Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कांग्रेस कार्यालयमा अझै तीन टोली अनसनमा

काठमाडौं । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले रौतहट, कैलाली, सोलुखुम्बुको नयाँ क्रियाशील सदस्यता १३औँ महाधिवेशनका लागि खारेज गरे पनि केन्द्रीय कार्यालय सानेपामा अझै तीन जिल्लाका समूह अनशन बसेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–पदाधिकारी बैठकको निर्णयका आधारमा सदस्यता खारेज गरिएपछि देउवा पक्षका जिल्ला सभापतिहरूले अनशन जारी राखेका हुन् । समान व्यवहार गर्न आवश्यक भएको भन्दै सोमबार पदाधिकारी बैठकले सोलुखुम्बु जिल्लाका सबै गाविसमा १२औँ महाधिवेशनका क्रियाशील सदस्यहरूको नवीकरण दस्तुर केन्द्रमा बुझाउनेलाई तेह्रौँ महाधिवेशनमा भाग लिन पाउने र नयाँ क्रियाशीलतर्फका सबै नामावली तेह्रौँ महाधिवेशनका लागि स्थगन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बलबहादुर केसीसहितको समूहले अनशन टुंग्याएको छ । तर, सभापति आङगेलु शेर्पा समूहको अनशन जारी छ । त्यस्तै, कैलाली जिल्लामा सबै नयाँ क्रियाशील सदस्यता तेह्रौँ महाधिवेशनसम्मका लागि स्थगन गरी नवीकरण सूची मात्र लागू हुने निर्णय पदाधिकारी बैठकले गरेपछि एक समूहले अनशन टुंग्याए पनि अर्को समूहले जारी राखेको छ । रौतहटको १, २, ३ र ४ नम्बर क्षेत्रका पुराना क्रियाशील सदस्यको तेह्रौँ महाधिवेशनका लागि नवीकरण सूची मात्र लागू हुने, तर नयाँलाई भाग लिन नदिने निर्णय गरेको थियो । यो जिल्लामा दुई क्षेत्रका नयाँलाई भाग लिन दिइएको छ । तर, अर्को समूहले अझै अनशन जारी राखेको छ । विधि र प्रक्रिया पुगेको भन्दै यस्तो सदस्यतालाई महाविधेशनमा भाग लिन दिन पाउनुपर्ने उनीहरूको माग छ । त्यस्तै, डोल्पाको हकमा छानबिन समितिको निर्णय कायम राखी सबै गाविसमा संगठन विस्तार हुने गरी जिल्ला कार्यसमितिका सभापतिको सिफारिसमा थप एक सय क्रियाशील सदस्यता स्वीकृत गर्ने निर्णय पदाधिकारी बैठकले गरेपछि डोल्पा जिल्ला सभापति टंकप्रसाद उपाध्यायको आमरण अनशन टुंगिएको छ । देउवा पक्षको असन्तुष्टि कायमै संस्थापनले एकलौटी गरेको भन्दै देउवा पक्षले असन्तुिष्ट कायमै राखेको छ । रौतहट, कैलाली र सोलुखुम्बुले विधि, प्रक्रिया पुगे पनि पदाधिकारी बैठकले सदस्यतालाई मान्यता नदिएको भन्दै देउवा समूह असन्तुष्ट बनेको हो । तीनै जिल्लाका सभापतिहरूले मंगलबार केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै अन्याय भएकाले पदबाट राजीनामा गरी अनशनमा साथ दिन आग्रह गरेका छन् । ‘हामीमाथि अन्याय भएको छ, तपाईंहरूले पनि केन्द्रीय सदस्यबाट राजीनामा दिएर सहयोग गर्नुस् भन्ने उहाँहरूको माग छ,’ उनीहरूको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने । तर, राजीनामा उचित नहुने भन्दै देउवापक्षीय नेताले आगामी केन्द्रीय कार्यसमिति बैठकमा सदस्यताको यो विषय उठाउने र महाधिवेशनमा मुद्दा बनाउने आश्वासन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE