Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

फोहोरको डंगुरमाथि सागको तयारी

\"fohor\"काठमाडौं । रक्सी र पानीका बोतल, चियाका गिलासदेखि मस्म खाने टपरी र चनाचटपटे खाएका कागजका खोस्टाले भरिएको यो ठाउँ ‘डम्पिङसाइट’ होइन, नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– तीन सातापछि भारतमा हुने दक्षिण एसियाली खेलकुदका विभिन्न इभेन्टस्मा स्वर्ण पदक ल्याएर देशको शिर उचो गराउने महत्त्वाकांक्षा बोकेका खेलाडीले फोहोरको डंगुरमा अभ्यास गरिरहेका छन् । रंगशालाको ट्रयाक र मैदानभित्र फोहोरको डंगुर छ । रक्सीका फुटेका बोतलका टुक्रा जताततै छरिएका छन् । १२औँ दक्षिण एसियाली खेलकुद (साग)को प्रशिक्षणमा रहेका खेलाडी सिसाका टुक्रा नाघ्दै अभ्यास गर्न बाध्य छन् । सागको तयारी गरिरहेका एथलेटिक्स, महिला फुटबल र हक्की खेलाडीको प्रशिक्षणमा प्रत्यक्ष असर परेको छ । राष्ट्रिय खेलकुद परिषद्ले रंगशालालाई खेलकुदको विकासका लागि भन्दा पनि गैरखेलुकद गतिविधिका लागि भाडामा दिएर पैसा कमाउने माध्यम बनाएको छ । एक दिन भाडामा दिएबापत २५ हजारसम्म आउने भएकाले परिषद्ले रंगशालालाई बेचिखाने भाँडो बनाएको छ । खेलाडीले रंगशालामा खेलकुदबाहेकका कार्यक्रममा प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् । तर, परिषद्ले ध्यान दिएको छैन । आइतबार फोहोरकै थुप्रोबीच अभ्यास गरिरहेका कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले पनि भने, ‘रंगशाला विशुद्ध खेल गतिविधि गर्ने स्थान हो, खेलकुद परिषद्ले कडाइका साथ खेलकुदबाहेकका कार्यक्रमलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ जम्मा २५ हजारमा रंगशालाको व्यापार १० करोड लगानीमा रंगशालाको पुनर्निर्माण थालिएको थियो । तर, गत १२ वैशाखमा गएको भूकम्पले पुनर्निर्माणको बजेट बढेको छ । भूकम्पले क्षति पुर्‍याएपछि असारमा सकिने काम थप एक वर्षका लागि धकेलिएको छ । यसअघि १८ हजार दर्शक अट्ने खुला प्याराफिटमा कुर्सी राखेपछि १५ हजार दर्शक मात्रै अटाउनेछन् । अहिले रंगशालाको खुला प्याराफिटतर्फ कुर्सी तथा छानो राख्ने काम भइरहेको छ । तर, २५ हजार रुपैयाँको लोभमा देशको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशालालाई दुर्गन्धित बनाइएको छ । १ माघमा माघी महोत्सव आयोजक थारू कल्याणकारी सभालाई एक दिनको साढे १२ हजार लिने गरी भाडामा दिइएको थियो । दुई पक्षबीचको सम्झौताअनुसार आयोजकले कार्यक्रम सम्पन्न भएपछि रंगशाला पहिलेकै अवस्थामा ल्याउनुपर्छ । तर, माघी महोत्सव आयोजकले चार दिनसम्म पनि रंगशालाबाट फोहोर हटाएको छैन । रंगशालामा दलका चियापानदेखि सांगीतिक कार्यक्रमसम्म १८ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा राजनीतिक दलका चियापानदेखि सांगीतिक कार्यक्रमसम्म हुने गरेका छन् । थारूहरूले गरेको कार्यक्रम रंगशालाका लागि पहिलो होइन, पाँच वर्षअघि चर्चित पपगायक ब्रायन एडम्सको कन्सर्ट आयोजना गरिएको थियो । संविधान जारी भएको खुसीयालीमा गत असोजमा एमालेले रंगशालामै चियापान कार्यक्रम गर्‍यो । आगामी २० देखि २३ फागुनसम्म हुने कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन पनि रंगशालामै हुँदै छ । कांग्रेसले यसअघि दसैँमा चियापान पनि यही मैदानमा गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending