Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

अमेरिकीबारे नेपालमा अचम्मको तथ्य

\"paisa\"काठमाडौं । अमेरिकामा धेरै नेपाली अवैध रहेको चर्चा चल्ने गरे पनि नेपालमा सबैभन्दा धेरै अमेरिकी अवैध रुपमा बस्ने गरेको तथ्य खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रूपमा नेपाल बस्दै आएको पाइएको छ । सन् २०१५ मा नेपालमा अवैध रूपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको छ । अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो । अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनी रूपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो । फ्रान्स, बेलायत, जर्मनी, जापान, अस्ट्रेलिया, नेदरल्यान्डजस्ता समृद्ध देशका नागरिकसमेत नेपालमा अवैध रूपमा बस्दै आएको खुलेको छ । उनीहरूबाट सरकारले एक वर्षमा करिब साढे दुई करोड रुपैयाँभन्दा धेरै जरिवाना असुलेको छ । अध्यागमन ऐनविपरीत विनाभिसा लामो समय बस्ने विदेशीसँग अध्यागमन विभागले भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना गरी साढे दुई करोडभन्दा धेरै असुलेको हो । सन् २०१५ मा एक लाख ४३ हजार तीन सय ९१ अमेरिकी डलर विलम्ब शुल्क, ९४ हजार चार सय ४६ डलर भिसा शुल्क र ४८ लाख ७३ हजार दुई सय २५ रुपैयाँ जरिवाना असुल भएको हो । अध्यागमन ऐन, २०५० अनुसार कुनै पनि विदेशी नागरिक पर्यटन भिसामा नेपालमा बढीमा पाँच महिना बस्न पाउँछन् । तर, धेरै विदेशी त्यसविपरीत लुकेर बस्दै आएका थिए । एक वर्षको अवधिमा दुई सय ७५ जना त्यस्ता विदेशीलाई जरिवाना गराई विभागले निष्कासन गरेको थियो । विभागले एकै विदेशीसँग पाँच हजार आठ सय १० भिसा शुल्क, आठ हजार सात सय १५ डलर विलम्ब शुल्क र ५० हजार रुपैयाँ जरिवाना असुल गरेको थियो । करिब ५० जना विदेशी एक वर्षभन्दा लामो समयदेखि नेपालमा अवैध रूपमा बस्दै आएका थिए । त्यस्तै, जापान, बेलायत, भियतनाम, श्रीलंका, मेक्सिको, मलेसिया, आइभोरी कोस्ट, अल्जेरिया, इजिप्ट, फिलिपिन्स, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, इन्डोनेसिया, माल्दिभ्स, बेल्जियम, युक्रेन, किर्गिस्तानका नागरिकलाई जरिवाना गरी निष्कासन गरिएको छ । ‘हाम्रोमा आउने सबै विदेशी धनी हुँदा रहेनछन्,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने भन्छन्, ‘सस्तो देश भएकाले कतिपय यहाँ लुकेर बस्नसमेत आउने गरेको देखिन्छ । केहीले चाहिँ पर्यटक भिसामा विभिन्न काम गर्दै आएको पाइयो ।’ अवैध बस्नेमा चिनियाँ धेरै छन् । नेपालमा विभिन्न व्यवसायमा आबद्ध चिनियाँहरू अवैध रूपमा बस्ने गरेका छन् । एक वर्षमा ८३ जना चिनियाँ, ३६ जना अमेरिकन, १९ जना उज्वेकिस्तानी, १६ जना बंगलादेशी, १५ जना बेलायती, १२ जना अस्ट्रेलियन, आठजना फ्रेन्च, आठजना इरानी, १२ जना सिरियन, सातजना क्यानेडियन, आठजना रसियन, पाँचजना कोरियनलाई जरिवाना गराई निष्कासन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE