Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

मोर्चा लचिलो बन्दा ओली सरकार कठोर

\"Bartaकाठमाडौं । मधेसीलाई फकाइदिनुपर्‍यो भन्दै दिल्लीलाई हारगुहार गर्ने सरकार मोर्चाको आन्दोलन शिथिल हुँदा आफैं कठोर बनेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– भएका वार्तामा पनि सरकार तयारीविनै आउने गरेको छ । अहिलेसम्म सरकारी वार्ताटोली जवाफ लिएर वार्तामा पुगेको छैन । २३ पुसमा प्रमुख तीन दलको कार्यदलले मोर्चाको कार्यदललाई अनौपचारिक रूपमा ११ बुँदे मागबारे प्रस्टीकरण दिएको थियो । तीन दलको कार्यदलले त्यसको व्यवस्थित र लिखित जवाफ २४ पुसमा मोर्चालाई दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै जवाफ नआएको तमसपा नेता तथा कार्यदल सदस्य रामनरेश राय बताउँछन् । मोर्चाका नेताहरू सरकारी टोली तयारीविनै वार्ता आउने र सामान्य कुरा राखेर जाने गरेको बताउाछन् । ‘फेस सेभिङ’को खोजीमा मोर्चा मोर्चा भने ‘फेस सेभिङ’को खोजीमा छ । त्यसैका लागि उसले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनको भाषामा सहमति हुनुपर्ने अडान राखेको छ । कांग्रेस नेताहरू विमलेन्द्र निधि र मीनेन्द्र रिजालले संविधान संशोधन विधेयक परिमार्जनका लागि दर्ता गरेको प्रस्तावप्रति आफूहरू सकारात्मक रहेको मोर्चाका एक वरिष्ठ नेताले बताए । मोर्चाका नेताहरू हृदयेश त्रिपाठी र लक्ष्मणलाल कर्णलगायतसँग छलफल गरेर कांग्रेस नेताहरूले परिमार्जनका लागि प्रस्ताव दर्ता गराएको उनको भनाइ छ । मोर्चासँग सहमतिनजिकका बुँदा मधेसी मोर्चाका ११ मागमध्ये ६ वटामा प्रमुख तीन दल सहमतिनजिक छन् । प्रदेशको सीमांकन फेरबदल गर्ने मात्र होइन, वैवाहिक अंगीकृत नागरिकता, समानुपातिक समावेशी, निर्वाचन क्षेत्र निर्धारण, बहुभाषिक नीति र स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुनबमोजिम हुनुपर्ने मागबारे प्रमुख दल सकारात्मक छन् । त्यसैले राजनीतिक संयन्त्र बनाउने समझदारी हुन लागेको हो । मोर्चा पनि जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न लचिलो छ । सद्भावना महामन्त्री मनीष सुमनका अनुसार प्रमुख दल र मोर्चाबीच ५–६ वटा बुँदामा सहमति हुने देखिन्छ । मोर्चा लचिलो भएका बुँदा नेपाली सेनालाई समावेशी बनाउने नाममा समूहगत प्रवेशमा प्रमुख दल असहमत छन् । यो बुँदामा धेरै समय मोर्चाले अडान राखिरहे पनि अहिले लचिलो देखिएको छ । नेपाललाई बहुराष्ट्र भनेर परिभाषित गर्नुपर्ने मागमा पनि लचिलो हुने संकेत मोर्चा दिइसकेको छ । २३ पुसमा भएको कार्यदलको वार्तामा सो मागले प्रवेश नै पाएन । समावेशी आयोगमा आर्थिक रूपमा विपन्न खस–आर्यलाई समावेश गर्ने संविधानमा उल्लेख भएको कुरा हटाउन मोर्चाले माग राखे पनि त्यसमा मोर्चा पछि हट्ने देखिएको छ । यस्तै, न्यायपालिकालाई संघीय संरचनाअनुसार बनाउने मागबारे पनि मोर्चा लचिलो नै छ । सरकार गम्भीर भई सहमति गर्ने गरी लचिलो रूपमा वार्तामा आए आफूहरू सोच्न बाध्य हुने तमलोपा अध्यक्ष महन्थ ठाकुर बताउँछन् । निर्धारित दिन र समयमा हुँदैनन् वार्ता प्रमुख दल मोर्चासँगको वार्तामा पनि महत्त्व दिएर बस्दैनन र समय पनि किटानी गर्दैनन् । अहिलेसम्म भएका २३ वटा वार्तामध्ये एउटा पनि निर्धारित दिन र समयमा भएका छैनन् । शुक्रबारको कार्यदलको वार्ता पनि यस्तै भयो । प्रमुख तीन दलका शीर्ष नेताहरूको ३० पुसमा बसेको बैठकले शुक्रबार दिउँसो १ बजे वार्ता गर्ने निर्णय गरेको थियो । तर, मोर्चालाई बिहान ११ बजेसम्म वार्ताको खबर पुगेको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending