Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कांग्रेसमा महाधिवेशन नजिकिंदै गर्दा बबन्डर बढ्दो

\"koirala-deuba\"काठमाडौं । कांग्रेसमा सदस्यता विवाद ,पदाधिकारीले टुंग्याए, देउवा पक्ष असन्तुष्ट तर, विवाद अझै मिलेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–देउवा पक्षको असन्तुष्टिबीच पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ । सोमबार बिहान सभापति सुशील कोइरालाको निवासमा बसेको बैठकले सदस्यताको विवाद टुंगो लगाएको हो । बैठकले नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनलाई केही फेरबदल गरेको छ । १२औँ महाधिवेशनकै सूचीलाई मान्यता सभापति कोइरालाको जोडमा कैलाली, रौतहट, डोल्पा र सोलुखुम्बु जिल्लालाई विवादित मानी १२औँ महाधिवेशनमा रहेको क्रियाशील सदस्यताको सूचीलाई मान्यता दिने निर्णय पदाधिकारी बैठकले गरेको छ । छानबिन समितिका सदस्य रामकृष्ण यादवले फरक मत राखेको आधारमा समितिको निर्णय परिवर्तन गरिएको एक पदाधिकारीले बताए । यी जिल्लाका नयाँ क्रियाशील सदस्यले मताधिकार प्रयोग गर्न पाउनेछैनन् । उनीहरूको सदस्यता महाधिवेशनभर स्थगन गर्ने निर्णय गरिएको छ । पदाधिकारीको निर्णय सार्वजनिक भएन देउवापक्षीय कोषाध्यक्ष चित्रलेखा यादवले हस्ताक्षर नगरेपछि सोमबार विवादित जिल्लाबारे गरिएको निर्णय सार्वजनिक गरिएको छैन । ‘तीन जिल्लाका नयाँ सदस्यले महाधिवेशनमा भाग लिन नपाउने, तर पुराना नवीकरण गरेकाले पाउने भन्ने निर्णय भएको छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव तिवारीले भने, ‘अब मंगलबार सार्वजनिक गर्छौं ।’ देउवाले गरे आफ्नो पक्षको छुट्टै बैठक पार्टीको पदाधिकारी बैठकलगत्तै देउवा पक्षको बैठक बसेको थियो । केन्द्रीय कार्यसमितिलाई छलेर संस्थापन पक्षले आफूखुसी गरेको निष्कर्ष निकालेको बैठकले दुई–चार ठाउँको समस्या देखाएर संस्थापन पक्ष महाधिवेशन हुन नदिने खेलमा लागेको आरोप लगाएको छ । यी जिल्लाका नयाँ सदस्यता खारेज क्रियाशील सदस्यताको विषयको विवादका कारण केन्द्रीय कार्यालयमा रौतहट, कैलाली र सोलुखुम्बुका नेता–कार्यकर्ता अनशन बसिरहेका छन् । पदाधिकारी बैठकले रौतहटको क्षेत्र नम्बर १, २, ३ र ४, सोलुखुम्बु र कैलालीका सबै नयाँ सदस्यता लिएकाहरूले महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरेको छ । ती जिल्लामा १२औँ महाधिवेशनताका नयाँ सदस्यता लिएका र अहिले क्रियाशील सदस्यता नवीकरण गरेकाहरूको सदस्यता स्वीकृत गरिएको छ । पदाधिकारीको निर्णयमा देउवा पक्ष असन्तुष्ट पदाधिकारी बैठकले गरेको निर्णयमाथि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने असन्तुष्टि जनाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले दिएको समितिको प्रतिवेदनविपरीत निर्णय भएको भन्दै देउवा पक्षले असन्तुष्टि जनाएको हो। देउवा पक्षकी कोषाध्यक्षले हस्ताक्षर गरिनन् पदाधिकारी बैठकको निर्णयप्रति असहमति जनाएको देउवा पक्षले निर्णयमा हस्ताक्षर गरेको छैन । निर्णयमा वरिष्ठ नेता देउवा र कोषाध्यक्ष चित्रलेखा यादवको हस्ताक्षर छैन । निर्णयमा सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाको हस्ताक्षर छ । केन्द्रीय सदस्य मीन विश्वकर्माले बैठकमा वरिष्ठ नेता देउवा र कोषाध्यक्ष यादवलाई नबोलाइएको दाबी गरे । उनका अनुसार पदाधिकारी बैठकबाट निर्णय गराएपछि त्यसमा सही गराउन केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारी काठमाडौं गोकर्ण पुगेका थिए । तर, कोषाध्यक्ष यादवले देउवा पनि अनुपस्थित बैठकले गरेको निर्णयमा हस्ताक्षर नगर्ने बताइन् । संस्थापनको निर्णयविरुद्ध भन्डाफोर गर्ने देउवा पक्षको बैठकले संस्थापनको निर्णयविरुद्ध भन्डाफोर अभियान चलाउने निर्णय गरेको छ । ‘विभिन्न बहाना बनाएर सकेसम्म महाधिवेशन पर सार्ने, टार्ने नीतिमा संस्थापन पक्ष देखियो,’ देउवा पक्षको बैठकमा सहभागी केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘अब हामी दुई–चार जिल्लाको समस्यालाई प्रतिकार गर्दै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।’ देउवा पक्षले हार्ने मनस्थितिका कारण संस्थापनले यस्तो हर्कत गरेको आरोपसमेत लगाएको छ । नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, विमलेन्द्र निधि, बालकृष्ण खाँण एनपी साउद, मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारी, गोविन्द भट्टराई, श्याम घिमिरे, अम्बिका बस्नेत, सुजाता परियार, ईश्वरी न्यौपाने, रमेश रिजाललगायत सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE