Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सरुवा रोगले चार बालबालिकाको मृत्यु

\"saruda-dadura\"काठमाडौं । कपिलवस्तु सोमडिह गाविस ७ र ८ मा सरुवा रोग दादुरा फैलिँदा केही दिनयता चारजना बालबालिकाको ज्यान गएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–गाउँमा ४५ दिने शिशुदेखि १७ वर्षमुनिका अधिकांश बालबालिका बिरामी परेका छन् । दादुराबाट सोमडिह गाविस ८ इटवा गाउँका चन्द्रावती कोरीका २ वर्षीय छोरा आकाश, रामगुलाम चौधरीकी ३ वर्षकी छोरी सन्जु, सर्वजित यादवकी डेढ वर्षकी छोरी रिका र प्रमिलाकी छोरी जानकीको ज्यान गएको छ। सरुवा रोगको महामारी गाउँभर फैलिँदा ४६ जना बिरामी परेका छन्। तीमध्ये क्रम उल्लाहका ४ वर्षका छोरा अताउल्लाह र असमी मुसलमान, मुकेशकी १२ महिनाकी छोरी प्रिसा रैदास, करमुल्लाहका ५ बर्से छोरा मोहसिम मुसलमान, करी मुलहका ६ वर्षका छोरा समिम मोहम्मद, अदहमका ७ वर्षका छोरा वसिम मुसलमान र असमुद्धिनका ५ वर्षका छोरा जावेद अलीको अवस्था गम्भीर छ। बिरामीको शरीरभर घमौराजस्ता राताराता बिमिरा देखिएको छ । बिरामीमा रुघाखोकी, ज्वरो, आँखा रातो हुने, नाकबाट सिँगान बगिरहने, झाडापखाला हुने, खाना नरुच्ने र दुब्लाउँदै जाने लक्षणहरू देखिएका छन्। बिरामीको उपचारमा संलग्न सिनियर अहेव सुमेन्द्रराज जोशीले लक्षणहरू दादुरा रोगसँग मिलेको जानकारी दिए । ‘अहिले दादुरा नै भनेर ठोकुवा नगरौं तर धेरै लक्षणहरू मिल्छन्\', स्वास्थ्यकर्मी जोशीले भने, \'बिरामीको रगत केन्द्रीय प्रयोगशालामा ल्याब टेस्ट गर्न पठाएका छौं। रिपोर्ट केकस्तो देखिन्छ, हेरौं । रिपोर्ट नआउँदासम्म जल वियोजन र निमोनियाका कारण बच्चाको ज्यान गएको मात्र भनौं।\' जनस्वास्थ्य प्रशासक विष्णु जयसवालले उक्त गाउँका सबै सरुवा रोगले बिरामी भएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त गाउँमा स्वास्थ्य टोली पठाइसकेको छ । ‘चारजना बच्चाको मुत्यु भएको छ । महामारीबाट इटवा ७ र ८ का ४६ जना बिरामी छन् । घटनास्थलमा स्वास्थ्यटोली पुगिसकेको छ’, उनले भने। कपिलवस्तु सदरमुकामदेखि दक्षिण १५ किलोमिटर भारतीय सीमानजिकको उक्त गाउँमा विपन्न दलित, मुस्लिम समुदायको बाक्लो बस्ती छ। गाउँनजिक तीन किलोमिटरको दूरीमा स्वास्थ्यचौकी छ तर स्थानीय स्वास्थ्यचौकी नगई सीमावर्ती भारतीय बजारका झोले डाक्टरको भर पर्दा गाउँमा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ। गाउँको स्वास्थ्यचौकीमा केही दिनदेखि अहेव थिएनन् । महामारी फैलिएपछि जनस्वास्थ्य कार्यालयले बिजुवा स्वास्थ्यचौकीका इन्चार्ज सिनियर अहेव सुमेन्द्रराज जोशीलाई सोमडिह स्वास्थ्यचौकीमा खटाएको छ । अहिले उनकै नेतृत्वमा बिरामीको उपचार भइरहेको छ। जनस्वास्थ्य कार्यालयले ५ जनाको स्वास्थ्य टोली घटनास्थलमा खटाएर स्वास्थ्य परीक्षण गरेको छ। टोलीले बिरामीको रगत, दिसा, पिसाब र खकारको सामान्य जाँच गरिरहेको छ। ८ जना बिरामीको रगतको नमुना परीक्षणका लागि मंगलबार नै केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको जानकारी प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending