Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

वार्ता पन्साउँदै सरकार

\"Bartaकाठमाडौं । सत्तारुढ एमाले र एमाओवादीको बेवास्ताका कारण ‘तीन दल–मोर्चा कार्यदल’ का पछिल्ला बैठक प्रभावहीन बन्न थालेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–तीन ठूला दल र आन्दोलनरत मधेसी मोर्चा बीचको बैठक बिहीबारयता पाँचपल्ट बसिसक्यो, तर सत्तारुढ दलका कार्यदल सदस्य नै बैठकमा आउन छाडेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यदल सदस्यले सत्तारुढ दलहरुले वार्ता छल्न खोजेको आरोप लगाएका छन् । अघिल्लो बिहीबारदेखि सुरु कार्यदल वार्ता मंगलबार अपराह्न सिंहदरबारमा बसे पनि सरकारी कार्यदल सदस्य रहेका उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावल पार्टीको कार्यक्रमका लागि नेपालगन्ज उडे । सोमबार दिउँसो २ बजे बस्ने भनिएको वार्ता पन्छाएर उनी सैनिक अस्पताल छाउनीको निरीक्षण भ्रमणमा छडकिएका थिए । रावललाई कुर्दै कांग्रेस र मोर्चा कार्यदल सदस्य दिनभर पर्खे, तर वार्ता भएन । वार्तामा आउनुअगाडि सत्तारुढ दलका कार्यदल प्रतिनिधिले शीर्ष नेतृत्वसँग सीमांकन हेरफेरका लागि प्रस्तावित राजनीतिक संयन्त्रबारे परामर्श गर्ने वाचा आइतबारको बैठकमा गरेका थिए, तर हालसम्म गरेका छैनन् । रावलको ठाउँमा कानुनमन्त्री अग्निप्रसाद खरेल मंगलबारको वार्तामा त आए, तर कार्यदलमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधि, संवैधानिक वैधतालगायतबारेमा भइरहेको छलफलको प्रगतिबारे उनलाई खासै जानकारी थिएन । अर्का कार्यदल प्रतिनिधि रहेका एमाओवादी महासचिव कृष्णबहादुर महरा त पहिलो दिनको बैठकयता निरन्तर अनुपस्थित छन् । महरा पनि पार्टी संगठनकै दौडाहामा काठमाडौं बाहिर छन् । मंगलबारको बैठकमा पनि महरा अनुपस्थित भएपछि उनको ठाउँमा गृहमन्त्री शक्तिबहादुर बस्नेत दुई घण्टा ढिलो गरी पुगे । ‘आज ९मंगलबार० यहाँ वार्ता हुँदैछ भन्ने मलाई खबरै थिएन,’ सिंहदरबारस्थित संसद महासचिवको कार्यकक्षमा जारी वार्तामा बेलुकी पाँच बजे छिर्दै गृहमन्त्री बस्नेतले भने, ‘अकस्मात् फोन आयो, त्यसैले दौडदै आएँ ।’ १ सय ५१ दिनदेखि मधेसमा जारी आन्दोलन र सय दिनयता जारी नाकाबन्दीका कारण अस्तव्यस्त देशको आँखा तीन दल–मोर्चा वार्तास्थलतिर छ । आन्दोलनको बटमलाइन बनाउदै आएको ‘मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन हेरफेर’ अहिल्यै हुनुपर्ने अड्डी लिइरहेको मधेसी मोर्चा कार्यदल बैठकमा एक कदम पछि हटदै ‘राजनीतिक संयन्त्र’ बनाएर तीन महिनामा टुंग्याउन राजी हुँदासमेत सत्तारुढ एमाले र एमाओवादी अपेक्षाकृत सक्रिय देखिदैनन । वार्तास्थलबाट बाहिरिँदै गृहमन्त्री बस्नेतले सरकार मधेसी मोर्चाका मागप्रति संवेदनशील भएको, अब राजनीतिक संयन्त्रमार्फत् सीमांकन टुंग्याउनेलगायत मोर्चाका मागबारे कार्यदल सहमति नजिक पुगेको दाबी गरे । मोर्चाका कार्यदल प्रतिनिधिले भने ‘राजनीतिक सहमति त परै जाओस्, प्रस्तावित संयन्त्रबारे सत्तारुढ दलले सामान्य धारणासमेत बैठकमा बताउन नसकेको’ आक्रोश पोखे । ‘२६ गतेको वार्तामा तपाईंहरुले शीर्ष नेतासँग परामर्श गरी नन्पेपर ९प्रस्ताव० ल्याउछौं भन्नुभएको थियो, त्यो ल्याउनु त परै जाओस्, कार्यदलकै सदस्य बैठकमा आउन छाड्नुभएको छ,’ संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मंगलबारको बैठकमा आपत्ति जनाए, ‘एक सातामा पाँचपल्ट कार्यदल बैठक बसिसक्यो, हाम्रा ११ बुँदेमाथि अझै ठोस प्रस्ताव नआउनुको कारण के हो रु कि छलफलका लागि छलफलमात्रै गरेर दिन कटाउने हो ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE