Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

व्यापारीको हत्या गरेर एक करोडको सी माला लुटपाट

\"cmala\"काठमाडौं । सी माला लुट्नकै लागि बिहीबार साँझ बौद्ध टुसालमा ६० वर्षीया थेपाङ शेर्पाको हत्या भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–हत्यापछि उनले घाँटीमा लगाएको एक करोडभन्दा धेरै पर्ने सी माला लुटपाट भएको प्रहरीले जनाएको छ । सेफको सी माला र पैसा भने चोरिएको छैन । शंकास्पद केही व्यक्ति पक्राउ परेको हत्यामा संलग्नको पहिचान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरहरी रेग्मीले बताए । सी मालाले बढायो अपराध डेरामा एक्लै रहेको वेला थेपाङको हत्या भएको हो । प्रहरीका अनुसार बिहीबार साँझ उनकी श्रीमती गुम्बामा गएका वेला हत्या भएको थियो । फर्किंदा श्रीमानलाई मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । मृतक शेर्पा सी मालाको कारोबारमा संलग्न रहेको खुलेको छ । बौद्ध धर्मावलम्बीमा बहुमूल्य र पवित्र मानिने सी मालाको कारोबारले बौद्ध क्षेत्रमा अपराध बढाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सी मालालगायत प्राचीन बहुमूल्य पदार्थको बौद्धमा ठूलो मात्रामा अवैध कारोबार हुने गरेको छ । एउटै सी मालाको करोडौँमा कारोबार हुने भएकाले लुटपाट र हत्याका घटना बढेका हुन् । अवैध कारोबार भएकाले कतिपय घटनाबारे प्रहरीकोमा खबर हुँदैन । के हो सी माला ? सी माला एक जीवको अस्थिपञ्चरबाट बनाइने माला हो । पुरातत्त्व ऐनअनुसार सी मालाको कारोबार अवैध छ । बौद्ध धर्मावलम्बीमा यस्तो माला लगाएमा सधैँ राम्रो हुने र जे चाह्यो त्यही पुग्ने विश्वास छ । सोही कारण एउटै मालाको करोडौँमा कारोबार हुने गरेको छ । काठमाडौंको बौद्ध क्षेत्रमा अवैध रूपमा सी मालाको कारोबार हुँदै आएको छ । कारोबारमा तिब्बतीयन, भुटानी तथा भारतीयसमेत संलग्न छन् । माला लुटेर भाग्दाभाग्दै पाँच पक्राउ बौद्धमा २५ भदौमा पनि करोडौँको सी माला लुटपाट भएको थियो । लुटेर भाग्दाभाग्दै प्रहरीले मकवानपुरको भिमफेदीबाट पाँचजनालाई पक्राउ गरेको थियो । बौद्धस्तुपानजिकै छेर्तेन होटेलमा सी माला किन्न भन्दै भेट्न पुगेका उनीहरूले होटेलमा रहेका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर करिब दुई करोड पर्ने सी माला लुटपाट गरेका थिए । लुटपाटमा संलग्न भुटानका डी दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक आसित सैबो, नहिर अली र सरोज गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending