यलगायतको टोलीले शनिबार करिब दुई घन्टा लगाएर खड्काको शल्यक्रिया गरेको थियो । चार वर्षदेखि पेट दुख्ने र वाकवाकी लाग्ने समस्या भोगेकी खड्का दुखाइ बढ्दै गएपछि गत साता अल्का अस्पताल पुगेकी थिइन् । ग्यास्ट्रिक बिग्रेको आशंकामा अस्पताल पुगेकी खड्काले बताएको लक्षणअनुसार चिकित्सकले ट्युमरको आशंका गरेपछि थप परीक्षण गरिएको थियो । डा. शर्मा भन्छिन्, ‘गाउँमा रहेकी बिरामीलाई केही थाह थिएन । चार वर्षदेखि पेट दुखिरहेको थियो । बिरामी र आफन्तले ग्यास्ट्रिकको आशंका गरेका रहेछन् । रोगले च्याप्दै गएपछि उनी गत साता अल्का आएकी थिइन् । हामीले आशंकाअनुसारको परीक्षण गर्‍यौँ, डिम्बाशयमा ट्युमर रहेछ ।’ उनका अनुसार स्त्रीरोग समस्या लिएर भर्ना हुने महिलामध्ये करिब तीन प्रतिशतमा डिम्बाशयको ट्युमर हुनसक्छ । डिम्बाशयमा ट्युमर पलाउँदा ग्यास्ट्रिक भएजस्तै माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, खान मन नलाग्ने, छिट्टै पेट भरिएको महसुस हुनेलगायतका लक्षण देखिने गर्दछन् । अस्पतालका अध्यक्ष कुमार थापाले अल्काको इतिहासमै सबैभन्दा ठूलो शल्यक्रिया भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending