Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

देउवाले सभापतिमा बाजी मार्ने ११ आधार यस्ता छन्

\"DEUBA\"काठमाडौं । कांग्रेसको महाधिवेशन नजिकिंदै गएका बेला संस्थापनमा भद्रगोल कायम छ तर, नेता शेरबहादुर देउवा पक्ष भने आाक्रमक हुँदै अघि बढेको छ । आजको तरुण साप्ताहिकले देउवाले चुनाव जित्ने ११ अधारलाई यसरी प्रस्तुत गरेको छ । आधार १ १२   औं महाधिवेशनमा देउवा  सभापतिमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका थिए । तर,  यसपटक संस्थापनको पकड रहेका झापामा ३० मत, मोरङमा ४० मत, सुनसरीमा २५ मत,  सिरहामा २७ मत, धनुषामा २१ मत, महोत्तरीमा २६ मत, रौतहतमा १४ मत, सर्लाहीमा ३१ मत, बारामा ४४ मत, पर्सामा ३९ मत, मकवानपुरमा २६ मत, चितवनमा ११ मत, नवलपरासीमा २२ मत, रुपन्देहीमा ३४ मत, कपिलवस्तुमा ५ मत,  दाङमा १६ मत, बाँकेमा ११ मत, बर्दियामा सात मत, कैलालीमा ९ मत र कञ्चनपुरमा ७ मत बढेको छ । तराईका १२१ निर्वाचन क्षेत्रमा देउवाको पक्षमा ४८६ मते बढेको देखिएको छ । आधार २ १२ औं महाधिवेशनमा भातृ संस्थामा ८० प्रशित पकड बनाएको संस्थापन यसपटक पछि परेको छ । देउवा पक्षले महाधिवेशन भएका र नभएका दुवैमा आफ्नो पकड बढाएको छ । आधार ३ कोइराला पक्षको नाममा महाधिवेशन प्रतिनिधि छानिएर आए हिजोको जस्तो कट्टरता नभएका कारण पनि देउवाको पक्षमा यसपटक समाहित हुनेहरुको संख्या उल्लेख्य हुँदै गएको छ । आधार ४ कोइराला पक्षमा रामचन्द पौडेललाई  नरुचाउनेको संख्या उल्लेख्य देखिएको छ । आधार ५ १२ औं महाधिवेशनमा कोइरालाको पक्षमा लागेका राष्ट्रपति डा. रामवरण यादव यसपटक पौडेलको पक्षका यसपटक आफ्नो इज्जत दाउमा राख्ने पक्षमा छैनन् । उनी आफ्ना छोरा चन्द्रमोहनलाई केन्द्रीय सदस्य बनाउन चाहन्छन् आधार ६ अघिल्लो महाधिवेशनमा कोइरालाको पक्षमा लागेका विश्वप्रकाश शर्मा, सूर्यमान गुरुङ, चन्द्र भण्डारी, केशवकुमार बुढाथोकी, अर्जुननरसिंह केसी, श्याम घिमिरे, तारानाथ रानाभाट, महादेव गुरुङ, पुष्करनाथ ओझा, चिरञ्जिवी बाग्ले लगायतका दुई दर्जन नेताहरु यसपटक देउवालाई चुनाव जिताउन कम्मर कसेर लागेका छन आधार ७ १२ औं को तुलनामा यसपटक ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु नयाँ छन् । उनीहरु गुटउपगुटभन्दा युवाको भावना समेट्नुपर्ने पक्षमा छन् । आधार ८ संस्थापन पक्षमा सर्वसम्मत उम्मेदवार खोज्न सकस हुनु । रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइरालाले सभापतिमा दाबी गर्नु । आधार ९ देउवाको राष्ट्रिय, अन्तराष्ट्रिय उचाइ र प्रतिष्ठा हुनु आधार १० कांग्रेसका पौडेलको तेस्रो शक्ति केन्द्र नदेखियोस् भन्ने पक्षमा कोइराला परिवार छ । अर्कोतिर प्रकाशमान सिंह रामचन्द्र पौडेल शक्तिकेन्द्रका रुपमा उदाउँदा आफ्नो प्रभावव घट्छ भन्ने पक्षमा छन् । काठमाडौंमा प्रकाशमान सिंह निकट अधिकांश प्रतिनिधिहरु पौडेलको विपक्षमा र देउवाको पक्षमा खुलेर देखिनुले पनि यो विश्लेषणलाई पुष्टि गरेको छ । आधार ११ देउवाका मुख्य प्रतिस्पर्धी रामचन्द्र पौडेलसँग व्यक्तिगत संगठन छैन । चुनावी  व्यवस्थापनमा पौडेलको कमजोरीका कारण उनका निकस्थहरु निराश देखिएकोले पनि पौडेल हार्ने सन्देश गएको छ । ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending