Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

सबैलाई छक्क पार्ने प्रचण्डको प्रस्ताव यस्तो छ

\"cm_prachandaकाठमाडौं । ‘मैले त ओलीजीलाई ठट्टैठट्टामा भन्दिएको छु : तपाईंहरूसँग पछिल्ला चुनावमा दोस्रो, तेस्रो दल भएको अनुभव छ । हामी त एकपल्ट पहिलो भएर देखाइसक्यौं । त्यही नजिरका आधारमा अब स्थानीय चुनाव गरौं, त्यसमा ५०–५० प्रतिशत साझेदारी हुने गरी उम्मेदवारी घोषणा गरौं ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राजधानीमा अकस्मात यो प्रसंग खुलाउँदा प्रदेश नम्बर ३ का कार्यकर्ता छक्क परे । आजको कान्तिपुर दैनिकमा खबर छ–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग केही दिनअघि भएको यो छलफलको सन्दर्भ पार्टी एकताको जिज्ञासा समाधान क्रममा उप्किएको थियो । एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको, तर अबको कार्यभार समाजवादी क्रान्ति भएको भन्दै प्रचण्डले विचार मिल्नेसँग कार्यगत एकता, मोर्चाबन्दी गर्ने क्रममा एमालेको सन्दर्भ उठाएका थिए । ओलीले के जवाफ दिए, प्रचण्डले खुलाएनन् । तर एमालेसँग दीर्घकालीन सम्बन्ध सुरु भएको, स्थानीय चुनाव त्यसको अर्को बिसौनी भएको छनक भने राम्रै गरी दिए । दोस्रो संविधानसभालगत्तै कांग्रेस र एमालेले सत्तासमीकरण गर्दा ६ महिनाभित्र स्थानीय चुनाव गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सबभन्दा ठूलो पार्टीबाट तेस्रो स्थानमा पुगेको एमाओवादीले नचाहेका कारण कांग्रेस र एमालेले चाहे पनि स्थानीय चुनाव हुन सकेन । एमालेसित सत्तासमीकरण गरेको एमाओवादीले नै चाहेपछि जनप्रतिनिधिविहीन भएको १३ वर्षपछि अब स्थानीय निकायमा चुनाव गराउने वातावरण बन्नेछ । गत वर्ष माघ ८ को आसपासमा कटु सम्बन्ध निर्माण गर्न पुगेका एमाओवादी र एमाले नेतृत्वबीच कसरी यति निकटता सम्भव भयो रु जानकारको दाबीअनुसार १६ बुँदे समझदारी हुनुअघि ओलीको बालकोट निवासमा प्रचण्ड, तत्कालीन एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईबीच रणनीतिक मुद्दाहरूमा दीर्घकालीन साझेदारी गर्ने भद्रसमझदारी भएको थियो । त्यस भेटका क्रममा संविधान निर्माण, त्यसपछि ओली नेतृत्वमा संयुक्त सरकार हुँदै स्थानीय चुनावसम्म सहकार्य गर्ने छलफल भएको एमाओवादी उच्च स्रोत जिकिर गर्छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार स्थानीय चुनावसम्मै सँगै जाने ठोस समझदारी त्यस बेला बनिसकेको थिएन । तर भर्खरै संविधान जारी भए पनि त्यसअन्तर्गत पहिले संघीय प्रदेशको चुनाव हुनुपर्नेमा जारी तनावका कारण प्रादेशिक चुनाव सट्टा स्थानीय चुनाव दलीय प्राथमिकतामा पर्ने सम्भावना छ । ‘शीर्ष नेतृत्वबीच अहिल्यै स्थानीय चुनावबारे विस्तृत कुराकानी भएको छैन,’ श्रेष्ठले भने, ‘तर संविधान बनिसकेको अवस्थामा अबको प्राथमिकता के हुने भन्ने छलफल सुरु हुन सक्छ ।’ संविधानसभा चुनाव भएको ६ महिनाभित्र स्थानीय चुनाव गर्ने दलहरूबीच पुरानो सहमति भए पनि एमाओवादीले विभिन्न कारण देखाएर पन्छाउँदै आएको थियो । देशभरिका ३ हजार १ सय १७ गाविस र २ सय १७ नगरपालिका, ७५ जिल्ला विकास समिति १३ वर्षयता जनप्रतिनिधिविहीन छन् । यसबीचमा स्थानीय निकायमा निर्वाचित प्रतिनिधि हुनुपर्ने माग उठिरहेका बेला संघीय प्रदेशको अभ्यास सुरु नहुन्जेल पुरानै संरचनामा स्थानीय चुनाव गर्न नहुने अडान एमाओवादीले लिँदै आएको थियो । दोस्रो संविधानसभा चुनावमा पराजयसँगै पन्छाउँदै आएको पुरानो कार्यसूची प्रचण्डले अकस्मात ब्युँताउने संकेत गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE