Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कहाँ के गर्दैछन् जनयुद्ध सुरु गर्ने १९ नेता ?

\"2m\"काठमाडाैं । १ फागुन ०५२ मा नेकपा ९माओवादी०ले जनयुद्धको घोषणा गर्दा उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । प्रचण्ड पार्टी महामन्त्री थिए । जनयुद्ध सुरु भएको २० वर्ष पुग्न अब झन्डै एक महिना बाँकी छ । तर, त्यतिवेलाको माओवादी अहिले टुक्रिएर ६ समूहमा विभाजन भइसकेको छ । जनयुद्ध सुरु हुँदाका माओवादीका १९ केन्द्रीय सदस्य अहिले को कहाँ के गर्दै छन् ? नयाँ पत्रिकाका मनोज घर्तीमगरले खोजी गरेका छन् : १. पुष्पकमल दाहाल ‘प्रचण्ड’ १. फागुन ०५२ मा जनयुद्ध सुरु गर्दा नेकपा (माओवादी)का महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । कास्कीको ढिकपोखरीमा २६ मंसिर २०११ मा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए । सेक्टर काण्डपछि मोहन वैद्य ‘किरण’ले महामन्त्रीबाट राजीनामा दिएपछि ०४६ मा नेकपा ९एकता केन्द्र०का महामन्त्री भएका उनी ०५१ मा राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिवर्तन गर्दै नेकपा ९माओवादी० बनाए । र, जनयुद्धको कार्यदिशा तय गरेर अगाडि बढे । ०६४ को संविधानसभा निर्वाचनमा एकीकृत माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाएर २ भदौ ०६५ मा प्रधानमन्त्री भएका प्रचण्ड अहिले एकीकृत माओवादीका अध्यक्ष छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकजस्ता नारा प्रचण्डले उठाएका हुन् । जुन ३ असोजमा संविधानसभाबाट संविधान जारी भएसँगै संस्थागत भएको छ । प्रचण्ड अहिले सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिको संयोजकसमेत छन् । २. मोहन वैद्य ‘किरण’ जनयुद्ध सुरु गर्दा मोहन वैद्य ‘किरण’ दोस्रो तहका नेता थिए । त्यतिवेला उनी पोलिटब्युरो सदस्य थिए । वैद्य प्रचण्डका पनि गुरु मानिन्थे । तर, १९ चैत ०४५ मा पञ्चायत चुनावलाई असफल पार्ने उद्देश्यसहित त्रिपुरेश्वरमा रहेको राजा महेन्द्रको सालिकमा मोसो दलियो र केही प्रहरीचौकीमाथि आक्रमणको प्रयास असफल भयो ९जसलाई सेक्टर काण्ड भनियो० । त्यसपछि वैद्यले महामन्त्रीको पदबाट राजीनामा दिए । असार ०६९ मा एमाओवादीबाट पार्टी फुटाएर नेकपा–माओवादी गठन गरेका उनी अहिले क्रान्तिकारी माओवादीका अध्यक्ष छन् । परी थापा नेतृत्वको नेकपा ९एकीकृत०सँगको एकतापछि पार्टीको नाम क्रान्तिकारी माओवादी बनेको हो । १५ साउन २००३ मा प्युठानमा जन्मिएका वैद्य जनयुद्ध सुरु गर्दा ४९ वर्षका थिए । ३. डा. बाबुराम भट्टराई असार २०११ मा खोप्लाङ गोरखामा जन्मिएका डा। बाबुराम भट्टराई जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए । पोलिटब्युरो सदस्य उनी तेस्रो तहका नेता थिए । जनयुद्धमा उनले क्रान्तिकारी जनपरिषद्का संयोजक भएर ‘जनसत्ता’को नेतृत्व गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याएर गोरखाबाट विजयी भएका उनी प्रचण्डको मन्त्रिपरिषद्मा अर्थमन्त्री बने । ११ भदौ ०६८ मा आफैँ प्रधानमन्त्री बनेका भट्टराई दोस्रो संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति थिए । संविधान जारी भएको छैटौँ दिन ९ असोजमा एमाओवादी र व्यवस्थापिका–संसद् सदस्य परित्यागको घोषणा गरेका भट्टराई नयाँ राजनीतिक शक्ति निर्माण अभियानमा छन् । ६ मंसिरमा उनले नयाँ शक्ति निर्माण अभियानको औपचारिक घोषणा गरेका थिए । ४. रामबहादुर थापा ‘बादल’ १९ वैशाख २०१२ मा गुल्मीमा जन्मिएका थापा जनयुद्ध सुरु गर्दा पोलिटब्युरो सदस्य थिए । जनयुद्ध सुरु हँुदा उनी ४० वर्ष पुगेका थिए । उनी अहिले ६० वर्षका छन् । प्रचण्डको मन्त्रिपरिषद्मा उनी रक्षामन्त्री थिए । उनकै कार्यकालमा तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाललाई बर्खास्त गर्ने निर्णय भयो । जुन निर्णयले एमाओवादीको सरकार ढल्यो । माओवादी विभाजन हुँदा उनी वैद्यतिर लागे । परी थापा नेतृत्वको एकीकृतसँग एकतापछि बनेको पार्टीमा उनी सचिवालय सदस्य छन् । उनी माओवादीमा महासचिव थिए । ५. सिपी गजुरेल ‘गौरव’ १७ वैशाख २००५ मा सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु गर्दा ४७ वर्षका थिए । उनी मोहन वैद्य किरणपछिका उमेरले पाको नेता थिए । जनयुद्ध सुरु गर्दा पोलिटब्युरो सदस्य रहेका चन्द्रप्रकाश गजुरेल ‘गौरव’ अहिले नेकपा क्रान्तिकारी माओवादीको सचिवालय सदस्य छन् । एमाओवादी विभाजनपछि बनेको माओवादीमा उनी उपाध्यक्ष थिए । गजुरेल अघिल्लो संविधानसभामा सदस्य थिए । उनी जनयुद्धको अन्तिमतिर भारतीय जेलमा बसेका थिए । ६. पोष्टबहादुर बोगटी ‘दिवाकर’ ३ साउन २०१० मा नुवाकोटमा जन्मिएका बोगटी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु गर्दा उनी ४२ वर्षका थिए । लामो समय पश्चिम नेपालमा काम गरेका बोगटी अघिल्लो संविधानसभामा नुवाकोट ३ बाट निर्वाचित भए । दोस्रो निर्वाचनमा पराजित भए । एकीकृत माओवादीको महासचिव हुँदा हृदयाघातका कारण उनको ३० भदौ ०७१ मा निधन भयो । उनका एक मात्र छोरा जनयुद्धमा राज्यबाट मारिएका थिए । ७. देव गुरुङ ‘कान्छाबहादुर’ देव गुरुङ जनयुद्ध सुरु हुँदा केन्द्रीय सदस्य थिए । उनी जनयुद्ध सुरु गर्दा करिब ४० वर्ष पुगेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा मनाङ र कास्कीबाट निर्वाचित उनी स्थानीय विकासमन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत बने । ०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । उनी अहिले नेकपा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य छन् । ८. टोपबहादुर रायमाझी ‘अनिल’ २५ कात्तिक ०१८ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । त्यसवेला उनी ३४ वर्षका थिए । अहिले उनी ५३ वर्ष पुगेका छन् । रायमाझी अहिले एकीकृत माओवादीका सचिव छन् । दुवै संविधानसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित उनी स्थानीय विकास र भौतिक योजनामन्त्री बने । अहिले केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् । माओवादी स्थापना भएदेखि नै भट्टराईको पक्षमा रहेका उनी भट्टराईको नयाँ शक्ति निर्माण अभियानलाई भने साथ दिएनन् । ९. हरिबोल गजुरेल ‘शीतलकुमार’ ६ वैशाख २०१२ मा सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु हुनुअघि नै माओवादीका केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४० वर्षका थिए । दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुलीबाट निर्वाचित उनी अहिले एमाओवादीको कोषाध्यक्ष छन् । उनी अहिले कृषि विकासमन्त्री छन् । १०. हरिभक्त काडेल ‘प्रतीक’ कँडेल माओवादीका पाका नेता हुन् । उनी जनयुद्ध सुरु हुनुअघिदेखि नै केन्द्रीय सदस्य थिए । १४ साउन २०११ मा जन्मिएका कँडेल जनयुद्ध सुरु गर्दा ४१ वर्ष पुगिसकेका थिए । काठमाडौंमा कलेज पढ्दा उनी प्रचण्डका ‘रुम पार्टनर’ थिए । अहिले उनी ६१ वर्ष पुगिसकेका छन् । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । हाल उनी नेकपा क्रान्तिकारी माओवादीको पोलिटब्युरो सदस्य छन् । ११. अग्निप्रसाद सापकोटा ‘कञ्चन’ २४ फागुन २०१४ मा सिन्धुपाल्चोकमा जन्मिएका अग्निप्रसाद सापकोटा जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । झन्डै १५ वर्ष शिक्षण पेसा अँगालेका सापकोटा जनयुद्धमा लागे । उनी अहिले सिन्धुपाल्चोक २ बाट निर्वाचित व्यवस्थापिका–संसद् सदस्य हुन् । उनी पहिलो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एमाओवादीको स्थायी समिति सदस्य रहेका सापकोटा अहिले वन तथा भूसंरक्षणमन्त्री छन् । उनी पूर्वसूचना तथा सञ्चारमन्त्रीसमेत हुन् । १२. लोकेन्द्र विष्टमगर ‘अभ्यास’ ०२१ मा रुकुममा जन्मिएका लोकेन्द्र विष्टगमर जनयुद्ध सुरु हुँदा ३१ वर्षे जवान थिए । उनी जनयुद्धअघि नै माओवादीको केन्द्रीय सदस्य थिए । तर, उनी जनयुद्ध सुरु हुनुको केही महिनाअघि नै पक्राउ परे । ०५१ मा पक्राउ परेर ०५८ मा छुटे । उनी जनयुद्ध उत्तराद्र्धमा पुग्दै गर्दा ०६१ मा भारतमा पक्राउ परेर भारतीय जेलमा पनि बसे । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति भएका विष्ट एमाओवादीको स्थायी समिति सदस्य थिए । उनी स्वास्थ्य र पर्यटनमन्त्री बने । १३. पम्फा भुसाल ‘विद्युत्’ २०१९ साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा ३३ वर्षकी थिइन् । जनयुद्ध सुरु गर्ने माओवादीको १९ सदस्यीय कार्यसमितिमा उनी एक्ली महिला थिइन् । उनी जनमोर्चा नेपालकी अध्यक्ष पनि थिइन् । ०६४ को निर्वाचनमा ललितपुर–३ बाट निर्वाचन जितेकी उनी मन्त्री बनिन् । ०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्यको साथमा लागिन् । र, हाल नेकपा क्रान्तिकारी माओवादीकी प्रवक्ता छिन् । १४. मातृका यादव ०१६ मा सप्तरीमा जन्मिएका यादव जनयुद्ध सुरु हुँदा माओवादी केन्द्रीय सदस्य हुने एक मात्र मधेसी नेता हुन् । उनी जनयुद्ध सुरु गर्दा ३६ वर्षका थिए । उनले ०५६ मा माओवादीमा मधेसका कुरालाई उठाए । उनी माओवादीको पोलिटब्युरो सदस्य थिए । ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मशालसँग माओवादीले एकता गर्दा असन्तुष्ट भएर उनी पार्टीबाट बाहिरिए । उनले पार्टीबाट बाहिरिएर नेकपा ९माओवादी० ब्युँताए । यादव अहिले पनि नेकपा ९माओवादी०का महासचिव छन्। १५. दिनेश शर्मा ‘सागर’ जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य रहेका शर्मा त्यसवेला ३६ वर्षका थिए । १७ साउन २०१६ मा काभ्रेमा जन्मिएका शर्मा अहिले ५६ वर्ष पुगेका छन् । यानप्रसाद गौतम उनका जेठान थिए । यानप्रसादकी बहिनी कमला गौतमसँग शर्माले जनयुद्धअघि नै विवाह गरेका थिए । जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय समितिमा शर्मा र गौतम सबैभन्दा नजिकका नातेदार थिए । यानप्रसाद पार्टीभित्रको कारबाही भोग्दै गर्दा सैनिक कारबाहीमा मारिए भने शर्मापत्नी कमलालाई ०५८ मा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता पार्‍यो । दिनेश शर्मा माओवादी विभाजित हुँदा वैद्य पक्षमा लागे । १६. यानप्रसाद गौतम ‘आलोक’ यानप्रसाद गौतम जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । २०१७ वैशाखमा काभ्रेको पोखरीचौरमा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ३५ वर्षका युवा नेता थिए । महत्त्वाकांक्षी नेता गौतममाथि माओवादीले संस्थागत रूपमै ‘पार्टी हेडक्वार्टरमाथि राजनीतिक षड्यन्त्र गरेको, यौन मामिलामा कमजोर रहेको, आर्थिक अराजकता रहेको र नोकरशाही कार्यशैली अंगीकार गरेको’ आरोप लगाएर कारबाही भयो । त्यसलाई ‘आलोक प्रवृत्ति’ भनेर माओवादीले पार्टीका तल्लो तहसम्म प्रशिक्षित गर्‍यो । गौतम पार्टीको आन्तरिक कारबाहीमा रहेकै समयमा ०५९ मा रोल्पाको उवामा तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा मारिएको माओवादीले बताउँदै आएको छ । १७. दण्डपानी न्यौपाने ‘दीपेन्द्र शर्मा’ १२ चैत २००३ मा चितवनको गीतानगरमा जन्मिएका दण्डपानी न्यौपाने जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४९ वर्षका थिए । उनी माओवादीको तत्कालीन १९ सदस्यीय केन्द्रीय समितिमा उमेरले वैद्यपछि पाका नेता थिए । उनी ५३ वर्षका हुँदा ७ जेठ ०५६ मा काठमाडौंको कलंकीबाट प्रहरीको गिरफ्तारीमा परे । उनी हालसम्म राज्यपक्षबाट बेपत्ता छन् । बेपत्ता पारिनेमा उनी माओवादीको पहिलो नेता हुन् । १८. नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ ४ पुस २०१४ मा दाङमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । उनी ३८ वर्षका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि कुनै पनि सुविधाको पद नलिएका नेता हुन् शर्मा । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा खरो रूपमा उत्रिएका थिए । अहिले उनी वैद्य नेतृत्वको माओवादीको पोलिटब्युरो सदस्य छन् । १९. फणीन्द्र आचार्य ‘अनल’ जनयुद्ध सुरु गर्दा चितवनका आचार्य केन्द्रीय सदस्य थिए । तर, केन्द्रीय समितिका १८ जना पूर्ण भूमिगत भएर जनयुद्धमा लाग्दा उनी लागेनन् । उनले चितवनको भरतपुरमा सरकारी अस्पतालअगाडि पसल थापेर व्यापार सुरु गरे । शान्तिप्रक्रिया सुरु भएपछि उनी पुनस् माओवादीको सम्पर्कमा आए । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । अस्वस्थ रहेका आचार्य हिजोआज घरमै आराम गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE