Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कोइराला र देउवाको शक्ति कांग्रेसमा कति ?

\"koirala-deuba\"काठमाडौं । कांग्रेसको १३औँ महाधिवेशन २० देखि २३ फागुनमा काठमाडौंमा हुँदै छ । महाधिवेशन हुन डेढ महिना बाँकी रहँदा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार को हुने भन्ने अन्योल छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–वरिष्ठ नेता शेरबहादुर देउवा भने उम्मेदवार बन्ने टुंगिएको छ । सभापति सुशील कोइराला गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनपछि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । तर, उपसभापति रामचन्द्र पौडेलले पनि संस्थापन पक्षबाट सभापतिको उम्मेदवार आफू नै भएको बताउँदै आएका छन् । कृष्ण सिटौला र सुजाता कोइरालाले पनि सुशीलले आफ्नो लागि ठाउा छाड्नुपर्छ भन्दै आएका छन् । १२औँ महाधिवेशनमायस्तो थियो अंकगणित कांग्रेसको ०६७ असोजमा भएको १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित सुशील कोइरालाले १६५२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत पाएका थिए । अर्का उम्मेदवार भीमबहादुर तामाङले ७८ मत प्राप्त गरेका थिए । ८५ सदस्यीय केन्द्रीय समितिमा निर्वाचन भएका ६४ पदमा संस्थापनबाट ३३ र देउवा पक्षबाट २९ सदस्य निर्वाचित भएका थिए । त्यसयताका पाँच वर्षमा केही केन्द्रीय सदस्यले गुट फेरबदल गरेका छन् । निर्वाचित केन्द्रीय सदस्यमध्ये दीपकुमार उपाध्याय र कुलबहादुर गुरुङ कुनै समूहमा खुलेका थिएनन् । सभापतिले २१ सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ । ८५ सदस्यीय केन्द्रीय समितिमा संस्थापन ४९ र देउवाका ३५ सदस्य छन् । १३ भातृ संस्थामा देउवाका ९ र संस्थापनका ४ वटा पकडमा छन् । १७ शुभेच्छुक संस्थामा देउवाको १० र संस्थापन पक्षका ७ वटा छन् । संस्थापनका असन्तुष्ट सभापति सुशील कोइरालाप्रति उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल र धनराज गुरुङ असन्तुष्ट छन् । सूर्यमान गुरुङ, उमाकान्त चौधरी पनि कोइरालासँग असन्तुष्ट रहेको स्रोतको दाबी छ । कोइरालासाग लामो समयदेखि असन्तुष्ट अर्जुननरसिंह केसी देउवासाग नजिकिएका छन् । केसी मात्र होइन सिटौलालाई समेत देउवाले आफूतर्फ तान्ने कोसिस गरिरहेका छन् । उनीहरूलाई महत्त्वपूर्ण पदको उम्मेदवार बनाउन देउवालाई समस्या छैन । देउवा पक्षका असन्तुष्ट आगामी महाधिवेशनमा पदाधिकारीका आकांक्षी पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, विमलेन्द्र निधि देउवासँग असन्तुष्ट छन् । मधेसको मुद्दामा निधिले निरन्तर फरक मत राख्दै आएका छन् । त्यसमा साथ नपाएकोमा उनी देउवासाग दुस्खी छन् । त्यसमाथि देउवाले अर्जुननरसिंह केसीदेखि सिटौलासम्मलाई आफ्नो समूहमा ल्याउने प्रयास गरेकाले निधि र खड्काद्वय सशंकित छन् । उनीहरू तीनैजना महामन्त्रीका दाबेदार हुन् । त्यस्तै शंकर भण्डारी पनि असन्तुष्ट छन् । सुशीलदा भन्छन्– ओल्ड इज गोल्ड सभापति सुशील कोइरालाले आफू फेरि सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन् । स्वास्थ्य र दृष्टिकोण दुृवै हिसाबले आफू फिट रहेको उनको दाबी छ । सोमबार भक्तपुरमा उनले भने स् अब बोलेर मात्र कांग्रेस चल्दैन अब कांग्रेसमा बोलेर मात्र हुादैन । काम गर्ने मान्छे चाहिन्छ । बूढापाकाले पार्टी चलाउादैनन् भन्ने चर्चा पनि छ । उमेरले बूढो हुँदैमा मान्छे नेतृत्वका लागि अक्षम हुने होइन । झन् ऊ भन्छन् नि, ‘ओल्ड इज गोल्ड’ । कतिले सुशील गयो पनि भने मेरो बारेमा धेरै हल्ला चलाइयो । कतिले त सुशील अब गयो पनि भने । हो, मलाई छातीको क्यान्सर थियो । उपचारपछि ठीक भएको छु । मलाई फेरि रोग लागे औषधि गरुँला । अहिले देशको चिन्ता गरौँ । केटाकेटी भएर तोते बोलेको हो ? तपाईंहरू मेरो बोली सुनिरहनुभएको छ । हो, मेरो बोली तोते छ । के म केटाकेटी भएर तोते बोलेको हो रु जिब्रोको उपचार गर्दा ऊ भएको हो । जिब्रोको क्यान्सर पनि निको भएको छ । डाक्टरले मान्छे नभेट्नु भनेका थिए हो, प्रधानमन्त्री हुादा धेरै कार्यकर्ता भेट्न पाइना । बिरामी भएका वेला डाक्टरले धेरै भेटघाट नगर्नु भनेको थियो । त्यसैले कम भेटघाट गरो । अब ठीक छु, सबैलाई भेट्दै हिाड्छु, त्यस्तो गल्ती पनि गर्दिना ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE