Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

ओलीका नयाँ योजना : काठमाडौंमा रेलदेखि फोहोरबाट ग्याससम्म

\"oli\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौंलाई कायापलट गर्ने नयाँ योजना ल्याएका छन् । मगर, थारु, छन्त्याल र राउटे समुदायको राष्ट्रिय चाड माघेसंक्रान्तिका अवसरमा प्रधानमन्त्री केपी ओलीले यस्तै योजना सुनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ : काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ? म यसो गर्छु भन्यो भने केहीलाई रिस उठ्छ, केहीलाई हाासो उठ्छ । काम गरेर देशलाई अगाडि बढाएर जाने हो । कुनै बहादुर छ, नेपालमा दुई दिनभित्र केही गरिहाल्ने ? त्यस्तो छ भने भन्नुपर्‍यो । नभए मेरो योजना छ । त्यो योजना अगाडि बढ्छ । अचम्म लाग्छ । गर्छु भन्न पनि नपाइने ? काठमाडौंमा इलेक्ट्रिक कार र बस चलाउने कुरा गरेँ । मानिस आत्तिए । दुनियाँका अनेक सहरमा इलेक्ट्रिक बस र कार चल्छन् । यहाँ चल्न नहुने भन्ने छ ? फोहोरमैलाबाट ग्यास निकाल्छौँ फोटो झुन्ड्याउन होइन, देश परिवर्तन गर्न म सिंहदरबार गएको हुँ । विकास गर्न गएको हुँ, हेर्दाहेर्दै गर्छु । हामी फोहोरमैलाबाट ग्यास निकाल्छौँ । अन्यत्रबाट ग्यासका पाइप ल्याउँछौं । जेसुकै गरेर भए पनि जनताका घरका चुलोचुलोमा ग्यास पुर्‍याउने व्यवस्था गरिन्छ । मानिसहरू यस्तो किन भन्यो भन्छन् । मैले आजै साँझ तपाईंको चुलोमा ग्यास ल्याइदिने कुरा गरेको छैन । अलिकति समय लाग्छ, तर हामी गर्छौँ । बुद्धिजीवीहरूलाई थाहा होस्, कलमवाजहरूलाई जानकारी होस् । बंगलादेशमा पाइपबाट चुलोचुलोमा ग्यास पुगेको छ । विद्वान्हरूलाई थाहा छ कि छैन ? पाकिस्तानमा पनि ग्यास सिलिन्डर बोक्नुपर्दैन । मगर दाहिना हुँदा प्रधानमन्त्री मगर मेरा दाहिने, म मगरका दाहिने । अहिलेको सरकारमा शिवलाल थापा मगर मन्त्री हुनुहन्छ । राज्यमन्त्री नरदेवी पुन अर्को मगर हुनुहुन्छ । म मगरहरूसँग दाहिने छु कि छैन रु गुरुङहरू पनि दाहिने छन्, थारूहरू दाहिने छन्, राई–लिम्बू दाहिने छन् । आजभोलि एउटा शब्द चर्चामा छ मधेसी । मधेसीहरू मेरा दाहिने छन्, त्यसैकारण म प्रधानमन्त्री छानिएको हुँ । ओलीको पाइलो खेद्नेहरू पनि छन् तपाईंहरू टेलिभिजन हेर्नुहुन्छ होला, रेडियो सुन्नुहुन्छ होला, पत्रपत्रिका हेर्नुहुन्छ होला, अनलाइनमा देख्नुहुन्छ होला । केपी ओलीको पाइलो खेदेर हिँड्नेहरू पनि छन् । तर जतिसुकै पाइलो खेदेर हिाडे पनि उनीहरूको योजना पार लाग्दैन, किनकि मगर मेरा दाहिने छन् । उपराष्ट्रपति को छ ? महिला राष्ट्रपति बनाएका छौँ । महिला सभामुख बनाएका छौँ । सभामुख पनि महिला हुनुहुन्छ, उपराष्ट्रपति पनि महिला हुनुहुुन्छ (हाँसो) । महिला मगर सभामुख, उपराष्ट्रपति मगर, मन्त्री मगर, राज्यमन्त्री मगर । यहाँहरूलाई थाहा त छ, उपराष्ट्रपति देशको आज को छ ? मगर होइन ? सभामुख को छ ? मगर होइन ? गरिब भइरहन सकिँदैन अब नेपाललाई गरिब भइरहन दिन सकिँदैन । गरिब बनाइरहन हुँदैन । नेपाल समृद्ध देश हुनुपर्छ । नेपालजस्तो प्राकृतिक रूपले सम्पन्न देश, तर विकासको गति धिमा छ । यति सुस्त छ कि जुन कुरा अब हामी सहन सक्दैनौँ । सरकारले कानमा तेल हालेको छैन कतिपय ठाउँमा साथीहरूले भन्ने गर्छन्, ‘जनताले दुस्ख पाएका छन् । सरकार कानमा तेल हालेर बसेको छ ।’ होइन, सरकार कानमा तेल हालेर बसेको छैन । यो तीन महिनामा सरकारले भूकम्पबाट प्रभावित ठाउँका जनतालाई न्यानो कपडा पुर्‍याउनेदेखि धेरै काम गरेको छ । भर्खरै मात्रै हामीले न्यानो कपडाका लागि ६ अर्ब वितरण गरेका हौँ । २ गते राष्ट्रपतिले रानीपोखरीबाट पुनर्निर्माणको महाअभियानको थालनी गर्नुहुँदै छ । एक सय पाँच वर्षमा तीन सय मेगावाट एक सय पाँच वर्षअघि नेपालमा जलविद्युत् आयोजनाको सुरुवात भयो । अहिले बेलुका हामीले तीन सय मेगावाट मात्र विद्युत् पाउँछौँ । संसारको दोस्रो जलस्रोतको धनी देश, ८३ हजार मेगावाटभन्दा बढी क्षमता हामीसँग छ । तर, हामीले उत्पादन जम्मा तीन सय मेगावाट मात्र गर्‍यौँ । बाढी आएका वेला साढे सात सय मेगावाट हुन्छ । यस्तो सुस्तका साथ नेपाल अगाडि जाँदैन । कसका लागि संविधान ? यो नेपाल हामी सबैको देश हो । भोलि संविधानमा कस्तो हेरफेर चाहिन्छ, त्यो नेपाली जनताले निर्णय गर्ने हो । यो संविधान अरू कसैका लागि हामीले बनाएको होइन । यो संविधान मगर, गुरुङ, राई, लिम्बू, क्षेत्री, बाहुन, मधेसी, पहाडी, थारू, अल्पसंख्यक, दलित, पिछडा वर्ग, महिला, बुढापाका, बालबालिकाका लागि बनाएको हो । सरकार आकाशबाट झरेको होइन अहिलेको सरकार तपाईंहरूको साथमा छ । यो सरकार जनताको सरकार हो । आकाशबाट कसैले टिपेर झारेको सरकार होइन । जनताप्रति अहिलेको सरकारको जवाफदेही छ, जिम्मेवारी छ । यो सरकार छक्याएर, छलेर, अलमल्याएर जाने होइन । देशलाई अगाडि बढाउने संकल्प बोकेर अगाडि बढेको सरकार हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE