Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

युवाले हटाए ‘मलामीलाई राँगो’

काठमाडौं । स्थानीय मगर समुदायको मृत्यु संस्कारमा राँगो र भेडा काटेर मलामीलाई भोज खुवाउने परम्परा थियो । आजको कान्तिपुर दैनिकमा खबर छ– रुकुम मैकोट गाविसका युवाहरूको पहलमा अगुवाहरूको भेलाले यो रीति खर्चिलो भएको भन्दै निर्णय गर्‍यो– अब राँगो नढाल्ने । मलामीलाई राँगाको मासुसहितको भोज खुवाएर बिदा गरेपछि मात्र किरियापुत्री शुद्ध हुने जनविश्वास थियो । मलामीलाई राँगो काटेर भोजभतेर गर्दा कम्तीमा डेढ लाख रुपैयाँ खर्च हुने गरेको थियो । अगुवाहरूको सर्वपक्षीय भेलाले अब भेडा मात्र काटेर सामान्य सगुन बाँडेपछि किरिया उतार्ने चलन सुरु गरेको हो । ‘यसले खर्चिलो परम्परा र तडकभडकलाई नियन्त्रण गरेको छ,’ मगर समुदायका अगुवा लजिम पुनले भने, ‘परम्पराको चर्को मारमा परेका विपन्नलाई समेत मृत्यु संस्कार गर्न सजिलो भएको छ ।’ अब हुनेखानेले पनि राँगो ढाल्ने परम्परा अन्त्य भएको स्थानीय पुपाल युवा क्लबका उपाध्यक्ष कर्मसही घर्तीले बताए । मगर समुदायमा परिवारको सदस्यको मृत्यु भएको दिन शव चिहान भएको स्थान (विस्गा) मा गाडेर फर्किएपछि उसै दिन वा नभ्याए भोलिपल्ट भोजभतेर गर्ने चलन थियो । ढिँडो र भातसँगै मृतकका परिवारले राँगाको बलि दिएर किरियापुत्री र आफन्तको शुद्धि गराउने मान्यता थियो । ‘परम्परालाई समेत कम खर्चिलो बनाउँदै मृत्यु संस्कारलाई निरन्तरता दिइनेछ,’ घर्तीले भने, ‘पुरानो संस्कारको संरक्षणसहित यसलाई व्यावहारिक बनाएका छौं ।’ यसअघि परिवारका सदस्यको मृत्यु संस्कार उतार्दा गरिबहरू ऋणमा चुर्लुम्म डुब्ने गर्थे । मगर समुदायमा मृत्यु संस्कारका केही फरक प्रचलन छन् । महिलाले लावैसिन्या ९मृत्युमा गाइने गीत० गाएपछि शव उठाइन्छ । मलामी बनेर महिला र पुरुष दुवै जाने चलन रहेको घर्तीले बताए । मृतकका शोकमा जोर्बे ९कपाल मुन्डन गरिने स्थान० मा आफन्त र किरियापुत्रीले मुन्डन गरेर घरमा आउने चलन यथावत् राखिएको छ । महिलाको मृत्यु भए गाई र पुरुषको भए गोरु भान्जालाई दान गरेपछि मृत्यु संस्कार सकिएको र शुद्धिकार्य भएको मानिन्छ । यो संस्कारमा बाजा बजाउनेलाई साँढे दान गरिन्छ । शव उठाउँदा बन्दुक पडकाउने चलन छ । ‘अचेल प्रहरीको अनुमति लिएर पडकाइन्छ,’ उनले भने । यस्ता प्रचलन भने कायम राखिएको छ । ‘खर्चिलो कुरो हटाइएको हो,’ उनले भने, ‘जसले गर्दा परम्परा पनि मर्दैन, भार पनि पर्दैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE