Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

मधेसी मोर्चासँग यसरी जुट्दैछ सहमति

\"Bartaकाठमाडौं । सिंहदरबारमा शनिबार बेलुका भएको तीन दल र मोर्चा कार्यदलको वार्तामा सीमांकन विवाद मिलाउन राजनीतिक संयन्त्र गठन गर्ने र संसद्बाट अनुमोदन गराउने सहमति भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– ‘राजनीतिक संयन्त्र गठन गर्ने सहमति भयो,’ मोर्चाका तर्फबाट कार्यदल बैठकमा सहभागी मंगलसिद्धि मानन्धरले भने, ‘तर, क्षेत्राधिकारलगायतका प्राविधिक विषयमा टुंगो लाग्न बाँकी छ ।’ कार्यदल सदस्य महेश आचार्यले क्षेत्राधिकार टुंग्याउन आइतबार थप छलफल हुने बताए । सीमांकन टुंग्याउन पाँचबुँदे प्रस्ताव प्रदेशको सीमांकन विवाद टुंगो लगाउन तीन दलले पाँचबुँदे प्रस्ताव तयार गरेका छन् । राजनीतिक संयन्त्र गठन गर्ने, संयन्त्रले तीन महिनासम्ममा काम सक्ने, सीमांकनबारे अध्ययन गर्दा विगतका सहमति र संविधानसभाको राज्य पुनर्संरचना समितिको सैद्धान्तिक आधारलाई आत्मसात् गर्ने र संयन्त्रलाई संसद्बाट अनुमोदन गराउने अनौपचारिक सहमति तीन दलको छ । यो प्रस्ताव २३ पुसको वार्तामा कार्यदल सदस्य महेश आचार्यले राखेका थिए । परियार आयोगजस्तै मोडालिटी : मोर्चा तत्कालीन संविधानसभाले गठन गरेको डा। मदन परियार नेतृत्वको राज्य पुनर्संरचना आयोगलाई तोकिएको टिओआरझैँ राजनीतिक संयन्त्रको क्षेत्राधिकार तोकिएमा सहमति हुन सक्ने मोर्चाका एक नेताले बताए । उनका अनुसार परियार आयोगकै टिओआरको मोडालिटीमा छलफल भइरहेको छ । अनौपचारिक छलफलमा सोही मोडालिटीमा तीन दल र मोर्चा सहमतिनजिक पुगेको ती नेताको दाबी छ । ११ बुँदे माग घटाएर ६ बुँदा बनाइने प्रमुख दलबीच मोर्चाका ११ बुँदे माग ६ बुँदामा झारेर सहमति प्रयास गर्नेबारे छलफल भएको छ । मोर्चाले राखेका मागमध्ये बहुराष्ट्र, सेनामा समावेशी सहभागिताको नाममा समूहगत प्रवेश, प्रदेश कानुनअनुसार न्यायपालिकाको संरचनालगायतका मागमा तीन दल सहमत छैनन् । ‘मोर्चाका माग ६–७ वटामा झारेर सहमति गरौँ भन्नेबारे छलफल भइरहेको छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नयाँ पत्रिकासँग भने । संसद् बैठकअघि नै सहमति गरिने ५ माघमा बस्ने संसद् बैठकअघि नै मोर्चासँग सहमति गर्ने र संविधान संशोधन प्रक्रियामा संसद्मा दर्ता भएका प्रस्तावमा सहमति जुटाएर पारित गर्ने तयारीमा तीन दल छन् । ‘सहमतिका लागि अधिकतम लचक हुने र आवश्यक परे शीर्ष तहमा छलफल गरी सहमतिमा पुग्ने सहमति तीन दलमा भएको छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE